Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

166 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

बर्दिवास मेडिकल कलेज अब बन्छ : मन्त्री पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताएका छन्। शुक्रबार कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास–४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको बताए। ‘कलेज बन्नेरनबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ। अब यसबारे धेरै चिन्ताभन्दा पनि कलेज निर्धारित समयमै बन्छ […]

3–12 hours ago

30

इजरायली दूतावासद्वारा बाढी प्रभावितलाई सहयोग

काठमाडौँ- काठमाडौँस्थित इजरायली दूतावासले बाढी प्रभावितहरूलाई आपत्कालीन मानवीय सहायतालाई निरन्तरता दिएको छ। दूतावासले भदौ १० गते गएको बाढीका कारण प्रभावितहरूलाई सहायता सामग्री हस्तान्तरण गरेको हो। नेपालका लागि इजरायली कार्यवाहक राजदूत जानान बेबारले बाढी क्षेत्रको भ्रमण गरी प्रभावित व्यक्ति तथा परिवारहरूलाई आपत्कालीन ‘गो–ब्याग’ र अत्यावश्क राहत सामग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ। बाढी प्रभावित क्षेत्रको अवलोकनका […]

Himal Press logoHimal PressPrivate

एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी

भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्‍याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो […]

सडकपेटीमा सुत्केरी : अस्पतालका ६ कर्मचारी निलम्बित

काठमाडौँ- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि यो विषयमा संघ, प्रदेश र जिल्लास्तर गरी तीन वटा छानबिन समिति गठन गरिएको छ। ती समितिले छानबिन प्रक्रिया पनि सुरु गरिसकेका छन्। छानबिन समितिले कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको अस्पताल […]

बाढी प्रभावित क्षेत्रमा जाने टोलीलाई ओलीले दिए निर्देशन

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई निर्देशनसहित बिदाइ गरेका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन […]

मोदी र पुटिनबीच भेट : व्यापार, ऊर्जा र रक्षाबारे छलफल

काठमाडौँ- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटका क्रममा दुवै जनाबीच व्यापार, ऊर्जा र रक्षाबारे कुराकानी भएको छ। राष्ट्रपति पुटिन शनिबार सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय टेलिभिजनमा […]

नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ- नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको हो। शुक्रबार भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्। कम्पनीले एक सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब […]

भोटेकोशी बाढी हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य नभई हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय भएको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भदौ २३ र २४ गतेपछिको देशको राजनीतिक परिस्थिति जटिल र संशयपूर्ण रहेकै बेला आएको बाढीले सिङ्गो देश र विश्व समुदायलाई नै स्तब्ध […]

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार पार्न रास्वपाले बनायो समिति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तवेज निर्माण गर्न समिति गठन गरेको छ। रास्वपाले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा रास्वाले ‘राइट टु’ रिकल समिति गठन गरेको हो। समितिमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने सदस्य छन्। […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख […]

हुथी विद्रोहीको कब्जामा यमनको मयुन द्वीप : साउदी तेल निर्यात प्रभावित हुने जोखिम

काठमाडौँ- यमनमा सरकारी सेना पछि हटेपछि इरान समर्थित हुथी सशस्त्र समूहले रणनीतिक रुपमा अत्यन्तै महत्वपूर्ण मानिने मयुन द्वीप कब्जा गरेको छ। हुथी सशस्त्र समूहले बाब अल–मन्देब स्ट्रेटको मुखमा रहेको बाब अल–मन्देब द्वीप नियन्त्रणमा लिएको हो। बीबीसी फारसी र रोयटर्सका अनुसार साउदी समर्थित यमनी सरकारी सुरक्षा बल मयुन द्वीप र तटीय सहर धुबाबबाट पछि हटेका छन्। […]

Himal Press logoHimal PressPrivate

युवाविहीन गाउँको कथा ‘लौरो’ मञ्चमा

काठमाडौँ- युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिँदै जाँदा गाउँ रित्तिँदै गएको छ। गाउँमा वृद्ध बुवाआमा एक्लिँदै छन् भने परिवारभित्रको दूरी पनि बढ्दै गएको छ। यही सामाजिक यथार्थलाई हजुरबुवा र नातिनीको सम्बन्धमार्फत प्रस्तुत गर्ने नाटक ‘लौरो’ कुञ्ज थिएटरमा मञ्चन भइरहेको छ। ललितपुर, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीको अभिनय रहेको नाटकले युवापुस्ता विदेश पलायन हुँदै गएको वर्तमान […]

