Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

2

परराष्ट्रमन्त्री खनाल चाँडै भारत भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुने भ्रमणमा दुई देशबीचको विकास सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणपछि तय भएको यस भ्रमणका क्रममा मन्त्री खनालले विदेशमन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयललगायत भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने […]

‘विकास–कूटनीतिको नयाँ युगमा सहकार्यको प्रतिबद्धता

काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता अत्यन्त फलदायी र सकारात्मक भएको बताउनुभएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बुधबार भएको झन्डै एक घण्टा लामो भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई विकास, कनेक्टिभिटी र आपसी विश्वासको नयाँ आधारमा अगाडि बढाउने विषयमा गहन छलफल भएको उहाँले […]

Yesterday

4

रविसँगकाे भेटपछि माेदीले भने- बालेन सरकारसँग सहकार्य गर्न तयार छाैँ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्ता बुधबार दिउँसो नयाँ दिल्लीमा भएको हो । “राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेर खुसी लाग्यो । साझा र समृद्ध भविष्यको लागि सँगै मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु,” भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल […]

प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, नेपाल–भारत सम्बन्धबारे कुराकानी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग भेट गरेको भारतीय तथा नेपाली सञ्चारमाध्यमहरूले जनाएका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, क्षेत्रीय […]

बंगलादेशविरुद्ध बदला र फाइनलको लक्ष्यमा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बुधबार साविक विजेता बंगलादेशको सामना गर्दैछ। गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगेको नेपाल बंगलादेशविरुद्ध अघिल्ला दुई फाइनलमा भोगेको हारको बदला लिँदै फाइनलमा स्थान बनाउन चाहन्छ। नेपालले समूह चरणमा भुटान र श्रीलंकालाई पराजित […]

प्रमको अभिव्यक्तिले उठाएका गम्भीर प्रश्न

नेपाल–भारत सीमा विवाद अत्यन्त संवेदनशील विषय हो । किनभने यो विषय नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतासँग प्रत्यक्षरुपमा जोडिएको हु्न्छ । विशेष गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसम्बन्धी विवाद लामो समयदेखि अत्यन्त संवेदनशील विषयका रुपमा रहँदै आएको छ । यस्तो विषय भनेको राजनीतिक रुपमा उछाल्ने वा राजनीतिक स्वार्थ उपकरण बनाउने विषय पक्कै होइन । […]

Older

6

सीमा मिचेको भनाइप्रति चार दलको आपत्ति

हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर मकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलहरुले गम्भीर चासो र आपत्ति जनाएका छन् । उक्त विषयमा छलफल गर्न हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी तथा श्रम संस्कृति […]

बालेनलाई जवाफ, रवीलाई सम्मान

-दिल्लीमा रवीलाई ‘रेड कार्पेट’ -सीमा विवादमा चिसोपन -सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य नहुने भारतको भनाई काठमाडौं। नेपाल–भारत सम्बन्धमा असहजताको संकेत बढिरहेका बेला नयाँ दिल्लीमा मंगलबार देखिएको दुई वटा दृश्यले काठमाडौंको राजनीति र कूटनीतिमा एकैसाथ तरंग पैदा गरेको छ। एकातिर भारतले सीमा विवादमा कुनै पनि तेस्रो पक्ष स्वीकार्य नहुने भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावलाई सार्वजनिक रूपमै […]

नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य छैन : भारत

नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबीचको सीमांकनको कार्य करिव ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । प्रवक्ता जयसवालकाअनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका […]

आईपीएलमा नेपाली खेलाडी र रंगशालालाई जोड्न सकिने लामिछानेको धारणा

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतमा सञ्चालन हुने इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली खेलाडीका साथै नेपाली रंगशालालाई समेत जोड्न सकिने प्रस्ताव अघि सारेका छन् । भारतको प्रतिष्ठित दैनिक पत्रिका ‘हिन्दुस्तान टाइम्स’ मा प्रकाशित आफ्‌नो एक लेखमार्फत सभापति लामिछानेले नेपाल र भारतबीचको परम्परागत राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई […]

विपक्षीको अवरोधपछि संसद बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनमा जारी अवरोधका कारण बैठक आगामी जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको विरोधका कारण करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। तर सदनको अवरोध कायम रहेपछि बैठक सञ्चालन हुन […]

रास्वपा निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनीत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन विभाग प्रमुख पदमा भुवन केसीलाई मनोनीत गरेको छ। आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार केसीलाई केन्द्रीय निर्वाचन आयोग प्रमुखमा मनोनीत गरिएको हो। रास्वपाले असारमा प्रथम महाधिवेशन गर्दैछ।

Browse by publisher

38