
राजधानी प्रहरीका तीन कमान्डर- को कस्ता ? चर्चा र वास्तविकता
गृह मन्त्रालयले ३३ एसएसपीको सरुवा गर्दै काठमाडौं उपत्यकाका महत्त्वपूर्ण तीन युनिटका कमान्डरमा परिवर्तन गरेको छ, जसमा एसएसपी दिलिप घिमिरे, तुलबहादुर कार्की र शान्तिराज कोइराला छन्।
Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

गृह मन्त्रालयले ३३ एसएसपीको सरुवा गर्दै काठमाडौं उपत्यकाका महत्त्वपूर्ण तीन युनिटका कमान्डरमा परिवर्तन गरेको छ, जसमा एसएसपी दिलिप घिमिरे, तुलबहादुर कार्की र शान्तिराज कोइराला छन्।

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ।

काठमाडौं । नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन शाहले सदनमा देशविरुद्ध बोलेको बताएका छन्। माइतीघरको आन्दाेलनमा बाेल्दै संसद्बाटै माफी माग्ने वा राजीनामा दिने दुई मात्र विकल्प भएको बताए। उनले भने, ‘विकसित देशको प्रधानमन्त्री भए संसदबाट बाहिरिँदै राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो। हाम्रो देशमा यस्ता कुरा क्षम्य नै हुन्छन्, आजसम्म अन्य देशमा भए लाखौँ मान्छे सडकमा निस्किएर […]

प्रधानमन्त्री शाहले सीमाबारे विवादित अभिव्यक्ति दिएको विरोधमा नेकपाले जनवर्गीय सङ्गठनलाई सडकमा उतारेको हो ।

नेता पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा आपत्ति जनाए। उक्त अभिव्यक्ति तथ्यपरक नभएको दाबी गर्दै उनले त्यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री बालेन शाहको कुनै तुलना नहुने बताएका छन्। पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला कार्यक्रम स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालेन राष्ट्रवादी नेता नभएको बताए। उनले भने, ‘बालेन राष्ट्रवादी होइन, केपी ओली राष्ट्रवादी हो। बालेन लोकतन्त्र विरोधी, अधिनायकवादी र निरङ्कुश शासक हो भने केपी […]

काठमाडौं । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो । बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेलगायतका कार्यसूची रहेको थियो । यसैगरी […]

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट देशद्रोही कुरा गरेको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको जिकिर गरे। उनले भने, ‘सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयो? त्यस दिन सदनमा गएर कसको हितमा […]

रुपन्देही । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रुपन्देहीमा आयोजित दुई दिने लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित गरेको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेतृत्वबीच भएको संवाद, विषयगत छलफल र अन्तरक्रियाबाट […]

काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले सदनमा उपस्थित भएर विपक्षीले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेकी छन्। सत्तापक्षको मन राखिदिन भएपनि प्रधानमन्त्री सदनमा आउनुपर्ने उनको भनाइ छ। उनले भनेकी छन्, ‘विपक्ष सधैँ सही हुन्छ नै भन्ने पनि हुँदैन र सधैँ गलत नै हुन्छन् भन्ने पनि हुँदैन तर जब राष्ट्रियता कुरा आउँछ हामीले […]

नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठ्यारो पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने- जहिलेसम्म प्रधानमन्त्री हाउसमा आएर आफ्नो कुरा राख्नुहुन्न, या त नेपालले मिचेको भूमिको प्रमाण […]

भारतीय विदेश मन्त्रालयले नेपालको सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणलाई परम्पराको निरन्तरताका रुपमा व्याख्या गरेको छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने अडान लिएको कांग्रेसले संसदीय समितिको बैठक पनि बहिस्कार गर्ने तयारी गरेको हो। आफूहरूको माग सम्बोधन नभएसम्म समितिको बैठकमा सहभागी नहुने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए। प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको […]

‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति भारतले प्रतिक्रिया दिएको छ । नेपालका प्रधानमन्त्री र विदेश मन्त्रालयको बयानलाई आफूहरूले हेरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बताएका छन् ।

काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भारत भ्रमणमा रहेका पार्टी सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन सक्ने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतीय जनता पार्टीकै तर्फबाट आमन्त्रित भएकाले प्रधानमन्त्री मोदीसँग भेट हुनसक्ने बताए । उनले भने, ‘उहाँहरूले आफ्नो मुख्यालयमा दिएको सम्मानप्रति हामी खुसी नै व्यक्त गर्छौँ । हामीले […]

काठमाडौं । नेपाल महिला संघले प्रधानमन्त्रीको अपरिपक्व र राष्ट्रहित विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संघकी अध्यक्ष मीना खरेलद्वारा जारी विज्ञप्तिमा नेपालले भारतको सिमाना मिचेको भनी जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्को रोष्ट्रमबाट व्यक्त भनाइ नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, प्रमाण तथा सम्पूर्ण नेपाली जनताको राष्ट्रिय भावनाविपरीत भएको उल्लेख छ । प्रधानमन्त्री शाहले […]

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिमा रास्वपाको धारणा मागेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यस विषयमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहज्युले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो? यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई […]

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन् ।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन् । आज बसेको संसद वैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । हाजिर नगरेको प्रमाणित भएमा प्रधानमन्त्री शाह संसद सदस्य नरहेको ठहर हुने साम्पाङको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री अस्ति संसद आउँदा हाजिर गर्नुभयो कि […]

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई नेपालले कसैको भूमि नमिचेको जवाफ दिएका छन् । सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल गर्नुपर्ने भन्दै सीमाबारे नेपालीको धारणा एउटै हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ र कसैको भूमि मिचेको […]

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने अडान कायमै राखेका छन्। विपक्षीको अडानकै कारणले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। सदनको अवरोध हटाउनबारे रास्वपाका मुख्य सचेतकले अहिले विपक्षी दलसँग संवाद गरिरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए। उनले आफूहरूको माग यथावत् रहेको […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । बारले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भनेको छ । प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष […]

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्। उनका अनुसार अर्को बैठक भोलि दिउँसो १२ः१५ बजे बस्नेछ। विपक्षीले प्रधानमन्त्रीले प्रतिनिधि सभामा सीमाबारे बोलेको विषयलाई लिएर राष्ट्रियसभामा पनि विरोध गरेका हुन्। विपक्षीको अवरोध कायम रहने भएकाले १ बजेका लागि बोलाइएको […]

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यक परे सदनमा आएर जवाफ दिने बताएका छन्। सरकारका प्रवक्ता समेत रहेका पोखरेलले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको बताए। उनले भने, ‘हामीले देखिहाल्यौँ प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा उहाँ फेरि सदनमा आएर उत्तर […]

पत्रकारले नेपालले भारतको सीमा मिचेको प्रमाण के हो त भन्ने प्रश्न सोधेपछि पोखरेलले प्रधानमन्त्रीको भनाइलाई बंग्याए ।

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। बैठकले पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्नुको साथै केही निर्णय लिने तयारी गरेको छ।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तालिका छ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।
ABC News Australia
Ajako Artha
Artha Sarokar
Arthik Abhiyan
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online