Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

कांग्रेस बाराका सभापति यादव निलम्बित, उपसभापति राउतलाई सफाइ

काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। पार्टीको आधिकारिक उम्मेदवारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा हराउन भूमिका खेलेको आरोपमा परेको उजुरीमाथि अनुसन्धान भइरहेका बेला उनलाई निलम्बन गरिएको हो। पार्टीको केन्द्रीय अनुशासन समितिले यादवसँग पहिलो पटक २०८३ वैशाख ३० गते पाँच दिनभित्र स्पष्टिकरण माग गरेको थियो। तोकिएको समयभित्र जवाफ नआएपछि जेठ […]

Earlier today

2

जातीय विभेद अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक : आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस केवल औपचारिक उत्सवमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको अवसर बन्नुपर्ने बताएका छन्। दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान र कानुनले समान अधिकार सुनिश्चित गरे पनि समाजमा जातीय विभेद तथा छुवाछूतका घटना अझै देखिनु दुःखद रहेको उल्लेख […]

कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने पार्टीले जनाएको छ। समितिका संयोजक तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी अनुशासनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Yesterday

1

लुम्बिनीमा राजनीतिक तरंगः एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीले लिखित रूपमा राजीनामा बुझाएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, वन तथा वातावरणमन्त्री दिनेश पन्थी, आन्तरिक मामिला तथा कानुनमन्त्री खेम सारु मगर तथा कृषि, भूमि व्यवस्था […]

Older

3

सीमा मिचेको भनाइप्रति चार दलको आपत्ति

हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर मकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलहरुले गम्भीर चासो र आपत्ति जनाएका छन् । उक्त विषयमा छलफल गर्न हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी तथा श्रम संस्कृति […]

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न दिँदैनौ : कांग्रेस

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता वा माफी नआएसम्म संसद बैठक अघि बढ्न नदिने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएकाले स्वीकार्य हुन नसक्ने बताए । उनका अनुसार प्रधानमन्त्रीले संसदमा दिएको […]

सभामुख र विपक्षीबीच दूरी बढ्दै, संसदमा टकराब थप चर्कियो

काठमाडौं । प्रतिनिधिसभामा देखिएको बढ्दो राजनीतिक टकराबका बीच सभामुख डोलप्रसाद अर्याल र विपक्षी दलहरूबीचको सम्बन्ध थप चिसिँदै गएको छ । संसद् सञ्चालन, नियमावली पारित प्रक्रिया र प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षीबीचको विवाद उत्कर्षमा पुगेको बेला सभामुख र विपक्षी दलहरूबीच पनि मतभेद सतहमा आएको हो । प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई लिएर विपक्षी दलहरूले […]

Browse by publisher

38