रवि लामिछानेले रास्वपा सभापतिमा उम्मेदवारी दिने, प्रस्तावकमा बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुन: पार्टीको सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।रास्वपाका नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार लामिछानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह रहने खनालले जानकारी दिए ।रास्वपाले सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रूपैयाँ दस्तुर, एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था छ ।लामिछानेको उम्मेदवारीक



