Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 26 Maylast: 5h ago

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले ल्याएको यो पहिलो बजेट हो। मन्त्रिपरिषद्बाट स्वीकृत भएको यस बजेटले सुशासन, आर्थिक पुनरुत्थान र निजी क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ।

Summary by Jayaman

15publishers
109headlines
3in last 24h
Span: 6d 23hNE onlyUpdated 5h ago
Covered by
+7
Broke on K cha khabarKhabarhub logoKhabarhub

बजेट लेखन अन्तिम चरणमा

काठमाडौं– सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन् । यही जेठ १५ […]

Coverage

108 more headlines since

first · 26 Maylatest · 5h ago
  1. 3–12 hours ago
    1. नेपाल हस्तकला महासंघले भन्यो : बजेटका सकारात्मक पक्ष अधिक छन्

      १९ जेठ, काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई स्वागत गरेको छ । संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कर प्रणालीमा सरलीकरण, एआई तथा डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकता दिइएको भन्दै महासंघले स्वागत गरेको छ । बजेटले स्वदेशी […]

  2. Earlier today
    1. प्रतिनिधिसभामा आज बजेटमाथि छलफल हुने

      काठमाडौँ- प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक […]

    2. प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची

      छलफलको सुरुवात गर्दै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics109 publishers
  3. Yesterday
    1. बजेटमा पर्यटन : नवीनतम अवधारणा खोजीमा अमूर्त घोषणाको चाङ

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा घोषणा गरेको बजेटमा पूर्वतयारी विनाका धेरै घोषणा समावेश गरिएको छ । जसलाई आकर्षक कार्यक्रमको लेप लगाइएको छ ।

    2. बजेटप्रति सेयर लगानीकर्ता निराश, तीन समूहगत सूचकमा उच्च प्रभाव

      १८ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएपछि खुलेको पहिलो दिनको सेयर बजारले नकारात्मक प्रतिक्रिया जनाएको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटमा सेयर बजारका केही विषय पनि चलाइएको थियो । बजेटमा गरिएका नयाँ व्यवस्थाप्रति लगानीकर्ताले असन्तुष्ट जनाएका छन्, जसको प्रतिक्रिया सोमबारको नेप्से परिसूचकमा देखियो । बजेटले पूँजीगत लाभकर साढे […]

    3. प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

      काठमाडौँ, जेठ १८ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आ.व. २०८३/०८४ को...

    4. समयमै सुरु भएन प्रतिनिधिसभा बैठक

      १८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नमा विलम्ब भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक समयमै सुरु हुन नसकेको हो । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आज नै आर्थिक वर्ष […]

    5. ऊर्जा पूर्वाधार र मध्यम वर्ग केन्द्रित बजेट : अर्थमन्त्रीे

      काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, मध्यम वर्गको विस्तार तथा आर्थिक गतिविधि बढाउने लक्ष्यसहित ल्याइएको बताउनुभएको छ । बजेटसम्बन्धी पत्रकार भेटघाटमा उहाँले ऊर्जा उत्पादन र प्रसारण पूर्वाधार विस्तारका लागि ठूलो लगानी आवश्यक भएकाले विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरिएको स्पष्ट पार्नुभयो । नेपालले […]

    6. अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ

      काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भूकम्प र कोरोना महामारीका साथै अन्तर्राष्ट्रिय घटनाले मुलुकको अर्थतन्त्रमा परेको असरलाई अन्त्य गर्दै अर्थतन्त्रको बृहत् सुधार गर्ने गरी सरकारले पारदर्शी ढङ्गले बजेट बजेट ल्याएको बताएका […]

    7. ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको अर्थमन्त्रीको दाबी

      १८ जेठ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर नै जग बसाउने बजेट ल्याएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए । अहिलेको सरकार ५ वर्षको लागि भएकाले एउटा मात्रै […]

    8. ५ वर्षलाई सोचेर ल्याएको बजेट हो : अर्थमन्त्री

      काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले बजेट पछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको

      Ratopati logoRatopatiPrivatestory109 publishers
    9. १० लाखसम्मको आयकर छुट क्रान्तिकारी कदम, युवालाई स्वदेशमै रोक्ने बजेटको मुख्य लक्ष्य: अर्थमन्त्री वाग्ले

      काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘पोस्ट–बजेट’ छलफलमा बोल्दै उनले

      Ratopati logoRatopatiPrivatestory109 publishers
    10. शिक्षामा बजेट : निरन्तर प्राथमिकता, कार्यान्वयनमा सधैँ चुनौती

      फागुन २१ गते सम्पन्न निर्वाचनबाट दुईतिहाइ बहुमत प्राप्त सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटपछि शिक्षा र खेलकुद क्षेत्रमा गरिएको विनियोजन, नीति र प्राथमिकताबारे व्यापक बहस सुरु भएको छ। पूर्वअर्थमन्त्री विष्णु पौडेलको बजेटसँग तुलना गर्दा दुवै बजेटमा शिक्षालाई केन्द्रमा राखिए पनि कार्यान्वयन क्षमता, चालु खर्चको उच्च हिस्सा र पुँजीगत […]

    11. बजेटमाथि छलफल गर्न बस्दैछ प्रतिनिधिसभा बैठक

      काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारले ल्याएको बजेटमा छलफल हुनेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गरेका थिए। आज उनैले बजेटमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सबै दलका सांसदहरूले बजेटबारे छलफलमा भाग लिनेछन्।

    12. प्रतिनिधि सभामा आजबाट बजेटमाथि छलफल

      १८ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजबाट छलफल सुरु हुँदै छ । यही जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व […]

    13. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

      काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ […]

  4. Older
    1. आगामी आर्थिक वर्षको बजेटमाथि सोमबारदेखि प्रतिनिधिसभामा छलफल

      प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ।सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार, दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने तय भएको हो।बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित "आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्रीको प्रस्तावपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    2. प्रतिनिधिसभामा भोलिदेखि बजेटमाथि छलफल हुने

      काठमाडौँ । प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबार मङ्गलवार र बुधवार बजेटमाथि छलफल गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने समय तय गरेका छन्। अर्थमन्त्री

      Ratopati logoRatopatiPrivatestory109 publishers
    3. अर्थमन्त्रीको पत्रकार सम्मेलन : पत्रकारको लहरमा पूर्वमन्त्री र सांसदहरू, कोलाहलपछि हिँडे

      काठमाडौं । बजेट सार्वजनिक भएको एक दुई दिनमा अर्थ मन्त्रीले पत्रकार सम्मेलन आयोजना गर्ने परम्परा छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो परम्परामा भने कुनै क्रमभंग गर्न चाहेनन् । तर, आज भएको पत्रकार सम्मेलन भने अत्यन्तै अव्यवस्थित र कोलाहलपूर्ण रह्यो । अर्थ मन्त्रालयले बजेटबारे जानकारी दिन आज दिउँसो ३ बजे पत्रकारहरूलाई निमन्त्रणा गरेको थियो । […]

    4. बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत

      काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलको स्वागत गरेको […] The post बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    5. बजेट महत्त्वाकांक्षी होइन, जीडीपीको तुलनामा सानो हो : अर्थमन्त्री

      काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकांक्षी नभएको बताएका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताएका हुन्। ‘विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ’, […]

    6. बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले

      काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकाङ्क्षी नभएको बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताए । ‘विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, वाञ्छित सीमाभित्रै बजेट आएको […]

    7. अर्थमन्त्रीको पत्रकार सम्मेलन अस्तव्यस्त !

      काठमाडौं । बजेटबारे आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पत्रकार सम्मेलन अस्तव्यस्त देखिएको छ । मन्त्रालयमा पत्रकारसँगै रास्वपाका कार्याकर्ता पनि सहभागी छन् । गैरपत्रकारको उपस्थितिले कार्यक्रम नै बरालिएको छ । काभ्रेबाट आएको भन्दै एक व्यक्तिले यो सरकार बनाउने म पनि हो भने ! उपस्थित सञ्चारकर्मीले यो पत्रकार सम्मेलन हो कि कार्याकर्ताले पार्टीकै कार्याक्रममा प्रश्न सोध्ने भने […]

    8. विद्युत् र शिक्षाको करबारे अर्थमन्त्रीको स्पष्टीकरण- 'कसैलाई ठूलो भार पर्दैन, करमाथि कर लाग्दैन'

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका विषयमा स्पष्टीकरण दिएका छन् ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले न्यून वर्गलाई उठाउने गरी बजेट ल्याइएको स्पष्टीकरण दिएका हुन् ।अर्थमन्त्री वाग्लेले बजेटको कार्यान्वयन ठूलो परीक्षण रहेको बताए । निम्न आय भएकाहरूलाई पनि मध्यमवर्गमा उकास्ने बजेटको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । उनले सबैलाई करको दायरामा ल्याउँदै सबैलाई प्रोत्साहन दिनेगरी बजेट ल्याइएको बताए

