Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

21 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

मनामा– बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत विफल पारेको दाबी गरेका छन्। अमेरिका–इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावका बीच दुवै देशले पछिल्ला आक्रमणबारे जानकारी सार्वजनिक गरेका हुन्। होर्मुज जलसन्धिमा ओमानतर्फ जाने जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका–इरानबीचको कमजोर युद्धविराम लगभग […]

अमेरिका-इरान तनाव चर्किँदा कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी- संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ। मध्यपूर्वमा द्वन्द्व थप चर्किने र विश्वको प्रमुख तेल आपूर्ति मार्ग प्रभावित हुन सक्ने आशंकाले ऊर्जा बजारमा दबाब बढाएको हो। विशेषगरी, विश्वको समुद्रीमार्गबाट हुने कच्चा तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा […]

Khabarhub logoKhabarhubPrivate7 publishers

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ। अमेरिकी आक्रमणसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म सुरक्षा अवस्था तनावपूर्ण बनेको छ भने इरानले पनि आफ्नो प्रतिआक्रमणलाई तीव्र बनाएको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार राति इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरिएको पुष्टि गर्दै यसको […]

Yesterday

13

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ – सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न नसकेपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ उपाधि आफ्नो नाममा सुरक्षित गरेका छन् । अतिरिक्त समयमा पुगेको फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकपको उपाधि चुमेको छ । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्स इङ्गल्यान्डसँग […]

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। उपाधिका लागि भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनले सुरुआतदेखि नै बल नियन्त्रणमा राख्दै अर्जेन्टिनामाथि लगातार दबाब बनायो, तर सिर्जना गरेका अवसरलाई गोलमा परिणत गर्न सकेन। पहिलो ४५ मिनेटमा स्पेनले आधा दर्जनजति राम्रो अवसर सिर्जना गरेको थियो। अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट […]

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । अमेरिकाको न्यु जर्सीस्थित न्यूयोर्क–न्यु जर्सी स्टेडियममा जारी उपाधि भिडन्तमा पहिलो ४५ मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । अर्जेन्टिना र स्पेनले केही आकर्षक आक्रमण बुने पनि विपक्षी रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण स्कोर खुल्न सकेन । खेलको सुरुआती […]

Khabarhub logoKhabarhubPrivate6 publishers

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यस खेललाई केवल दुई देशबीचको प्रतिस्पर्धा मात्र होइन, दुई पुस्ता, दुई फुटबल दर्शन र विश्वका उत्कृष्ट खेलाडीहरूको प्रत्यक्ष भिडन्तका रूपमा पनि हेरिएको छ । फुटबल विश्लेषकहरूले फाइनलको नतिजा तय गर्न सक्ने केही व्यक्तिगत प्रतिस्पर्धालाई विशेष […]

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको च्याम्यिनबीच विश्वकप फाइनल हुँदैछ । स्पेन युरो कप र अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हुन् । यी दुवै महादेशीय हैसियतका प्रतियोगिता हुन् । युरो कप र कोपा अमेरिका विजेता टोलीबीच प्रतिस्पर्धा गराउने कुरा उठ्दै आएको थियो तर सम्भव भएको थिएन । स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा गराउने […]

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि आमनेसामने हुँदै गर्दा चीन यस पटक छनोट नै हुन सकेन। मैदानमा नउत्रिए पनि चीनले आर्थिक रूपमा प्रतियोगिताको सबैभन्दा ठूलो लाभ उठाएको देखिएको छ। यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा आयोजित विश्वकपले खेलकुद सामग्री, जर्सी र अन्य स्मरणिका उत्पादन तथा निर्यात गर्ने चिनियाँ कम्पनीहरूलाई उल्लेखनीय व्यापारिक […]

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । समाचार अनुसार अन्य केही सैनिक घाइते भएका छन्। रिपोर्टका अनुसार आक्रमणमा ब्यालिस्टिक मिसाइल प्रयोग गरिएको थियो। घटनासम्बन्धी एउटा भिडियो पनि सार्वजनिक भएको छ, तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इरानले भने यस घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको […]

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई) हुँदैछ। महादेशीय च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिना न्यूयोर्कऔन्यु जर्सी स्टेडियममा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि आमनेसामने हुँदैछन्। साविक विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ । उता स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ। इतिहास रच्ने […]

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र बलियो प्रतिद्वन्द्वी स्पेन आइतबार मध्यरातमा न्यूजर्सीमा आमनेसामने हुँदै छन्। ३९ दिन लामो यस भव्य प्रतियोगिताको अन्तिम खेलमा विश्व फुटबलका हस्ती मैदान उत्रन लागेका हुन्। न्यूजर्सीको मैदानमा हुने यो भिडन्त एक अनौठो टक्करका रूपमा हेरिएको छ, जहाँ यस विश्वकपकै […]

