Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैनन्। प्रतियोगितामा आज एक दिन विश्राम दिइएको छ। भोलि शनिबार भने त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुँदैछन्। शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। त्यस्तै, शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम […]

3–12 hours ago

1

सोमपालको विस्फोटक अर्धशतकमा कर्णालीको लगातार दोस्रो जित

काठमाडौँ- कप्तान सोमपाल कामीको विस्फोटक अर्धशतक र चार विकेटको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम दुई बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो। कर्णालीको यो लगातार दोस्रो जित हो। यसअघि उसले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। […]

Yesterday

5

बमको आक्रामक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौँ– ओपनर लोकेश बमको विष्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्ससामु जितका लागि १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रनको योगफल तयार पारेको हो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो। […]

मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुरको पहिलो जित

काठमाडौँ- मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो। यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौँले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। काठमाडौँले […]

एनपीएल ३ : काठमाडौँले टस जितेर ब्याटिङ रोज्यो, जिमी निसमबिना नै बलिङमा जनकपुर

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ। काठमान्डुका कप्तान करण केसीले अहिलेको कन्डिसनमा चेज गर्नभन्दा राम्रो टार्गेट दिन सहज हुने विश्वासमा ब्याटिङ रोजेको बताए। काठमान्डु आज सिजनको पहिलो खेल खेल्दैछ भने जनकपुर पहिलो जितको खोजीमा छ। यसअघिको खेलमा […]

धुम्मियो काठमाडौँको मौसम, पर्न सक्छ एनपीएलको आजको खेलमा असर

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने दुई खेललाई मौसमले प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहानदेखि आकाशमा बादल लागिरहेको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो छिटपुट वर्षा हुन सक्ने सम्भावना छ। आजको पहिलो खेलमा मध्यान्ह साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। यो खेल सुरु हुने समयमा वर्षाको […]

एनपीएलमा आज २ खेल हुँदै, दिउँसो जनकपुर र काठमाडौँ भिड्ने, बेलुका विराटनगर र कर्णालीको भेट

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो । त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल […]

Older

5

युनिसको घातक बलिङमा कर्णालीको जित, जनकपुरको हार

काठमाडौँ– कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाएपनि जित दिलाउन सकेनन् । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाए । जिम्मी निशम १५, मायन यादव […]

एनपीएल ३ : कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ– जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध जितका लागि १३३ रनको लक्ष्य पाएको छ। नेपाल प्रिमियर लिग तेस्रो संस्करणको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो। कर्णालीका लागि नन्दन यादव १२ बलमा ९ रन, पवन सर्राफ ३७ बलमा ३७ रन, सोमपाल कामी ५ बलमा १ रन बनाएर […]

कमलसिंहको घातक बलिङमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौँ- कमलसिंह ऐरीको घातक बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। जितको नजिक पुगेको विराटनगरलाई अन्तिम समयमा सम्हालिन नदिँदा चितवनले रोमाञ्चक जित दर्ता गर्‍यो। चितवनको जितमा कमलसिंह ऐरी नायक बने। उनले […]

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ रोजेको विराटनगरविरुद्ध चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। […]

विराटनगर टस जितेर बलिङमा, चितवनको कप्तानी बोपारालाई

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको चितवन राइनोज रवि बोपाराको कप्तानीमा खेलिरहेको छ। यसअघिका खेलमा चितवनको नेतृत्व गर्दै आएका कुशल मल्ल भने आजको खेलमा प्लेइङ ११ मा परेका छैनन्। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। टस हारेपछि […]

Browse by publisher

37