कोशी सरकार आफैँ सुकुम्वासी !
प्रदेश स्थापना भएको ९ वर्ष बित्न लाग्दा पनि कोशी प्रदेश सरकारले आफ्नै प्रशासनिक भवन बनाउन सकेको छैन । २०७६ मै स्थायी राजधानीको घोषणा भए पनि प्रदेश सरकार अहिलेसम्म भाडाका घर र संघीय सरकारका पुराना भवनहरूमै आश्रित बनिरहेको छ ।प्रदेशसभाबाहेक अधिकांश मन्त्रालय र संवैधानिक आयोगहरू निजी घर भाडामा लिएर सञ्चालन भइरहेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले मात्रै मासिक १ लाख २१ हजार रुपैयाँ भाडा तिरिरहेको छ भने प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश लगानी प्राधिकरण तथा प्रदेश कोष तथा लेखा न

