इरान-इजरायल तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो
इरानले इजरायलमाथि मिसाइल प्रहार गरेसँगै सोमबार एसियाली बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।अन्तर्राष्ट्रिय बेन्चमार्क 'ब्रेन्ट क्रुड' २.६ प्रतिशतले बढेर प्रति ब्यारल ९५.५० अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि २.५ प्रतिशतले बढेर प्रति ब्यारल ९२.७५ डलर कायम भएको छ।अप्रिलमा भएको युद्धविराम भंग गर्दै इरानले इजरायलमाथि आक्रमण गरेपछि विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध पुग्न सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन् । जसका कारण तेलको मूल्यमा यो उ








