
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
फूलपाती नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो। आज विशेषगरी घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याउने चलन छ। फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ। स्थान र परम्पराअनुसार शास्त्रमा नौ प्रकारका फूलपातीको उल्लेख गरिएको



