Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 6d ago

गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई पत्राचार

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्रीको कार्यालयले उनको सट्टा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन औपचारिक पत्राचार गरिसकेको छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीको यो कदमलाई गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी भन्दै आलोचना गरेको छ भने सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले आवश्यकता अनुसार उपयुक्त स्थानमा बोल्ने भन्दै बचाउ गरेका छन्।

Summary by Jayaman

13publishers
21headlines
Span: 3d 20hNE onlyUpdated 6d ago
Covered by
+5
Broke on K cha khabarRatopati logoRatopati

गणतन्त्र दिवसको विशेष समारोहमा बालेन बोल्न चाहेनन्, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्र

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री

story21 publishers
Coverage

20 more headlines since

first · 25 Maylatest · 6d ago
    1. गणतन्त्र दिवस आज, टुँडिखेलको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन नगर्ने

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only21 publishers
    2. गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

      काठमाडौं– गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । उनी समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने नगर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले शीतल निवासमा पत्र पठाएका थिए । यस वर्षको गणतन्त्र दिवस समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने […]

    3. आज गणतन्त्र दिवस : टुँडीखेलमा विशेष कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने

      आज (शुक्रबार) गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

      Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers
    4. आज गणतन्त्र दिवस

      सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो।

      Thaha Khabar logoThaha KhabarPrivatedetail21 publishers
    5. आज गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्री बालेनले गर्ने छैनन् सम्बोधन

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only21 publishers
    6. आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

      अघिल्ला वर्षहरुमा गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर यस वर्ष प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने भएका छन् ।

    7. गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवारीपन : कांग्रेस

      काठमाडौँ । नेपाली कांग्रेसले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दिन भन्नु अशोभनीय हुने बताएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले सम्बोधन नगर्नु जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवारीपन हुने बताएको हो। बैठकपछि

      Ratopati logoRatopatiPrivatestory21 publishers
    8. गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु ‘गैरजिम्मेवार’ : वासना थापा

      १४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई ‘गैरजिम्मेवार’ टिप्पणी गरेकी छिन् । बिहीबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् । उनलाई एक सञ्चारकर्मीले ‘गणतन्त्र दिवसको दिन हरेक प्रधानमन्त्रीको सम्बोधन हुन्छ, प्रधानमन्त्री बालेन शाह आउनासाथ सम्बोधन नै बन्द कसरी […]

    9. प्रधानमन्त्रीको दृष्टिकोण सुन्न जनता आतुर छन्, गणतन्त्र दिवसमा सम्बोधनको आशा छ- प्रथम राष्ट्रपति

      प्रथम राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवस समारोहमा टुँडिखेलमा आयोजना हुने समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics21 publishers
    10. गणतन्त्र दिवसमा प्रधानमन्त्री मौन बस्नु राष्ट्रका लागि घाटाः नेता पाण्डे

      काठमाडौं । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा राष्ट्रपतिले मात्रै सम्बोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्राचार गरेको

      Global Aawaj logoGlobal AawajPrivatearchives21 publishers
    11. गणतन्त्र दिवसमा प्रधानमन्त्री किन नबोल्ने ? प्रवक्ता भन्छन्– बोल्नपर्ने ठाउँमा बोल्नुहुन्छ

      ११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने विषयमा स्पष्टीकरण दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले बोल्नुपर्ने ठाउँमा बोल्ने जिकिर गरे । उनलाई एक सञ्चारकर्मीले ‘गणतन्त्र दिवसमा प्रधानमन्त्री किन बोल्नुहुन्न ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा पोखरेलले भनेका छन्, […]

    12. ‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

      काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीको बचाउ गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले बालेनको शैलीको बचाउ गरेका हुन्। यही जेठ १५ गते वालेन्द्र नेतृत्वको सरकारकै आयोजनामा हुन लागेको गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भएपछि अनेक प्रश्न उठिरहेका छन् । वालेन्द्रले गणतन्त्रको प्रतीक […]

    13. सरकारका प्रवक्ता भन्छन्- आवश्यकता अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ

      काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह गणतन्त्र दिवसमा नबोल्नेबारे मन्त्रिपरिषद्मा छलफल नभएको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले आवश्यकता अनुसार बोल्ने बताए। गणतन्त्र दिवसमा सम्बोधन नगर्नेबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यसको बारेमा मन्त्रिपरिषद्मा छलफल भएको छैन आज। आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।’ सरकारका प्रवक्ता समेत रहेका पोखरेलले बजेटको काम […]

    14. प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने

      काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्ने भएका छन् । यस अवसरमा मूल समारोह समितिको अध्यक्षका हैसियतले प्रधानमन्त्री शाहले सम्बोधन गर्नुपर्ने हो । तर, उनले सम्बोधन नगर्ने भएपछि केहीदिन अगाडि राष्ट्रपतिलाई आग्रह गरेका थिए । तर राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्रै सम्बोधन […]

    15. गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बाेधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

      काठमाडौँ। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने भएका छन् । यही जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने परम्परा रहेकामा यस पटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गरेका हुन् । गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने […]

    16. संसद्‍मा नबोलेका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह यही जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा हुने गणतन्त्र दिवस समारोहमा पनि सहभागी भएर सम्बोधन नगर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दा पनि बीचमै उठेर हिँडेका वालेन्द्र त्यसयता फर्किएका छैनन्। संसद् भवनबाट दुई सय मिटर […]

    17. गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

      काठमाडौं । आगामी जेठ १५ गते देशैभर मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले सो समारोहमा प्रधानमन्त्रीको सट्टा सम्माननीय राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गर्दै औपचारिक रूपमा पत्राचार गरेको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives21 publishers
    18. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने/नगर्ने अनिश्चित

      प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका छन् ।यही जेठ १५ गते हुने समारोहलाई सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनले राष्ट्रपति पौडेललाई पत्राचार गरेका हुन् । राष्ट्रपतिलाई सम्बोधन गर्ने अनुरोध गर्ने विषयमा मन्त्रिपरिषद् बैठकबाटै निर्णय भएको बताएको छ ।प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने/नगर्ने अनिश्चित छ । तर, सम्बोधनका लागि राष्ट्रपतिलाई भने पत्राचार गरिसकिएको छ

      Lokaantar logoLokaantarPrivatestory21 publishers
    19. गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई आग्रह गर्ने

      प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers
    20. गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् । प्रधानमन्त्री

      Global Aawaj logoGlobal AawajPrivatearchives21 publishers
PM Balendra Shah to Skip Republic Day Speech, Requests President Address · K cha khabar