डा.ओजस्वीले गराइन् त्रिशूली अस्पतालको समस्याबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभा सदस्य डा.ओजस्वी शेरचनले बाढीका कारण नुवाकोटको विदुर-९ कलनीस्थित त्रिशूली अस्पताल प्रभावित भएकाले तत्काल विद्युत् आपूर्ति, डिजेल व्यवस्थापन र बेलिब्रिज निर्माण गर्न सरकारसँग माग गरेकी छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति समेत रहेकी शेरचनले विदुर-कलनी जोड्ने पक्की पुलहरू भत्किएपछि विदुर, बेलकोटगढी, लिखु, सूर्यगढी, दुप्चेश्वर, शिवपुरी तथा […]

Himal Press logoHimal PressPrivate

नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढ्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अंकले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ। फ्लोट सूचक एक दशमलव ८८ अंकले […]

नेकपा एमाले : ओली, अरिंगाल र किर्ना

कहिलेकाहीँ नेकपा (एमाले) र यसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा कति धेरै लेखूँ भन्ने जस्तो पनि लाग्छ। तर नेपाली राजनीति, समाज, सामाजिक सञ्जाल र आमसञ्चारमा यो पार्टी र अध्यक्षलाई निकै महत्त्व दिएर टीकाटिप्पणी र आलोचना भइरहँदा म यसबाट अलग्गिन सक्दिनँ। पछिल्लो दशकमा पार्टी अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन अनि आफ्नै कार्यशैली र […]

Himal Press logoHimal PressPrivate

प्रचण्ड र मधेश प्रदेशका मुख्यमन्त्री यादवबीच भेटवार्ता

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। शुक्रबार जनकपुरधामस्थित मुख्यमन्त्री आवासमा भेटवार्ता भएको हो। बिहीबार सिरहाको कार्यक्रममा सहभागी भएर संयोजक प्रचण्ड जनकपुरमा बसेका थिए। जनकपुरमा रहेको बेला उनले मुख्यमन्त्री यादवसँग भेटघाट गरेका हुन्। भेटका क्रममा प्रदेश सरकारको काम कारबाहीका बारेमा जानकारी लिएका […]

Himal Press logoHimal PressPrivate

संयुक्त राष्ट्रसंघमा नेपालले जलवायुको असरबारे जानकारी गराउने

काठमाडौँ- नेपालले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिए। प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा […]

एसीसी प्रिमियर कप फाइनल : नेपाललाई इतिहास दोहोर्‍याउने मौका

काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने तयारीमा छ। मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ। शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसीसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको […]

Himal Press logoHimal PressPrivateacc-premier-cup-final42 publishers

परराष्ट्रमन्त्री खनालसँग अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन्। उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई […]

सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई पुनको सुझाव

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउँदै कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन्। उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण […]

‘महाधिवेशन स्थगन गरौँ, एकताका लागि पहल गरौँ’

काठमाडौँ- नेपाली कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै १५ औँ महाधिवेशन गर्नतर्फ अगाडि बढिरहेका बेला पार्टीका केही नेताहरूले एकताका लागि आह्वान गरेका छन्। राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको भन्दै उनीहरूले पार्टीका दुवै समूहलाई एकता गरेर अगाडि बढ्न आह्वान गरेका हुन्। महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्र पाण्डे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैसिंह महरलगायतका नेताहरूले शुक्रबार […]

गजेन्द्रनारायण सिंह अस्पतालको घटना छानबिन गर्न टोली परिचालन भइसकेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरी परिचालन गरिसकिएको जानकारी दिएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको ११ औँ तहका […]

निजी क्षेत्रका समस्या सुन्न प्रधानमन्त्रीले थाले नियमित संवाद

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। सिंहदरबारमा शुक्रबार उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए। छलफलमा […]

