Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

बालेनले देशविरुद्ध बोले, संसद्‌बाटै माफी माग्ने वा राजीनामा दिने दुई मात्र विकल्प छन्: राजेन्द्र पाण्डे

काठमाडौं । नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन शाहले सदनमा देशविरुद्ध बोलेको बताएका छन्। माइतीघरको आन्दाेलनमा बाेल्दै संसद्‌बाटै माफी माग्ने वा राजीनामा दिने दुई मात्र विकल्प भएको बताए। उनले भने, ‘विकसित देशको प्रधानमन्त्री भए संसदबाट बाहिरिँदै राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो। हाम्रो देशमा यस्ता कुरा क्षम्य नै हुन्छन्, आजसम्म अन्य देशमा भए लाखौँ मान्छे सडकमा निस्किएर […]

Earlier today

4

समतामूलक समाज निर्माणमा एकजुट हुन मुख्यमन्त्री यादवको आग्रह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै समानतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माणका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्। मुख्यमन्त्री यादवले जारी गरेको सन्देशमा जातीय भेदभाव र छुवाछूत मानव अधिकारविरुद्धको गम्भीर सामाजिक विकृति भएको उल्लेख गर्दै यसको अन्त्य सम्पूर्ण समाजको […]

सम्पत्ति फुकुवा नभएसम्म अघि नबढ्ने इरानको अडान, अमेरिकासँगको वार्ता अप्ठ्यारोमा

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्ता इरानले प्रारम्भिक चरणमै रोकिएको सम्पत्ति (फ्रोजन एसेट्स) फुकुवा गर्नुपर्ने अडान लिएपछि जटिल मोडमा पुगेको छ । द जेरुसेलम पोस्टका अनुसार इरानले अरबौं डलर बराबरको रोकिएको सम्पत्तिमध्ये नगद रकम सम्झौताको पहिलो चरणमै उपलब्ध गराउनुपर्ने माग राखेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सहमति खोज्ने प्रयास गरे […]

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार होः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपालको […]

विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति थप प्रतिबद्ध बन्न राष्ट्रपतिको सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

Yesterday

1

राष्ट्रपतिप्रति ओलीको कटाक्ष- बडो जुक्तिसाथ लोकतन्त्र बचाएँ भन्दै जेमा पनि सही गर्दै छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै संविधान विपरीत गतिविधि हुँदा पनि रबर स्टाम्प बनेको बताए। उनले भने, ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधान विपरीतको प्रधानमन्त्री बन्छ, संविधान विपरीत प्रतिनिधि सभा भङ्ग हुन्छ। अनि, सम्माननीय राष्ट्रपतिजी भन्नुहुन्छ– बडो जुक्तिले लोकतन्त्र बचाए भनेर। अहिलेसम्म आइपुग्दा […]

Older

5

प्रधानमन्त्रीलाई रास्वपा सांसदको आग्रह- सत्तापक्षको मन राखिदिन भएपनि विपक्षीले उठाएको प्रश्नको जवाफ दिनुस्

काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले सदनमा उपस्थित भएर विपक्षीले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेकी छन्। सत्तापक्षको मन राखिदिन भएपनि प्रधानमन्त्री सदनमा आउनुपर्ने उनको भनाइ छ। उनले भनेकी छन्, ‘विपक्ष सधैँ सही हुन्छ नै भन्ने पनि हुँदैन र सधैँ गलत नै हुन्छन् भन्ने पनि हुँदैन तर जब राष्ट्रियता कुरा आउँछ हामीले […]

प्रधानमन्त्रीको बोलीले मुलुक नै अप्ठ्यारोमा पर्न सक्छ, जिम्मेवार जवाफ आओस् : गुरु बराल

नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठ्यारो पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने- जहिलेसम्म प्रधानमन्त्री हाउसमा आएर आफ्नो कुरा राख्नुहुन्न, या त नेपालले मिचेको भूमिको प्रमाण […]

प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस- संसदीय समितिको बैठकमा पनि नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने अडान लिएको कांग्रेसले संसदीय समितिको बैठक पनि बहिस्कार गर्ने तयारी गरेको हो। आफूहरूको माग सम्बोधन नभएसम्म समितिको बैठकमा सहभागी नहुने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए। प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको […]

विपक्षी अडानमा टसमस नहुँदा अझै सुरू भएन सदन

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने अडान कायमै राखेका छन्। विपक्षीको अडानकै कारणले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। सदनको अवरोध हटाउनबारे रास्वपाका मुख्य सचेतकले अहिले विपक्षी दलसँग संवाद गरिरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए। उनले आफूहरूको माग यथावत् रहेको […]

सरकारका प्रवक्ता भन्छन्- आवश्यक परे प्रधानमन्त्रीले फेरि सदनमा आएर जवाफ दिनुहुन्छ

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यक परे सदनमा आएर जवाफ दिने बताएका छन्। सरकारका प्रवक्ता समेत रहेका पोखरेलले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको बताए। उनले भने, ‘हामीले देखिहाल्यौँ प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा उहाँ फेरि सदनमा आएर उत्तर […]

Browse by publisher

38