Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

पहिरो पन्छाउने काम प्राथमिकतामा : सडक विभाग

काठमाडौँ- सडक विभागले वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा अवरूद्ध राजमार्ग सञ्चालनलाई प्राथमिकतामा राखी पहिरो पन्छाइने जनाएको छ। सडक विभागले मनसुन सक्रिय भएसँगै जोखिमयुक्त राजमार्ग तथा सडकमा पहिरो गए तत्काल हटाएर यातायात सञ्चालन गर्ने गरी आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको हो। विभागका प्रवक्ता श्यामबहादुर खड्काले बाढीपहिरोका कारण अवरूद्ध रहेको राजमार्गलाई सहज रूपमा जतिसक्दो […]

3–12 hours ago

1

बल्ल खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फ नै सन्चालनमा

काठमाडौँ- अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड सुचारु भएको छ । नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठूला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो । शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा […]

Earlier today

2

पहिराले अवरुद्ध चितवनतर्फको सडक खुल्यो

चितवन- पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

फिस्लिङमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक ठप्प

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अबरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए । अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम […]

Yesterday

5

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन- स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ। जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ। […]

दुर्घटनापछि‍ सामान्य बन्दै नारायणगढ–मुग्लिन सडकको अवस्था, खुल्यो अवरुद्ध

चितवन- चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन्।प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस तथा सोही […]

पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

काभ्रे- पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो । पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि सवारी आवागमन जारी रहेको प्रहरीले जनाएको छ । बीपी राजमार्गको रोशी–७ अमलटारी मुनि […]

नारायणगढ-मुग्लिन सडक खण्डमा बस ठोक्किँदा सडक अवरुद्ध

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठक्कर खाँदा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहानैदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः ठप्प हुन पुगेको हो। सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु […]

निरन्तर वर्षा, कुनकुन सडक छन् ठप्प?

काठमाडौँ– अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। काभ्रेको रोशी गाउँपालिका ७ र ८ स्थित घुमाउने र गिम्दीमा […]

Older

5

नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकमा सवारी सञ्चालन बन्द

चितवन– लगातार वर्षा र थप वर्षाको पूर्वानुमानका कारण जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार धादिङसहित छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना तथा अन्य जोखिम बढ्न सक्ने […]

बाढीपहिरोले ६ राजमार्ग अवरुद्ध

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा अवरुद्ध भएको हो। यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले देशका […]

बुटवलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यू

बुटवल- रूपन्देहीको बुटवल राजमार्ग चौराहामा टिप्परको ठक्करबाट शनिबार साइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका वडा नं ५ बैंक रोड भैरहवा बस्ने ६० बर्षिय तारचन सुनार रहेका छन्। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिप्परले सोही दिशाबाट बुटवल आउँदै गरेको सुनारलाई ठक्कर दिदा मृत्यु भएको इलाका प्रहरी कायालय बुटवलका इन्पेक्टर थम्मन […]

कुन कुन सडक छन् अवरुद्ध?

काठमाडौँ- देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्। कोशी प्रदेशमा मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र […]

डडेलधुरामा बोलेरो जिप दुर्घटनामा २ को मृत्यु

कैलाली– डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त […]

Browse by publisher

37