
वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका २८ हजार मुद्दा टुङ्गो लाग्न बाँकी, सरकार के गर्दै छ
वैदेशिक रोजगारसम्बन्धी ठगीका विषयमा पक्राउपुर्जी जारी भएका व्यक्तिहरू ३५ दिनभित्र सम्पर्कमा नआए ब्याङ्क खाता र यात्रा अनुमति रोक्का गर्ने चेतावनी दिएको वैदेशिक रोजगार विभागले 'ठगी नियन्त्रण बृहत् अभियान'को हिस्साका रूपमा उक्त कारबाही अघि बढाइएको जनाएको छ।