रौतहट-४ का सांसद गणेश पौडेलमाथि कालो मसी फ्याकेर दुर्व्यवहार
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य (सांसद) गणेश पौडेललाई कालो मसी फ्याकेर दुर्व्यवहार गरिएको छ । गढीमाई नगरपालिका-७, पर्सामा आयोजित जनतासँग भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा बिहीबार राति पौडेलमाथि 'मधेश मुक्ति अभियान'का कार्यकर्ताहरूले कालो मसी दलेका हुन् । घटनाको स्वयं सांसद पौडेलले पुष्टि गरेका छन् ।सांसद पौडेलका अनुसार हिजो साँझ गढीमाई नगरपालिकाको पर्सामा स्थानीय नागरिकका समस्या, मलखादको अभावलगायत विषयमा छलफल गर्न 'जनतासँग भेटघाट कार्यक्रम' आयोजना गरिएको





