Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

6

‘अर्नब’ चक्रवात प्रभावले हवाई उडान प्रभावित हुनसक्ने

काठमाडौँ- ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी […]

मोदीको गोपनीयता कानुनविरुद्ध भारतका ठूला सञ्चारमाध्यम पनि अदालतमा

काठमाडौँ- भारतका स्थापित २१ वटा समाचार संस्थाको प्रतिनिधित्व गर्ने एउटा संस्थाले नयाँ गोपनीयता कानुनका केही प्रावधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ। ती प्रावधानले खोजमूलक पत्रकारितालाई धराशयी बनाउने र समाचार कक्षहरू बन्द गर्न बाध्य पार्ने चेतावनी उक्त संस्थाले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो चुनौतीसँगै भारतका केही शक्तिशाली सञ्चार संस्थाहरू पनि कानुनी […]

अर्बनका कारण यी नदीमा बढ्न सक्छ बहाव

काठमाडौँ- ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण आगामी कात्तिक १५ गतेसम्म नेपालका विभिन्न नदी जलाधारहरूमा उल्लेखनीय वर्षा भई जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी तथा अन्य जलजन्य जोखिम आकलनसम्बन्धी पूर्वसूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाका अनुसार विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार, तिनका उपजलाधार तथा आसपासका […]

सिरहाबाट १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद

काठमाडौँ– सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो। सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२ बजेk समयमा सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) को कमान्डमा रहेको सात सदस्यीय […]

सिराहाबाट लागूऔषध खैरो हिरोइनसहित दुईजना भारतीय पक्राउ

काठमाडौँ– प्रहरीले सिराहाबाट लागूऔषध खैरो हिरोइनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा […]

Older

8

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश, बिहीबारदेखि नेपालमा वर्षा हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ । विभागका मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि […]

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक काठमाडौँमा

काठमाडौँ- सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सीमा अपराध नियन्त्रण गर्ने तथा नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतबीच १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौँमा सुरु भएको छ। कात्तिक १३ गतेसम्म सञ्चालन हुने उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा […]

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ। […]

भारतको आन्ध्र प्रदेशमा अर्नब चक्रवातको ताण्डव: ८९ हजार सारिए, १८५ किमी प्रतिघण्टाको गतिमा हावा

हैदराबाद- भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्र हावा र भारी वर्षा ल्याएपछि तटीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ […]

भारतीय जमिनमा प्रवेशपछि कमजोर बन्दै चक्रपात, मौसम विभाग भन्छ : तर भारी वर्षा गराउन सक्छ

काठमाडौँ– नेपालमा पनि भारी वर्षा र हिमपात गराउने भनिएको बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान छ । ‘अर्नब’ नेपालसम्म आइपुग्दा समुद्री चक्रवातकै तीव्रतामा नरहने पूर्वानुमान रहेको मौसमविद् विनोद पोखरेल बताउँछन् । तर, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले भारी […]

स्वदेशी सयपत्री फूलले बजार नपाउने तनाब, विदेशी फूललाई रोक्न माग

झापा– झापामा फूलको व्यावसायिक खेती गरिरहेका किसानहरूले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन्। उनीहरूले भारतबाट हुने फूलको आयातमा रोक लगाएर स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने वातावरण सिर्जना गरिदिनसमेत जोडदार माग गरेका हुन्। केही वर्षयता जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ। तर, भारतबाट आयातित फूलका कारण स्वदेशी उत्पादनले […]

सुनचाँदीका गरगहना चोरी गर्ने ४ भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न ठाउँमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल […]

`ऊनको स्वीटर’को सिक्वेलका रूपमा निर्माण हुन लागेको चलचित्र ‘कलेजी´को छायांकन सुरु

काठमाडौँ– गत वर्ष रिलिज भएको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेलका रूपमा निर्माण हुन लागेको चलचित्र ‘कलेजी – ऊनको स्वीटर’को छायाङ्कन शुरू भएको छ। निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायाङ्कन शुभारम्भ गरेका हुन्। निर्देशक चौहानले चलचित्रको छायाङ्कन शुरू भएको जानकारी दिए । उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त सम्पन्न गरी […]

Browse by publisher

37