Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको […]

3–12 hours ago

1

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणले आज सुरक्षा परिपत्र जारी […]

Yesterday

5

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले बुधबार सुरक्षा परिपत्र जारी गर्दै वायुसेवा सञ्चालक, विमानस्थल सञ्चालक, हवाई सेवा प्रदायक तथा सम्बन्धित निकायलाई आवश्यक […]

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म नेपालका प्रमुख नदी तथा जलाधार क्षेत्रमा वर्षा भई नदीको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको बाढी तथा अन्य जलजन्य जोखिम आकलनअनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार […]

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो । विशेषगरी […]

Khabarhub logoKhabarhubPrivate6 publishers

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा अपराध कर्ममा संलग्न ९२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले सार्वजनिकस्थल, यातायातका साधन, […]

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ । गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना कमी आएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार यस वर्ष विजयादशमी अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म १२५ वटा दुर्घटना भएका छन् । ती […]

Khabarhub logoKhabarhubPrivate2 publishers

Older

7

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा […]

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन […]

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५ गतेको बाढीले गोरखाको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको स्थानमा स्थानीयको सक्रियतामा प्रभावित क्षेत्रमा पूर्वाधार निर्माणलगायतका कामबाट जनजीवन सामान्य बनाउने कार्य तीव्ररुपमा भइरहेको छ । स्थानीयवासी र गाउँपालिकाको सक्रियतामा बाढी प्रभावित क्षेत्रमा अहिले पनि अस्थायी पुल निर्माण तथा बाटो मर्मतको काम भइरहेको छ । त्यस्तै […]

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो । नेपालको मात्र नभई विश्वकै प्राकृतिक विपद्को इतिहासमा यस विपद्लाई विशिष्ट खालको अकल्पनीय र अप्रत्याशित घटनाको रुपमा लिन सकिन्छ । झण्डै १८८ किमी प्रतिघण्टाको दरमा आएको यस बाढीमा दुई करोड घनमिटर अर्थात् २० […]

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ। विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा […]

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका बरामद गरेको हो । बरामद […]

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक […]

Browse by publisher

37