Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6 Maylast: 3d ago

पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश

Sudan Kirati Joins Harka Sampang's Shram Sanskriti Party as Senior Leader

पूर्वमन्त्री सुदन किराती काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। दुई पक्षबीच भएको सहमति अनुसार किरातीले एकीकृत पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाएका छन् भने उनको समूहले एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य पाउनेछन्। पार्टी अध्यक्ष साम्पाङले किरातीलाई स्वागत गर्दै उनलाई कोशी प्रदेशको आगामी मुख्यमन्त्रीको रूपमा अघि सार्ने संकेत समेत गरेका छन्।

Former Minister Sudan Kirati has officially joined the Shram Sanskriti Party led by Harka Sampang during a ceremony in Kathmandu. Under the unification agreement, Kirati will serve as the party's Senior Leader, while his group will receive one vice-chair, one secretary, and 15 central committee seats. Party Chairman Harka Sampang welcomed Kirati and suggested he could be the party's future candidate for Chief Minister of Koshi Province.

Summary by Jayaman

11publishers
28headlines
Span: 3d 21hNE onlyUpdated 3d ago
Covered by
+3
Broke on K cha khabarNepal Press logoNepal Press

सुदन र कुलमानबीच सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती र कुलमान घिसिङबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको छ । वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय मुद्दामा एक भएर जाने विषयमा किराती र घिसिङबीच छलफल भएको हो । चाबहिलस्थित एक घरमा भएको छलफलमा जनताका समस्यामा एक भएर जाने विषयमा छलफल भएको स्रोतले बतायो । किराती र घिसिङ हर्क साम्पाङसँग सहकार्य […]

Coverage

27 more headlines since

    1. किरातीलाई काेशीकाे मुख्यमन्त्रीमा अघि सार्ने श्रम संस्कृति पार्टीको तयारी, हर्कले मागे राय

      काठमाडौँ । हालै श्रम संस्कृति पार्टी प्रवेश गरेका सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ । पूर्वमन्त्रीसमेत रहेका किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत राय मागेका

      Ratopati logoRatopatiPrivatestory28 publishers
    2. श्रम संस्कृतिबाट कोशीमा सुदलाई मुख्यमन्त्री बनाउन साम्पाङले मागे राय

      श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्री सुदन किरातीलाई बनाउने प्रस्ताव गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics28 publishers
    3. सुदन किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न हर्क साम्पाङले मागे सार्वजनिक राय

      काठमाडौँ- सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्नेबारे श्रम संस्कृति पार्टीले सार्वजनिक राय मागेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीमा सुदन किरातीको नाम प्रस्ताव गर्दै राय मागेका छन् । दुई दिनअघि औपचारिक रुपमा पार्टी प्रवेश गरेका किरातीलाई अध्यक्ष साम्पाङले आगामी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका छन्।

    4. श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय

      विराटनगर । श्रम संस्कृति पार्टीले कोशी प्रदेशको आगामी मुख्य मन्त्रीमा सुदन किरातीलाई अघि सार्ने तयारी गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीमा सुदन किरातीको नाम प्रस्ताव गर्दै राय मागेका छन् । दुई दिनअघि औपचारिक रुपमा पार्टी प्रवेश गरेका किरातीलाई अध्यक्ष साम्पाङले आगामी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका छन […]

    5. अर्काले मिलाइदिएको एकता : कतिन्जेल टिक्ला हर्क-सुदन सम्बन्ध?

      काठमाडौँ– लामो समयको छलफलपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का पूर्वनेता सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्। शुक्रबार सार्वजनिक गरिएको यो सहमतिलाई ‘वैकल्पिक शक्तिको एकता’ भनिए पनि हर्क साम्पाङ र सुदन किराँतीबीचको सम्बन्ध कतिन्जेल टिक्ला भन्ने प्रश्न भने सुरुमै उठ्न थालेको छ। हर्क-सुदन सम्बन्ध स्वाभाविक राजनीतिक निकटताभन्दा पनि बाह्य दबाब र मध्यस्थताको परिणामका रूपमा […]

    6. सुदन किराँती श्रम संस्कृतिमा प्रवेश

      काठमाडौँ- पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पार्टीको सदस्यता पत्र प्रदान गरेर किराँतीलाई पार्टी प्रवेश गराएका हुन्। श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि नेता किराँतीले परिवर्तनकारीहरु एकै ठाँउमा आउन जनताको जाहना र वर्तमानको जिम्मेवारीबोध गरेर आफू श्रम संस्कृतिमा आएको बताए। […]

    7. तस्बिरमा साम्पाङ-किराँती मिलन

      श्रम संस्कृति पार्टीमा अध्यक्ष हर्क साम्पाङले सुदन किराँतीसहित उनको पक्षबाट आएका सबैलाई स्वागत गरेका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatephoto-feature28 publishers
    8. नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

      काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । अहिलेलाई वरिष्ठ नेता पद लिएका उनले आगामी प्रदेश सभा निर्वाचनबाट कोशीको मुख्यमन्त्री हुने योजनासहित हर्कको पार्टीमा प्रवेश गरेका हुन् । लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच शुक्रबार सहमति भएको […]

    9. हर्कको पार्टी प्रवेश गर्दै सुदनले भने : जनताको आदेशलाई मानेका हौँ

      काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँतीले श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् । शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनले श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् । किराँतीलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives28 publishers
    10. अन्ततः श्रम संस्कृति पार्टीमा समाहित भए किराती

      काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाहिरिएका सुदन किराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्। किरातीलाई शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अंकमाल गरेर पार्टीमा स्वागत गरेका हुन् । उनी अब

