Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई लिएर चर्को आलोचना भएको छ । उनले सामाजिक सञ्जालमार्फत् यूएईको शारजाहमा एक जना नेपालीको राहदानी काम गर्ने ठाउँमा नै राखिएको भन्दै सहयोगका लागि अपिल गरेका थिए । उनले लेखेका थिए, ‘कसैले मदत गर्न सक्नु हुन्छ ??? शारजाह दुबई मा हुने कोहि नेपाली हुनुहुन्छ भने यो […]

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो । योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले […]

Earlier today

5

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स (युएई)लाई ३१४ रनको चुनौती दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नाै विकेटको क्षतिमा ३१३ रन बनाएको हो । यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले शतक बनाउँदा अलराउन्डर गुल्सन झाले अर्धशतक बनाए । १०३ […]

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले अर्धशतक बनाएका छन् । पाँचौक्रममा ब्याटिङ गर्न आउका झाले ३६ बलको सामना गर्दा तीन चौका र चार छक्काको मद्दतमा अर्थशतक बनाएका हुन् । ४५ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा २६५ रन बनाएको छ ।

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले शतक बनाएका छन् । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भएका हुन् । पाँचौ क्रममा ब्याटिङ गर्न गुल्सन झा […]

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस जितेर संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन् । दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई […]

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदै छन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने प्रतिस्पर्धा बिहान ७:१५ बजे सुरु हुँदैछ । दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले […]

Yesterday

1

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् । पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका लागि दुबईमा बसे। विदेशमा रहँदा सिकेको व्यावसायिक ज्ञान र सीप तथा त्यहाँबाट आर्जन गरेको पुँजीलाई आफ्नै […]

Older

3

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य युएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ […]

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो । दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्। समूह […]

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले बिहीबार ओमानको सामना गर्दैछ। नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुने खेलमा दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्। समूह चरणका चारमध्ये तीन खेल जित्दै नेपाल […]

Browse by publisher

37