रोमाञ्चक खेलमा कर्णालीको सानदार जित
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।कर्णालीको जितमा सोमपाल कामीले अविजित ६२ रन बनाए। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले अविजित २८ रन जोडे। पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२ र दीपक डुम्रेले २० रन बनाए।बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले ३ तथा चरिथ असलंका, प्रतीश जिसी र सन्दीप लाम