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    9. २१ खर्बको बजेट खर्च गर्ने क्षमता सरकारसँग छ : अर्थमन्त्री वाग्ले

      काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि सरकारले असाधारण तयारी गरेको दाबी गर्दै बजेटको प्रभावकारितामाथि तत्काल शंका नगर्न आग्रह गरेका छन्। बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रालयमा आयोजित पत्रकार

      Ajako Artha logoAjako ArthaPrivatestory109 publishers
    10. आगामी आवको बजेट महत्वकांक्षी नभएको अर्थमन्त्रीको दाबी

      काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आवको बजेट महत्वकांक्षी नभएको दाबी गरेका छन् । आर्थिक वर्ष २०८३र८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै

      Global Aawaj logoGlobal AawajPrivatearchives109 publishers
    11. आगामी आवको बजेट महत्वकांक्षी नभएको अर्थमन्त्रीको दाबी

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट महत्वकांक्षी नभएको दाबी गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

    12. बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै आएको हो : अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको आकार ठूलो नभएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आइतबार सिंहदरबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले जीडीपीको सापेक्षतामा बजेट सानै आएको बताएका हुन् ।‘४० वर्षदेखि सदाबहार बजेट त आयो, कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने सुनिँदै आएको छ । बजेट ठूलो आयो भन्ने हल्ला सही होइन । बजेट सानै आएको हो । राज्यको क्षमता अनुकूल हुने आकारको बजेट हो । जीडीपीको सापेक्षतामा बजेट सानै आएको हो,’ उनले

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    13. अर्थमन्त्री डा. वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दै

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दैछन् । अर्थमन्त्री डा. वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा थप जानकारी दिन आज अपराहन्न ३ बजे पत्रकार सम्मेलन गर्न

      Global Aawaj logoGlobal AawajPrivatearchives109 publishers
    14. अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

      काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४ को बजेट सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम हुने जनाएको छ । अर्थमन्त्री वाग्लेले गत शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि २१ खर्ब, २४ अर्ब, ३४ करोड रुपैयाँ बराबरको बजेट […]

    15. बजेटबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री

      काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् । आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए

      Ratopati logoRatopatiPrivatestory109 publishers
    16. आजका समाचार : अर्थ मन्त्रालयको साइटबाट विधेयक बेपत्ता, एमाले केन्द्रीय सदस्यको कार्यविभाजन र इजरायलद्वारा लेबनानमा नयाँ आदेश जारी

      अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयकआर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ । अर्थमन्त्री ड। स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेसँगै अपलोड गरिएको भएपनि शनिबार एकाएक उक्त विधेयक मन्त्रालयको वेबसाइटबाट हराएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि लिएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस सुरु भएको छ । […]

    17. अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

      काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ । अर्थमन्त्री ड. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेसँगै अपलोड गरिएको भएपनि शनिबार एकाएक उक्त विधेयक मन्त्रालयको वेबसाइटबाट हराएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि लिएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस सुरु भएको छ । खासगरी विद्युतीय सवारी साधनको […]

    18. बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

      अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका कार्यक्रम समावेश छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics109 publishers
    19. बजेटले अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

      सचिन पोख्रेलइटहरी, जेठ १६ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसद्मा शुव्रmबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति कोशी...

    20. बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

      काठमाडौं- सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३÷८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका

      Ajako Artha logoAjako ArthaPrivatestory109 publishers
    21. बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

      गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् । निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन […]

    22. व्यावसायिक क्षेत्र आशावादी

      प्रकाशविक्रम शाह/गोकर्ण दयालधनगढी, जेठ १६ गते । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुई वटै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक व...

    23. बजेट’bout दलका प्रतिक्रियाः ‘ऋण लिएर घिउ खाएजस्तो’

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गरेपछि राजनीतिक दलका नेताले मिश्रित प्रतिक्रिया जनाएका छन् । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उत्साहित र खुसी व्यक्त गर्दैगर्दा विपक्षी दलका नेताले भने ‘अत्यन्तै महत्वाकांक्षी एवं अस्वभाविक भएको’ टिप्पणी गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा […] The post बजेट’bout दलका प्रतिक्रियाः ‘ऋण लिएर घिउ खाएजस्तो’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    24. बजेटप्रति मिश्रित प्रतिक्रिया, व्यावसायिक क्षेत्र उत्साहित

      प्रकाशविक्रम शाह धनगढी, जेठ १६ गते । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८...

