Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

6

‘अर्नब’ चक्रवात प्रभावले हवाई उडान प्रभावित हुनसक्ने

काठमाडौँ- ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी […]

विद्यालयमै दुर्व्यसनको जोखिम पहिचान गर्न शिक्षकलाई तालिम

झापा- विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ। विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा तालिम दिन लागिएको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलले पहिलो चरणमा २०० जना प्रतिनिधिमूलक शिक्षकलाई तालिम […]

अर्बनका कारण यी नदीमा बढ्न सक्छ बहाव

काठमाडौँ- ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण आगामी कात्तिक १५ गतेसम्म नेपालका विभिन्न नदी जलाधारहरूमा उल्लेखनीय वर्षा भई जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी तथा अन्य जलजन्य जोखिम आकलनसम्बन्धी पूर्वसूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाका अनुसार विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार, तिनका उपजलाधार तथा आसपासका […]

सिराहाबाट लागूऔषध खैरो हिरोइनसहित दुईजना भारतीय पक्राउ

काठमाडौँ– प्रहरीले सिराहाबाट लागूऔषध खैरो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मानव–हात्ती द्वन्द्वका घटना बढ्दै, सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु हुँदै

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासनले सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु गरेको छ । यही कात्तिक ३ गते जंगली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएपछि प्रशासनले कार्ययोजनाको प्रभावकारिता समीक्षा गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अग्रसरतामा […]

शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा […]

Older

4

भारतीय जमिनमा प्रवेशपछि कमजोर बन्दै चक्रपात, मौसम विभाग भन्छ : तर भारी वर्षा गराउन सक्छ

काठमाडौँ– नेपालमा पनि भारी वर्षा र हिमपात गराउने भनिएको बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान छ । ‘अर्नब’ नेपालसम्म आइपुग्दा समुद्री चक्रवातकै तीव्रतामा नरहने पूर्वानुमान रहेको मौसमविद् विनोद पोखरेल बताउँछन् । तर, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले भारी […]

झापमा बढ्दो दुर्घटना, १३ जनाको मृत्यु

झापा– झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८ सवारी दुर्घटना भएकामा असोजमा १५५ पुगेको हो । एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले […]

स्वदेशी सयपत्री फूलले बजार नपाउने तनाब, विदेशी फूललाई रोक्न माग

झापा– झापामा फूलको व्यावसायिक खेती गरिरहेका किसानहरूले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन्। उनीहरूले भारतबाट हुने फूलको आयातमा रोक लगाएर स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने वातावरण सिर्जना गरिदिनसमेत जोडदार माग गरेका हुन्। केही वर्षयता जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ। तर, भारतबाट आयातित फूलका कारण स्वदेशी उत्पादनले […]

बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको असर नेपालमा पनि पर्ने, मकवानपुरमा सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ। सहायक प्रमुख जिल्ला अधिकारी […]

Browse by publisher

37