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट गोल हुने अनुपात अघिल्लो संस्करणको तुलनामा दोब्बर पुगेको छ। सन् २०२२ मा कतारमा भएको विश्वकपमा कुल गोलको ८ प्रतिशत मात्र बक्स बाहिरबाट भएकोमा यस पटक त्यो संख्या बढेर १६ प्रतिशत पुगेको फिफाको प्राविधिक अध्ययन समूहले सार्वजनिक गरेको छ। फुटबल विशेषज्ञका अनुसार पछिल्लो समय टोलीहरूले अपनाउने […]

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी क्षेत्रका बहुसंख्यक फुटबल प्रशंसक अर्जेन्टिनाको विपक्षमा उभिएका छन्। विगतमा आफ्नो क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा रहे पनि यस पटक सामाजिक सञ्जालमा भाइरल मिम्स र आलोचनाका कारण अर्जेन्टिना अपवाद बनेको छ। ब्राजिल, मेक्सिको, कोलम्बिया र चिली जस्ता देशका फुटबल प्रेमी आइतबार हुने फाइनल खेलमा लियोनेल मेसीको […]

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्यले इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा नयाँ रेकर्ड कायम गरेको छ । साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार हुने उपाधि भिडन्तको टिकट फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको […]

मेसीलाई दुई गोलले पछाडि पार्दै गोल्डेन बुटको बलियो दाबेदार बने एमबाप्पे : कस्तो छ रेकर्ड ?

काठमाडौँ – विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सकिएसँगै गोल्डेन बुट दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे शीर्ष स्थानमा बलियो देखिएका छन् । इङ्गल्यान्डविरुद्धको रोमाञ्चक भिडन्तमा दुई गोल थप्दै एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्‍याएका हुन् । एमबाप्पे १० गोल र ४ असिस्टसहित विश्वकपको पहिलो स्थानमा छन् । उनले हरेक ७० मिनेटमा […]

Older

5

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यो खेललाई पछिल्ला वर्षकै सबैभन्दा प्रतीक्षित विश्वकप फाइनलका रूपमा हेरिएको छ । ३९ वर्षीय कप्तान लियोनेल मेस्सी आफ्नो सम्भावित अन्तिम विश्वकप फाइनलमा चौथो विश्व उपाधि जित्ने लक्ष्यमा हुनेछन् । अर्कोतर्फ १९ वर्षीय […]

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका लागि अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ। इराकका प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा भएका ती सम्झौतामध्ये अधिकांश तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। तेल स्रोतमा धनी भए पनि इराक दशकौँदेखि युद्ध, राजनीतिक अस्थिरता, कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, […]

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन- हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन् २०२० मा घोषणा गरिएको सङ्कटकाल अब नवीकरण नगर्ने निर्णय अमेरिकाले गरेको छ। अमेरिकी अधिकारीहरूले शुक्रबार उक्त निर्णयको पुष्टि गरेका हुन्। तर, सङ्कटकाल घोषणासँगै हटाइएको हङकङको विशेष व्यापारिक हैसियत पुनःस्थापना गरिने वा नगरिने भन्ने विषयमा भने अमेरिकाले स्पष्ट धारणा सार्वजनिक गरेको छैन। चीनको वाणिज्य मन्त्रालयले अमेरिकी […]

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई आक्रमण गरेको दाबी गरेको छ। सेन्टकमका अनुसार पछिल्लो आक्रमणमा इरानका ऊर्जा पूर्वाधार, सैन्य संरचना र अन्य रणनीतिक स्थलहरूलाई लक्षित गरिएको थियो। सेन्टकमले शनिबार जारी गरेको विज्ञप्तिमा पछिल्ला कारबाहीहरूमा सैन्य पूर्वाधार, निगरानी केन्द्र, भूमिगत हतियार भण्डारण स्थल तथा समुद्री क्षमतासँग सम्बन्धित संरचनाहरूलाई निशाना बनाइएको उल्लेख गरेको […]

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रहार गरेको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको सैन्य विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो । विज्ञप्तिअनुसार कुवेतको अल–अदिरी शिविरस्थित गोलाबारुद भण्डारण केन्द्र, अली अल–सलेम सैन्य आधारका मुख्यालय भवन, गोलाबारुद डिपो तथा सञ्चार पूर्वाधारलाई निशाना बनाइएको दाबी गरिएको छ । त्यसैगरी, […]

Browse by publisher

37