    25. बजेटमा नयाँ महत्वाकांक्षा, तर ढर्रा पुरानै

      काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमुखी अर्थतन्त्र र निजी क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार प्रस्तुत गरेका छन् । जेनजी आन्दोलनबाट नयाँ जनमत ल्याएर आएको सरकारले ल्याउने बजेट रूपान्तरणकारी हुने आम

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers
    26. राष्ट्रिय सुरक्षा नीति परिमार्जन गरिने

      काठमाडौँ, जेठ १६ गते । सरकारले राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकूल परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेल...

    27. परम्परागत शैलीमै आयो बजेटमा नारै नारा

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अघिल्ला बजेटहरू जस्तै महत्त्वाकाङ्क्षी नाराहरू समेटिएका छन् । अघिल्ला आवहरूमा नाराहरू धेरै भए पनि कार्यान्वयन नहुँदा आलोचना हुँदै आएको थियो ।

      Ratopati logoRatopatiPrivatestory109 publishers
    28. बजेटमा समेटियो रास्वपाको वाचापत्र र शासकीय सुधारको मार्गचित्र

      अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संसद्मा प्रस्तुत गरेको बजेटमा रास्वपाको वाचापत्र, सरकारको शासकीय सुधारका कार्य र नीति तथा कार्यक्रममा विषयवस्तु समेटिएका छन् ।

    29. बालेन सरकारको बजेटमा युवालाई यस्तो प्राथमिकता

      काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत युवालाई लक्षित गर्दै खेल पूर्वाधार विस्तारदेखि सीप विकास र उद्यमशीलता प्रवर्द्धनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै युवा विकासलाई आर्थिक रूपान्तरणको आधारका रूपमा अघि बढाइने बताएका हुन्। बजेटअनुसार आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका […]

    30. बजेटमा महिला : ‘ब्लु बस’ देखि सुत्केरीको उद्धारसम्म, स्वास्थ्यकर्मीको भत्ता पनि दोब्बर

      काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले महिलाको आर्थिक सशक्तीकरणदेखि स्वास्थ्य सुरक्षासम्म केन्द्रित योजनाहरू अघि सारेका हुन्। सरकारले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने घोषणा […]

    31. कर छुटदेखि तलब वृद्धिसम्म : २१ खर्बको बजेटबारे के भन्छन् विपक्षी दल

      काठमाडौँ- संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर छुट, कर्मचारी तलब वृद्धि र निजी क्षेत्र प्रोत्साहनलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन्। उनले उद्यमव्यवसायलाई राहत र मध्यमवर्ग विस्तारमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यसहित कर प्रणालीमा व्यापक पुनरवलोकन गरिएको दाबी गरे। बजेट प्रस्तुतिको सुरुमै अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयकरको […]

    32. प्रतिनिधि सभामा बजेट टेबुल

      प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । यस्तै, अर्थमन्त्री डा वाग्लेले आजै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । यस्तै, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको यही जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी समयसीमा तोकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १७ गते बस्नेछ ।

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    33. बजेट : कर संरचनामा आमूल सुधार, नयाँ कार्यक्रम के छन् ?

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेट आज प्रस्तुत गरेका छन् । नयाँ बजेटको ढाँचा र प्रस्तुति परम्परागतभन्दा भिन्न छ भने आकारको हिसाबले महत्वाकांक्षी छ ।

    34. बजेटबारे निजी क्षेत्रको प्रतिक्रिया- लगानी र उद्योगमैत्री बजेट आयो, उत्साहित छौँ

      सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेको छ । शुक्रवार संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले सबैलाई सम्बोधन गर्ने खालको बजेट आएको प्रतिक्रिया दिएको छ ।

    35. प्रतिनिधिसभामा बजेटको प्रति टेबुल

      काठमाडौँ, जेठ १५ गते । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुभएको छ । यस्तै, अ...

    36. प्रतिनिधिसभामा बजेटको प्रति टेबुल

      काठमाडौं– प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । यस्तै, अर्थमन्त्री डा वाग्लेले आजै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । यस्तै, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको यही जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी समयसीमा […]

    37. रविले पाँच महिनाअघि नै स्वर्णिमलाई भनेका थिए : बजेट लेख्न थाल्नुस्

      काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका डा. वाग्लेले ल्याएको बजेटबारे विभिन्न तह र क्षेत्रबाट विभिन्न प्रतिक्रियाहरु आउने क्रम जारी छ । यसअघि गत पुष महिनामा नै रास्वपाका सभापति रवि लामिछानेले वाग्लेलाई बजेट लेख्न सुरु […]

    38. अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न वाणिज्य बैंकहरूलाई बाटो खुला

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बैंकिङ, बिमा, धितोपत्र तथा सहकारी क्षेत्रमा महत्त्वपूर्ण नीतिगत सुधार र नयाँ व्यवस्थाहरूको घोषणा गरेका छन्। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै

      Ratopati logoRatopatiPrivatestory109 publishers
    39. बजेट कार्यान्वयनमार्फत सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

      सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै सुधार र रुपान्तरणका प्रभावस्वरुप आगामी आर्थिक वर्षमा सात प्रतिशतबराबरको आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धिदर छ प्रतिशतभित्र सीमित रहने विश्वास व्यक्त गरे।

      Thaha Khabar logoThaha KhabarPrivatedetail109 publishers
    40. प्रतिनिधि सभाको बैठक आइतबार बस्ने

      ठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको आय व्यय विवरण पेस गरेपछि बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी प्रतिवेदन पेस

      Ratopati logoRatopatiPrivatestory109 publishers
    41. प्रतिनिधि सभामा ३ दिनसम्म बजेटमाथि छलफल हुने

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको बजेटमाथि प्रतिनिधि सभामा ३ दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसमाथि

      Ratopati logoRatopatiPrivatestory109 publishers
    42. बालेन सरकारको बजेटमा निजी क्षेत्रको प्रतिक्रिया सकारात्मक

      काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको एकल सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । डा. वाग्लेले करका दरमा हेरफेरदेखि विगतका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै २१ खर्ब बढी बजेट प्रस्तुत गरेका छन् । सरकारले ल्याएको बजेटमा भने निजी क्षेत्रले प्रारम्भिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको छ । नेपाल […]

    43. बजेट वक्तव्यको तीन ठाउँमा ‘जेनजी आन्दोलन’को चर्चा, के भनिएको छ ?

      काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष (२०८३÷०८४)को बजेट शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेका हुन् । बजेट वक्तव्यमा तीन स्थानमा ‘जेनजी

      Ratopati logoRatopatiPrivatestory109 publishers
    44. आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य

      संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मूल्यवृद्धिदरलाई ६ प्रतिशतभन्दा तल कायम राख्ने लक्ष्यसमेत लिइएको जानकारी दिए ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy109 publishers
    45. बजेट २०८३/८४ः यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

      काठमाडौँ। सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा वाग्लेले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers
    46. बजेट २०८३/८४ : यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

      काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम

      Ratopati logoRatopatiPrivatestory109 publishers
    47. बजेट २०८३/८४ : यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

      काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुतिको शैलीमा परिवर्तन गरेका छन् । उनले यो बजेटलाई नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भनेका छन् । हालसम्मका […]

    48. यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

      काठमाडौँ, जेठ १५ गते । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को...

    49. बजेट भाषण सम्पन्न, दुवै सदनको बैठक स्थगित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेसँगै आजको बैठक स्थगित भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs109 publishers
    50. बजेट भाषणको बीचमै बाहिरिए हर्क, भन्छन्- ‘प्रधानमन्त्रीले नै सुनून् बजेट भाषण’

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकबाट बाहिरिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics109 publishers
    51. आगामी आवको बजेट सुशासनको मानक बन्नेछ : अर्थमन्त्री

      काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प...

    52. आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री

      काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताएका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया

      Ratopati logoRatopatiPrivatestory109 publishers
    53. आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री

      काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प...

    54. सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

      काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्न सुरु गरेका हुन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो ।

    55. संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट वक्तव्य सुरु

      काठमाडौं–अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३र८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्न सुरु गरेका हुन् । यसअघि प्रधानमन्त्री

      Ajako Artha logoAjako ArthaPrivatestory109 publishers
    56. सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट वक्तव्य सुरु

      काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३-८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers
    57. संसद्मा बजेट भाषण शुरू [LIVE]

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट भाषण शुरू गरेका छन् ।सिंहदरबारस्थित संसद् भवनमा बसेको संघीय संसद्को संयुक्त सदनको बैठकमा अर्थमन्त्री वाग्लेले बजेट पढ्न शुरू गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको यो पहिलो बजेट हो ।हेर्नुहोस् भिडियो :

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    58. बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्रीले भने– राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त

      १५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । ‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ उनले भने । साथै, अधिकांश समष्टिगत आर्थिक […]

    59. यस वर्ष पनि फेरियो बजेट बोक्ने तरिका

      काठमाडौं– सरकारले केही समयमै संघीय र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्ताव गर्दै छ । शुक्रबार दिउँसो ४ बजेबाट सुरु हुने भनिएको बजेट प्रस्तावका लागि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् भवन पुगेर बजेट भाषण सुरु गरेका छन् । सो क्रममा यस वर्ष पनि अर्थमन्त्रीले नयाँ तरिका अपनाएका छन् । विगतमा कालो […]

    60. संसदमा बजेट भाषण शुरु

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु गरेका छन् । अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्न शुरु गरेका हुन् ।

      Global Aawaj logoGlobal AawajPrivatearchives109 publishers
    61. बजेट भाषणमा प्रधानमन्त्री बालेन पनि उपस्थित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics109 publishers
    62. बजेटसहित अर्थमन्त्री वाग्ले संघीय संसद् भवनमा

      काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट बोकेर संघीय संसद् भवनमा पुग्नुभएको छ ।

    63. आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत हुँदै (लाइभ)

      काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् । सिंहदरबारस्थित संसद भवनमा अर्थमन्त्री डा. वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । दुई तिहाई नजिक बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको मजबुत सरकारले पहिलो पटक बजेट प्रस्तुत गरेको हो ।

    64. संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै (Live)

      प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन्।...

      Nagarik News logoNagarik NewsPrivateeconomy109 publishers
    65. बजेट भाषण सुन्‍न प्रधानमन्त्री वालेन्द्र संसद् जाँदै

      काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अपराह्न आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण गर्दैछन् । बजेट भाषणको दिन प्रधानमन्त्री वालेन्द्र शाह संसद्को संयुक्त बैठकमा उपस्थित हुने भएका छन्। तर उनले बोल्ने कार्यक्रम भने छैन। प्रधानमन्त्रीका एकजना सहयोगीका अनुसार अहिले बालेन सदन जाने तयारी गरिरहेका छन्। ‘प्रधानमन्त्रीज्यू कार्यालयबाट सदन जाने तरखरमा हुनुहुन्छ। आज उहाँ सदनमा […]

    66. संघीय संसद्‍को संयुक्त बैठकमा बजेट भाषण (प्रत्यक्ष प्रसारण)

      काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबारको मन्त्रिपरिषद्बाट पारित भएको बजेट सदनको संयुक्त बैठकमा...

    67. बजेट भाषण सुन्न प्रधानमन्त्री सदन जाँदै

      काठमाडौं- अर्थमन्त्री डा. स्वर्णम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दैछन् । बजेट भाषणका बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित हुने भएका छन् । तर उनले बोल्ने कार्यक्रम भने छैन । प्रधानमन्त्रीका सचिवालय सदस्यले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री बालेन सदन पुग्नका लागि तयारी गरिरहेका छन् । ‘प्रधानमन्त्री कार्यालयबाट सदन जाने तरखरमा प्रधानमन्त्रीज्यू […]

    68. मन्त्रिपरिषद्बाट पारित भयो बजेट

      सरकारले मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय-व्ययको अनुमान (बजेट) पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो पहिलो ल्याउन लागेको हो । हरेक वर्ष ज

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    69. मन्त्रिपरिषद् बैठकबाट पारित भयो बजेट

      १५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए । उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. वाग्लेले […]

    70. LIVE : के छ बालेन सरकारको बजेटमा ?

      संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गर्नेछन् ।

    71. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हातमा बजेट

      काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयार पारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट तयार पारेर सार्वजनिक गर्नुभएको हो । दिउँसो ४ बजे अर्थमन्त्री...

    72. बजेट भाषण : स्वास्थ्य क्षेत्रका यी लोकप्रिय कार्यक्रमले पाउलान् निरन्तरता ?