      Ajako Artha logoAjako ArthaPrivatestory28 publishers
    11. माटो रोज्दै सुदन किराँतीले भने- अबको राजनीतिक अभियानको इपिसेन्टर पूर्वी नेपाल बन्छ

      पूर्वमन्त्री सुदन किराँतीले श्रम संस्कृति पार्टीमा देशभरका नागरिकलाई सहभागी हुन आह्वान गरेका छन्।

    12. पूर्वमन्त्री सुदन किराँतीलाई हर्क साम्पाङले श्रम संस्कृति पार्टीमा भित्र्याए

      पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics28 publishers
    13. हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भए सुदन किराती

      काठमाडौँ । पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो । बिहीबार राजधानी भएको दुईपक्षीय वार्तामा किरातीसहित उनी

      Ratopati logoRatopatiPrivatestory28 publishers
    14. पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

      काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्। वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ। किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् । […] The post पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    15. सुदन किराँतीलाई हर्क साम्पाङले श्रम संस्कृति पार्टीमा भित्र्याए

      पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्।

    16. सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

      काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् । किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् । किराती सहित

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives28 publishers
    17. सुदनलाई वरिष्ठ नेतासहित दुई पदाधिकारी र १५ केन्द्रीय सदस्य दिन हर्क तयार

      हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहबीच पार्टी एकताको विस्तृत खाकासहित सहमति जुटेको छ । गएराति दुई पक्षबीच भएको सघन वार्तापछि शक्ति बाँडफाँट र संगठनात्मक स्वरूपमा कुरा मिलेको हो ।सुदन किरातीका सहयोगी राजन समीपका अनुसार एकीकृत पार्टीमा किराती समूहले ‘वरिष्ठ नेता’सहित थप दुई पदाधिकारी पाउने छ । सहमतिअनुसार किरातीले वरिष्ठ नेताको भूमिका पाउनेछन् भने उनको समूहबाट एक जना उपाध्यक्ष र एक जना सचिव चयन गरिनेछ ।त्यसैगरी, एकीकृत पार्टीको के

      Lokaantar logoLokaantarPrivatestory28 publishers
    18. दोस्रो वरीयतासहित श्रम संस्कृतिमा भित्रिँदै सुदन

      काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा भित्रिँदै छन् । एकताको औपचारिक घोषणा आज दिउँसो हुँदैछ । स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । गयराति

      Global Aawaj logoGlobal AawajPrivatearchives28 publishers
    19. दोस्रो वरीयतासहित श्रम संस्कृतिमा भित्रिँदै सुदन, यस्तो छ पद बाँडफाँटको सहमति

      पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा भित्रिँदै छन् । एकताको औपचारिक घोषणा आज दिउँसो हुँदैछ ।

    20. हर्क साम्पाङ र सुदन किराती समूहबीच एकता, आज घोषणा हुँदै

      हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहबीच पार्टी एकताको सहमति भएको छ ।गएराति भएको दुई पक्षीय वार्तापछि एकतामा सहमति जुटेको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताको भूमिका दिने समझदारी बनेको छ ।सहमतिअनुसार आजै राजधानीमा कार्यक्रम आयोजना गरेर एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।पूर्वमाओवादी नेता किरातीले हालै प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका थिए । चुनावमा किरातीले श्रम संस्कृतिलाई सघाएका थिए ।

      Lokaantar logoLokaantarPrivatestory28 publishers
    21. पार्टी फेरिरहने सुदन किराती श्रम संस्कृतिमा जोडिए, के जिम्मेवारी पाए?

      काठमाडौँ- तत्काली नेकपा माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष मण्डल सदस्य भएका पूर्व पर्यटनमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जोडिएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र किरातीबीच एकता सहमति बिहीबार राति ललितपुरमा भएको थियो। उनले वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन्। श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव […]

    22. श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति

      काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकताको सहमति भएको छ । गएराति भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै

      Ratopati logoRatopatiPrivatestory28 publishers
    23. हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति: श्रम संस्कृति पार्टीमा सुदन ‘वरिष्ठ नेता’ बन्ने

      काठमाडौँ। नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा एक नयाँ ध्रुवीकरण देखिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री एवं चर्चित नेता सुदन किरातीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ। लामो समयदेखि विभिन्न चरणमा भइरहेको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives28 publishers
    24. सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता

      २५ वैशाख, काठमाडौं । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच यस सम्बन्धी […]

    25. हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

      काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ । उनीहरुबीच सुदन किरातीलाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति भएको बुझिएको छ । एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सुदनका सहयोगी हेमन्त किरातीले जानकारी दिए ।

    26. श्रम संस्कृति पार्टीमा लागे सुदन किराती, आज औपचारिक घोषणा

      २५ वैशाख, काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ । यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ । किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग […]

    27. अन्तत: सुदन र हर्क मिले, भोलि औपचारिक घोषणा हुने

      काठमाडौं । पूर्वमन्त्री सुदन किराती र हर्क साम्पाङबीच एकता हुने भएको छ । भोलि दिउँसो ३ बजे औपचारिक घोषणा गरिने स्रोतले बतायो । ‘सैद्धान्तिक सहमति भइसकेको र बाँकी कुरा दुवै पक्षको वार्ता टोलीले मिलाउने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सुदन किरातीलाई वरिष्ठ नेताको पद दिएर एकता प्रक्रियालाई टुंगोमा पुर्याउने सल्लाह भएको छ ।’ विस्तृतमा भोलि […]

Sudan Kirati Joins Harka Sampang's Shram Sanskriti Party as Senior Leader · K cha khabar