कांग्रेस विभाजनको अन्तिम डिलमा पुगिसक्यो- पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक वक्तव्य सार्वजनिक गर्दै खड्काले अब कुनै चमत्कार भएन भने कांग्रेस विभाजनको अन्तिम डिलमा पुगिसकेको बताएका हुन् । उनले आफूहरू विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको पनि उल्लेख गरेका छन् ।सर्वोच्च अदालतमा विचाराधीन पुनरवलोकनको मुद्दाको टुंगो नलाग्दै सभापति गगन थापाको नेतृत्वमा महाधिवेशन प्रक्रिया अघि बढाइएपछि कांग्रेसको नाममा दुईवटा महाधिवेशन हुने अवस्था