राहत शिविरमा हेल्प डेस्क राख्न सरकारलाई निर्देशन

काठमाडौँ- रसुवा बाढीबाट प्रभावित महिला, किशोरी, बालबालिका, अपांगता भएका व्यक्ति तथा अन्य जोखिमयुक्त समूहलाई यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार र मानव बेचबिखनबाट जोगाउन प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा ‘हेल्प डेस्क’ र सम्पर्क व्यक्ति राख्न सरकारलाई निर्देशन दिइएको छ। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले महिला मन्त्रालयलाई गोपनीयता र मर्यादा कायम गर्दै […]

बाढी प्रभावित क्षेत्रमा सात स्वास्थ्य टोली परिचालन, होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौँ- महामारी तथा सम्भावित रोगको प्रकोप नियन्त्रणका लागि सरकारले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा सातवटा स्वास्थ्य टोली परिचालन गरेको छ। झाडापखाला तथा हैजाको जोखिमलाई दृष्टिगत गर्दै नुवाकोटमा ८० हजार ५ सय २३ र रसुवामा २१ हजार ६ सय डोज गरी एक लाखभन्दा बढी डोज पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य […]

निजी क्षेत्रप्रति प्रधानमन्त्री अनुदार देखिए : कांग्रेस सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे […]

हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् कोषमा एक करोड २५ लाख सहयोग

काठमाडौँ- हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड २५ लाख सहयोग गरेका छन्। नेपालमा हालै भएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जुटाइएको हो। हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। […]

रसुवा बाढीपीडित १३२ बालबालिकाको काठमाडौँमा पठनपाठन सुरु

काठमाडौँ- रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ। काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई आत्मिय व्यवहार गरी पढाउन आग्रह गरिन्। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका […]

रसुवाका दुर्गम क्षेत्रमा राहत नपुगेको गुनासो आए सम्पर्क गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवा जिल्लाका केही दुर्गम बस्तीमा राहत सामग्री अझै नपुगेको जानकारी आएको भन्दै आवश्यक विवरण उपलब्ध गराउन स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले राहत नपुगेका स्थानका स्थानीयले आफूलाई ९८४१५९२३६१ नम्बरमा सम्पर्क गर्न सक्ने बताएका छन्। उनले स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आधिकारिक […]

Himal Press logoHimal PressPrivate

बुटवलका उद्योगीलाई चुनाव लाग्यो, वडाध्यक्ष पनि उम्मेदवार बन्ने दौडमा

बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ। असोज २१-२३ गते हुने २६ औँ अधिवेशनबाट चयन हुने नेतृत्वका लागि आकांक्षी उद्योगी व्यवसायीहरूले गृहकार्य थालेका हुन्। बुटवलको अग्रणी संस्थाका रुपमा परचित बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा तीन जना मुख्य आकांक्षी देखिएका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले अध्यक्षमा आफ्नो स्वाभाविक […]

Himal Press logoHimal PressPrivate

उद्योगीसँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे […]

Earlier today

20

पाठ्यक्रम परिमार्जन : बालविकास शिक्षालाई विद्यालय संरचनामा ल्याउन सुझाव

भक्तपुर- ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप,२०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन्। पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएका हुन्। कोशी […]

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति […]

शिक्षामन्त्रीभन्दा ठूलो ‘नेपोबेबी’ कोही छैन : अमरेशकुमार सिंह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलप्रति लक्षित तीखा टिप्पणी गरेका छन्। पोखरेल पनि रास्वपाकै नेता हुन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षामन्त्रीलाई देशकै सबैभन्दा ठूलो ‘नेपोबेबी’ भएको आरोप लगाए। ‘शिक्षामन्त्रीभन्दा ठूलो नेपोबेबी यो देशमा कोही छैन। छ भने मलाई देखाइदिनुस्। चाहे मामावलीपट्टि हेर्नुस्, चाहे बुबापट्टिबाट हेर्नुस्,’ सिंहले […]

Himal Press logoHimal PressPrivate

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ- सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका-२ र ४ नम्बर वडाको हुङ्गा खोलामा पहिरो खसेको हो। गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो […]

