बाढीपछिको उद्धार र राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई गगन थापाको निर्देशन
नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याउनुका साथै पुलसमेत बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको खबरले आफू दुःखी भएको थापाले बताएका छन् ।उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई



