Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

22 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

बालेनले देशविरुद्ध बोले, संसद्‌बाटै माफी माग्ने वा राजीनामा दिने दुई मात्र विकल्प छन्: राजेन्द्र पाण्डे

काठमाडौं । नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन शाहले सदनमा देशविरुद्ध बोलेको बताएका छन्। माइतीघरको आन्दाेलनमा बाेल्दै संसद्‌बाटै माफी माग्ने वा राजीनामा दिने दुई मात्र विकल्प भएको बताए। उनले भने, ‘विकसित देशको प्रधानमन्त्री भए संसदबाट बाहिरिँदै राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो। हाम्रो देशमा यस्ता कुरा क्षम्य नै हुन्छन्, आजसम्म अन्य देशमा भए लाखौँ मान्छे सडकमा निस्किएर […]

धवललाई राप्रपा प्रवक्ताको चुनौती- लिङ्देनलाई लगाएको आरोपभन्दा एक इन्च दायाँबायाँ लागेर पार्टी चलाएर देखाउनू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले अनेकन् प्रयासका बाबजुद महामन्त्री धवलशम्शेर राणालाई पार्टीमा जोगाउन नसकेको बताएका छन्। राणाले अर्को पार्टी बनाउने घोषणा गरेपछि सरकार र सिंहदरबारतिर आँखा पनि नलगाउने दल बनाउन सुझाए। उनले धवललाई भनेका छन्, ‘अनेकन् प्रयासका बाबजुद तपाईँलाई राप्रपामा जोगाउन सकिएन । दल बनाउने घोषणा गर्नुभएछ! प्रजातान्त्रिक मुलुकमा अध्ययन […]

धवलले पार्टीकाे केन्द्रीय समितिमा ६० प्रतिशत युवा समेट्ने, स्थानीय तहको चुनावलाई केन्द्रमा राख्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छाडेका महामन्त्री धवलशम्शेर राणाले राष्ट्रवाद, राजासहितको प्रजातन्त्र र हिन्दु सनातन मूल्य मान्यतालाई केन्द्रमा राखेर नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। आफ्नो नेतृत्वमा १८३ जना नेताहरूले सामूहिक राजीनामा दिएपछि आयोजित भेलालाई सम्बोधन गर्दै राणाले राप्रपाबाट आफूहरूले बोकेको विचार र उद्देश्य पूरा हुन नसक्ने निष्कर्षमा पुगेकाहरूलाई नयाँ दलमा […]

Earlier today

2

धवलशम्शेरको नेतृत्वमा १८३ नेताहरूले गरेर राप्रपाबाट सामूहिक राजीनामा (सूची)

अहिले आयोजित एक भेलामार्फत उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

धवलशम्शेरलाई प्रवक्ता श्रेष्ठको जवाफ- राप्रपाको वैधानिकता धेरै बाँकी छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री डा. धवलशम्शेर राणालाई जवाफ फर्काएका छन्। पार्टीले आफ्नो वैधानिक हैसियत गुमाएको भन्दै नयाँ पार्टी निर्माणको तयारीमा थालेका राणालाई प्रवक्ता श्रेष्ठले जवाफ फर्काएका हुन्। राणाले पार्टीको वैधानिकता सकिएको दाबी गरेपनि प्रवक्ता श्रेष्ठले राप्रपाको वैधानिकता धेरै बाँकी रहेको बताएका छन्। उनले भनेका छन्, ‘आरोप लगाउँदा पनि […]

Yesterday

5

सरकारको बजेट परम्परागत, लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव छैन : सुरेन्द्र पाण्डे

नेता पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा आपत्ति जनाए। उक्त अभिव्यक्ति तथ्यपरक नभएको दाबी गर्दै उनले त्यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए ।

चोइटिँदै राप्रपा- यी नेताले दिँदै छन् धवललाई साथ

देशको प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक विभाजनतर्फ लम्किएको छ । पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा भोलि केही नेताहरूले सामूहिक राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।

राप्रपाको वैधानिकता हिजोबाट सकिएकाे राणाको दाबी, नयाँ शक्ति निर्माणमा जुट्न आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले आफ्नो वैधानिक हैसियत गुमाएको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि अपिल गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले नेतृत्वको अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण पार्टी अहिलेको गम्भीर अवस्थामा आइपुगेको समेत बताएका छन् । राणाको भनाइअनुसार एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल गत […]

राप्रपामा विभाजन राेक्न प्रयास : लिङदेनबाहेकका शीर्ष नेताहरू ‘विजय वास’ मा

​​काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीद्वारा राष्ट्रवादी नयाँ शक्ति निर्माणका लागि आह्वानसँगै राप्रपाभित्र आन्तरिक भुइँचालो गएको छ । विभाजन राेक्न वक्तव्यवाजी र काेठे बैठकहरू बस्ने क्रम जारी छ । ​यसैबीच, आज दिउँसो ३ बजे पूर्व अध्यक्ष पशुपति शमशेर राणाको निवास ‘विजय वास’ मा राप्रपाका शीर्ष नेताहरूको आकस्मिक बैठक बसेकाे राप्रपाका केन्द्रीय सदस्य तथा […]