चिलिमे सुरुङभित्र फसेका व्यक्ति सकुशल रहेको आशा छ : कुलमान घिसिङ

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङले चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्य भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत घिसिङले आफू उद्धार कार्यमा सहभागी भएको जानकारी दिँदै चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको बताएका हुन्। उनका अनुसार विद्युतगृह […]

सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षामन्त्री सस्मित पोखरेलले गरे छलफल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षा र खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीचको सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्। मन्त्रालयका अनुसार छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक, विपद्का समयमा अन्तरसरकारी सहकार्य तथा समन्वयलगायतका विषयमा विचार विमर्श भएको थियो। […]

थाक्दैन बाबाको काँध

हो बाबाको काँध कहिल्यै थाक्दैन किनभने बाबाको काँधले थाक्नै पाउँदैन लस्त भए पनि पटक्कै थाक्दैन बाबाको काँध किनभने बाबाको काँधलाई थाक्ने अनुमति नै छैन परिवारको जिम्मेवारीबोधको भार छ बाबाको काँधमा यसैले थाक्नु हुन्न बाबाको काँध यदि थाके बाबाको काँध भोको बन्छ परिवारको पेट! अधुरा अपुरा बन्छन् इच्छा परिवार र सन्तानको! हो बाबाको काँध थाक्दैन त्यो […]

Himal Press logoHimal PressPrivate

जलविद्युत् आयोजनाले वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढी

म्याग्दी- जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा रु.एक करोड १६ लाख ३५ हजार २८ राजस्व संकलन गरेको कार्यालयले आव २०८२/८३ मा रु. पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ राजस्व संकलन […]

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, दुई जना पक्राउ

भक्तपुर- जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो। ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई […]

रसुवा बाढी : फर्किने आशा मरेपछि कुशको शव बनाएर गरियो अन्तिम संस्कार

बागलुङ- भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका-९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म […]

चितवनमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु

चितवन- भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ। शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१-०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो। दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ।

रसुवा बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

सुनसरी- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ। सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक संघसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम संकलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिए। नेपाल मुस्लिम समाज सुनसरीको समन्वयमा […]

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगन्ज- नेपाल प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाउँपालिका-४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई उनको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगन्ज महानगरपालिका-२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको […]

गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि पितृभक्तको घुइँचो

काठमाडौँ- काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर शुक्रबार बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ। कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको भीड लागेको हो। दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ। […]

रसुवा बाढीपछि २० बढी शवको स्थान संकेत दिने एपीएफकी कुकुर ‘साम्बा’

काठमाडाैँ- यही भदौ १० गते भीषण बाढीले घरहरू पुरिएका र बस्ती नै बगाएका रसुवामा सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) की स्निफर कुकुर ‘साम्बा’ ले करिब दुई सातादेखि भग्नावशेषमुनि पुरिएका शवहरूको खोजीमा उद्धार टोलीलाई सघाइरहेकी छन्। डेढ वर्षीया ल्याब्राडोर प्रजातिकी साम्बा जिल्लाका सबैभन्दा प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोलीसँगै खटिएकी हुन्। एपीएफका हवल्दार सीताराम कोइरालाका अनुसार […]

Himal Press logoHimal PressPrivate

नेपाली सेनाले बनायो ७२ घण्टामै देवीघाटमा एक्रोब्रिज, गल्छी-रसुवागढीमा यातायात सञ्चालन

नुवाकोट- यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो। बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’नै टुट्यो। भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे। एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको […]

आज बाबुको मुख हेर्ने दिन, घरघरमा कुश पनि राखिँदै

काठमाडौँ- कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्। यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यस्तै आज विभिन्न […]

भारतबाट वर्षा प्रणाली नेपाल प्रवेश गर्दै

काठमाडौँ- भारतमा विकसित भएको वर्षा गराउने प्रणाली उत्तरपश्चिम दिशाबाट कोशी प्रदेश हुँदै नेपाल प्रवेश गर्न लागेको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावका कारण कोशी, मधेशलगायतका क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी, लुम्बिनी, […]

Himal Press logoHimal PressPrivate