Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको […]

3–12 hours ago

1

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणले आज सुरक्षा परिपत्र जारी […]

Yesterday

4

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले बुधबार सुरक्षा परिपत्र जारी गर्दै वायुसेवा सञ्चालक, विमानस्थल सञ्चालक, हवाई सेवा प्रदायक तथा सम्बन्धित निकायलाई आवश्यक […]

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म नेपालका प्रमुख नदी तथा जलाधार क्षेत्रमा वर्षा भई नदीको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको बाढी तथा अन्य जलजन्य जोखिम आकलनअनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार […]

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन् । बाढीले घर डुबाएपछि प्रभावित परिवारहरू अहिले घर छाडेर भुइँथानमा अस्थायी टेन्टमा बसिरहेका छन् । स्थानीयका अनुसार शान्तिबजारमा करिब ५३ देखि ६० घर बाढीको डुबानमा परेका छन् । बाढीका कारण घरमा बस्न नसक्ने अवस्था भएपछि स्थानीयहरू सुरक्षित स्थानमा […]

Khabarhub logoKhabarhubPrivate6 publishers

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुन सक्ने सम्भावना छ । वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै […]

Older

2

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा […]

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा […]

Browse by publisher

37