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट देशद्रोही कुरा गरेको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको जिकिर गरे। उनले भने, ‘सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयो? त्यस दिन सदनमा गएर कसको हितमा […]

Older

12

धवलशम्शेर राणालाई निर्णय फिर्ता लिन लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका महामन्त्री धवल शमशेर राणालाई पार्टी छाड्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी महाधिवेशनको तयारीमा जुटिरहेका बेला राणाको पार्टीबाट बहिर्गमनको समाचारले आफू आश्चर्यचकित भएको बताएका छन्। राप्रपाले हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट जेठ २८ र […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित

रुपन्देही । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रुपन्देहीमा आयोजित दुई दिने लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित गरेको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेतृत्वबीच भएको संवाद, विषयगत छलफल र अन्तरक्रियाबाट […]

प्रधानमन्त्रीलाई रास्वपा सांसदको आग्रह- सत्तापक्षको मन राखिदिन भएपनि विपक्षीले उठाएको प्रश्नको जवाफ दिनुस्

काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले सदनमा उपस्थित भएर विपक्षीले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेकी छन्। सत्तापक्षको मन राखिदिन भएपनि प्रधानमन्त्री सदनमा आउनुपर्ने उनको भनाइ छ। उनले भनेकी छन्, ‘विपक्ष सधैँ सही हुन्छ नै भन्ने पनि हुँदैन र सधैँ गलत नै हुन्छन् भन्ने पनि हुँदैन तर जब राष्ट्रियता कुरा आउँछ हामीले […]

धवलशम्शेरको समूहसँग निर्णायक छलफलमा दुर्गा प्रसाईँ, नयाँ पार्टीबारे मोटामोटी सहमति

राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईंबीच ‘एकता’ को मोटामोटी सहमति भएको छ । प्रसाईँ आज राणाको समूहसँग निर्णायक वार्तामा बसेका हुन् ।

प्रधानमन्त्रीको बोलीले मुलुक नै अप्ठ्यारोमा पर्न सक्छ, जिम्मेवार जवाफ आओस् : गुरु बराल

नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठ्यारो पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने- जहिलेसम्म प्रधानमन्त्री हाउसमा आएर आफ्नो कुरा राख्नुहुन्न, या त नेपालले मिचेको भूमिको प्रमाण […]

प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस- संसदीय समितिको बैठकमा पनि नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने अडान लिएको कांग्रेसले संसदीय समितिको बैठक पनि बहिस्कार गर्ने तयारी गरेको हो। आफूहरूको माग सम्बोधन नभएसम्म समितिको बैठकमा सहभागी नहुने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए। प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल महिला संघको आपत्ति

काठमाडौं । नेपाल महिला संघले प्रधानमन्त्रीको अपरिपक्व र राष्ट्रहित विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संघकी अध्यक्ष मीना खरेलद्वारा जारी विज्ञप्तिमा नेपालले भारतको सिमाना मिचेको भनी जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्को रोष्ट्रमबाट व्यक्त भनाइ नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, प्रमाण तथा सम्पूर्ण नेपाली जनताको राष्ट्रिय भावनाविपरीत भएको उल्लेख छ । प्रधानमन्त्री शाहले […]

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा नेकपाले माग्यो रास्वपाको धारणा (भिडिओ)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिमा रास्वपाको धारणा मागेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यस विषयमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहज्युले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो? यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई […]

प्रधानमन्त्रीलाई चन्द्र भण्डारीको चुनौती- नेपालले भारतको सीमा मिचेको तथ्य भए देखाउनू

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई नेपालले कसैको भूमि नमिचेको जवाफ दिएका छन् । सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल गर्नुपर्ने भन्दै सीमाबारे नेपालीको धारणा एउटै हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ र कसैको भूमि मिचेको […]

विपक्षी अडानमा टसमस नहुँदा अझै सुरू भएन सदन

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने अडान कायमै राखेका छन्। विपक्षीको अडानकै कारणले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। सदनको अवरोध हटाउनबारे रास्वपाका मुख्य सचेतकले अहिले विपक्षी दलसँग संवाद गरिरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए। उनले आफूहरूको माग यथावत् रहेको […]

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात : नेपाल बार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । बारले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भनेको छ । प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष […]

सरकारका प्रवक्ता भन्छन्- आवश्यक परे प्रधानमन्त्रीले फेरि सदनमा आएर जवाफ दिनुहुन्छ

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यक परे सदनमा आएर जवाफ दिने बताएका छन्। सरकारका प्रवक्ता समेत रहेका पोखरेलले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको बताए। उनले भने, ‘हामीले देखिहाल्यौँ प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा उहाँ फेरि सदनमा आएर उत्तर […]

Browse by publisher

38