आईजीपीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति, कानुनी कारबाही गर्ने चेतावनी
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी विज्ञप्तिमा यस्ता सामग्रीले नागरिकमा नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम बढाउन र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष


