Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

विधि विज्ञान प्रयोगशाला विषयमा विज्ञसहित दफावार छलफल गर्ने समितिको निर्णय

काठमाडौँ- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विषयमा छलफल भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमेत उपस्थित उक्त बैठकमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनबारे समिति सदस्यहरूले आआफ्नो धारणा राखेका समिति सभापति डा.ओजस्वी शेरचनले जानकारी दिइन्। प्रारम्भिक छलफलपछि उक्त विषयलाई थप विस्तृत रूपमा अगाडि बढाउने […]

Earlier today

3

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता : शिक्षामन्त्री पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको जनाएका छन्। बिहीबार सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा उक्त रकम फिर्ता भएको बताए। उनका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा छन्। अध्ययन बिदा भनेको विश्वविद्यालयलाई राम्रो […]

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आचारसंहिता : स्वार्थ बाझिए बैठकमा भाग लिन नपाइने

काठमाडौँ- नेपालको संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सभापति तथा सदस्यहरूका लागि नयाँ आचारसंहिता जारी गरेको छ। यो आचारसंहिता नेपालको संविधान र प्रतिनिधिसभा नियमावलीको भावना अनुरूप तयार गरिएको हो। समितिको कामलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन १० बुँदे आचरणका मापदण्डहरू निर्धारण गरिएका छन्। यसमध्ये हितको द्वन्द्वसम्बन्धी व्यवस्थालाई विशेष महत्त्व दिइएको छ। हितको द्वन्द्व […]

शिक्षा, स्वास्थ्यदेखि खेलकुदसम्मका क्षेत्रमा अध्ययन गर्न पाँच उपसमिति गठन

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारको बैठकबाट आन्तरिक कार्यविधि र सदस्यहरूको आचारसंहिता पारित गर्नुका साथै एक परामर्श उपसमिति र पाँच विषयगत अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ। बैठकले समितिको कार्ययोजना बनाउन, विषयहरू प्राथमिकता दिन र आवश्यक समन्वय गर्न सभापति डा.ओजस्वी शेरचनको अध्यक्षतामा सबै दलको प्रतिनिधित्व हुने गरी एउटा परामर्श उपसमिति गठन […]

Yesterday

2

अध्ययन बिदा दुरुपयोग गरेका ४१ प्राध्यापकबाट दश करोडभन्दा बढी असुल

काठमाडौँ– अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट १० करोड ४६ लाख ५६ […]

शिक्षा समितिद्वारा ६ उपसमिति गठन, कार्यविधि र आचारसंहिता पनि पारित

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नो कार्यसम्पादनलाई प्रभावकारी बनाउन ६ वटा विषयगत उपसमिति गठन गरेको छ। समितिले उपसमितिहरूको कार्यविधि र आचारसंहिता समेत पारित गरेको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा नियमावलीअनुसार उपसमितिहरू गठन गरेको समितिकी सभापति डा.ओजस्वी शेरचनले जानकारी दिइन्। उनका अनुसार सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन् र उपसमितिको संयोजनको […]

Older

2

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मंगलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो। गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन्। समितिको सदस्यमा […]

केयू उपकुलपति सिफारिसका लागि तीन सदस्यीय समिति गठन

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको १०१औँ सिनेट बैठकले विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन गरेको छ। मंगलबार सम्पन्न सिनेट बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा कमिटी गठन गर्ने निर्णय गरेको हो। गठित सर्च कमिटीमा काठमाडौँ विश्वविद्यालयका बोर्ड अफ ट्रस्टी तथा संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्मा र राष्ट्रिय […]

Browse by publisher

38