Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

11 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति

काठमाडौं– नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ । सो दलको आज काठमाडौंमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. निदेशचन्द्र देवकोटाले जानकारी दिए । यही साउन १ गते मुख्यमन्त्री इन्द्रबहादुर […]

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौं तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको चार वर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका […]

पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं– लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरुद्ध छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ […]

Yesterday

5

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौं – अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधरणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ । विभागका अनुसार आज अपराह्न गौरीघाटमा […]

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

काठमाडौं– काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह दुई दशमलव ४१ मिटर पुगेको […]

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

बागमती– हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन भइरहेका छन् । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गरी शनिबार साँझ ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकी टोलमा रोकेको थियो । त्यस्तै कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्व […]

प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष

बागमती– बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले ‘हेलो सिएम’ कक्ष स्थापना गर्ने भएको छ । प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या, गुनासो र उजुरीलाई सात दिनभित्र फर्छ्यौट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहितको हेलो सिएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए […]

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म […]

Older

3

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो । प्रहरीका अनुसार हेटौंडा–देउराली–कुलेखानी–फर्पिङ सडकखण्डमा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। त्यस्तै, कान्तिलोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ ६ बजेदेखि हेटौंडाको चौघडा बजारमा […]

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग तथा कालीगण्डकी करिडोरमा पहिरो खस्दा यातायात पूर्ण रूपमा प्रभावित भएको हो। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध […]

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा पुगेको वाग्मती सफाइ महाअभियानअन्तर्गत शनिबार सिनामङ्गल पुलमुनि वाग्मती नदी किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको छ। सफाइ अभियानका क्रममा संकलन गरिएको फोहर काठमाडौं महानगरपालिकाको वातावरण विभागले व्यवस्थापन गरेको जनाएको छ। अभियानमा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तन्डुकार, वडा नं. ९ […]

Browse by publisher

37