मुग्लिन-नारायणगढ सडक : तुइनखोलानजिकै खस्यो पहिरो
काठमाडौँ- मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलानजिक पहिरो खसेको छ। उक्त सडकखण्डमा बुधबार बिहान सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएको छ। पहिरो सोर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।