      काठमाडौं– करिब दुईतिहाइ बहुमतसहित बनेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा आमनागरिक र सरोकारवालामा कौतुहलता र चासो बढेको छ । विशेषगरी आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको र सबैभन्दा संवेदनशील मानिने […]

    73. नेपालको इतिहासकै पहिलो बजेटमा के थियो ?

      काठमाडौं– आर्थिक वर्ष २०८३/२०८४ को बजेट शुक्रबार दिउँसो ४ बजे प्रस्तुत हुँदैछ । संघीय तथा राष्ट्रिय सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । पुराना दललाई पाखा लगाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले बजेट प्रस्तुत गर्दै गर्दा नेपालमा बजेटको इतिहास पनि बुझ्नु पर्ने हुन्छ । नेपालमा बजेटको इतिहास पनि […]

    74. बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

      काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो साढे २ बजे बस्ने बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्ने बजेटलाई अन्तिम स्वीकृति दिनेछ । क्याविनेटबाट बजेट पारित भएपछि आजै संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गरिने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको […]

    75. बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

      काठमाडौँ। नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्न लागेका हुन्। संघीय संसद् सचिवालयका अनुसार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers
    76. बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

      बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार दिउँसो २:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्नेछ ।मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय-व्ययको अनुमान (बजेट) पारित गरिनेछ ।त्यसपछि अर्थमन्त्री डा. वाग्लेले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    77. आज बजेट सार्वजनिक हुँदै, पाँच वर्षे सुधार योजनाको ‘रोडम्याप’ ल्याउने तयारी

      काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा हुने

      Ajako Artha logoAjako ArthaPrivatestory109 publishers
    78. महत्त्वाकांक्षी लक्ष्यसहित रास्वपा सरकारकाे पहिलाे बजेट आज आउँदै

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् ।

    79. सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

      काठमाडौँ । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट

      Ratopati logoRatopatiPrivatestory109 publishers
    80. सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

      काठमाडौं- सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको

      Ajako Artha logoAjako ArthaPrivatestory109 publishers
    81. बजेटका ती विवादित दृश्य : कसैको ब्रिफकेस खोसियो, कसैको पत्रिकामै छापियो

      काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज आउँदैछ । साँझ ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले ल्याउन लागेको यो पहिलो बजेट हो

      Ratopati logoRatopatiPrivatestory109 publishers
    82. बजेटमा रोजगारी, निजी क्षेत्र र पुँजीगत खर्च विस्तारलाई प्राथमिकता

      काठमाडौँ- सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो। अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा […]

    83. झण्डै दुई तिहाइ सरकारको पहिलो बजेट आज

      करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले आर्थिक वर्षको आफ्नो पहिलो आज ल्याउँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त आज वर्षको बजेट प्रस्तुत गर्दै छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ । बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनि

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    84. आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

      काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३\०८४ को बजेट प्रस्तुत गर्ने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आर्थमन्त्री वाग्लेले पहिलो बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना […]

    85. बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको पहिलो बजेट प्रस्तुत गर्दैछन्।

      Setopati logoSetopatiPrivatekinmel109 publishers
    86. आज आउँदै नयाँ बजेट : कुन क्षेत्र पर्छ प्राथमिकतामा ?

      काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (शुक्रवार) बजेट प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers
    87. आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदै

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो

      Ratopati logoRatopatiPrivatestory109 publishers
    88. संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै

      १५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् । झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो छ […]

    89. शुक्रबार बजेट

      काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्दैछ। निर्वाचनका क्रममा रास्वपाले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा […]

      Himal Press logoHimal PressPrivatebudget-on-friday109 publishers
    90. शुक्रबार आगामी आवको बजेट आउँदै

      काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्दैछ । निर्वाचनका क्रममा सो पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० […] The post शुक्रबार आगामी आवको बजेट आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    91. बिहानदेखि मध्यरातसम्म बजेट लेखनमै व्यस्त हुन्छन् अर्थमन्त्री वाग्ले

      सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन् । यही जेठ १५ गते गणतन्त्र दिवसको दिन संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नेछन् । नय

      Lokaantar logoLokaantarPrivatestory109 publishers
    92. बजेट लेखन अन्तिम चरणमा

      काठमाडौँ– सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन्। जेठ १५ गते गणतन्त्र दिवसको […]

Finance Minister Swarnim Wagle Presents Budget for Fiscal Year 2083/84 · K cha khabar