Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

15 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

रोनाल्डो, एम्बाप्पे र मेसीको टोलीलाई हराएर विश्वकपको ट्रफी

काठमाडौं – स्पेनले १६ वर्षपछि राष्ट्रिय फुटबल टिमको जर्सीमा अर्को तारा थपेको छ । स्पेनले पहिलो विश्कप सन् २०१० मा जितेको थियो । त्यसयताको विश्वकपमा यो टोली निकै कमजोर देखियो । क्वाटरफाइनलमा पनि पुग्न सकेन । युवा खेलाडीहरूको टोली स्पेनले अनुभवी टोली र विश्व फुटबलमा दबदबा राखेका खेलाडी सहभागी टोलीलाई हराउँदै विश्व च्याम्पियन बनेको हो […]

Earlier today

3

स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव

काठमाडौँ- फिफा विश्वकप २०२६ को उपाधि स्पेनले उचालेसँगै गाजा र ओगटिएको वेस्ट बैंकका प्यालेस्टिनीले भव्य उत्सव मनाएका छन् । स्पेनिस टोलीको जित र स्पेन सरकारले प्यालेस्टाइनप्रति दर्शाएको समर्थनको कदर गर्दै उनीहरूले खुसीयाली मनाएका हुन् । विश्वकप फाइनल खेल हेर्नका लागि प्यालेस्टिनी गाजा र वेस्ट बैंकका विभिन्न स्थानमा अस्थायी स्क्रिन अगाडि भेला भएका थिए । खेलभरि […]

अर्जेन्टिनालाई हराएपछि स्पेनिस प्रशिक्षक भन्छन्- ‘विश्वकप विजयी यात्रामा गर्व छ’

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनिस टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले आफ्नो टोलीको ऐतिहासिक यात्राप्रति गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेपछि ६५ वर्षीय फुएन्तेले टोलीको प्रदर्शनको प्रशंसा गरेका हुन् । जितपछि प्रतिक्रिया दिँदै फुएन्तेले भने, “इमान्दारितापूर्वक भन्नुपर्दा यति बेला म […]

विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै खेलाडीबीच हातपात र झडप भएको छ । अतिरिक्त समयमा १–० को नतिजासहित स्पेनसँग पराजित भएपछि आक्रोशित बनेका अर्जेन्टिनाका खेलाडी मैदानमै हातपातमा उत्रिएका हुन् । खेल सकिएको अन्तिम सिठ्ठी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्रि उपाधि जितेको खुसीयाली मनाउन दौडिरहेका थिए । सोही क्रममा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले […]

Khabarhub logoKhabarhubPrivate5 publishers

Yesterday

10

फिफा विश्वकप २०२६: स्पेनको ऐतिहासिक जितसँगै जोडिएका तीन रोचक तथ्यांक

काठमाडौँ – निक्कै प्रतिस्पर्धात्मक तर केही खिन्न मानिएको फिफा विश्वकप २०२६ को फाइनल खेलसँगै स्पेनले उपाधि उचालेको छ । स्पेनको यस ऐतिहासिक जितसँगै फुटबल इतिहासमा केही दुर्लभ र रोचक तथ्यांकहरू थपिएका छन् । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त […]

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका […]

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। उपाधिका लागि भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनले सुरुआतदेखि नै बल नियन्त्रणमा राख्दै अर्जेन्टिनामाथि लगातार दबाब बनायो, तर सिर्जना गरेका अवसरलाई गोलमा परिणत गर्न सकेन। पहिलो ४५ मिनेटमा स्पेनले आधा दर्जनजति राम्रो अवसर सिर्जना गरेको थियो। अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट […]

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यस खेललाई केवल दुई देशबीचको प्रतिस्पर्धा मात्र होइन, दुई पुस्ता, दुई फुटबल दर्शन र विश्वका उत्कृष्ट खेलाडीहरूको प्रत्यक्ष भिडन्तका रूपमा पनि हेरिएको छ । फुटबल विश्लेषकहरूले फाइनलको नतिजा तय गर्न सक्ने केही व्यक्तिगत प्रतिस्पर्धालाई विशेष […]

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको च्याम्यिनबीच विश्वकप फाइनल हुँदैछ । स्पेन युरो कप र अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हुन् । यी दुवै महादेशीय हैसियतका प्रतियोगिता हुन् । युरो कप र कोपा अमेरिका विजेता टोलीबीच प्रतिस्पर्धा गराउने कुरा उठ्दै आएको थियो तर सम्भव भएको थिएन । स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा गराउने […]

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि आमनेसामने हुँदै गर्दा चीन यस पटक छनोट नै हुन सकेन। मैदानमा नउत्रिए पनि चीनले आर्थिक रूपमा प्रतियोगिताको सबैभन्दा ठूलो लाभ उठाएको देखिएको छ। यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा आयोजित विश्वकपले खेलकुद सामग्री, जर्सी र अन्य स्मरणिका उत्पादन तथा निर्यात गर्ने चिनियाँ कम्पनीहरूलाई उल्लेखनीय व्यापारिक […]

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई) हुँदैछ। महादेशीय च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिना न्यूयोर्कऔन्यु जर्सी स्टेडियममा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि आमनेसामने हुँदैछन्। साविक विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ । उता स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ। इतिहास रच्ने […]

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र बलियो प्रतिद्वन्द्वी स्पेन आइतबार मध्यरातमा न्यूजर्सीमा आमनेसामने हुँदै छन्। ३९ दिन लामो यस भव्य प्रतियोगिताको अन्तिम खेलमा विश्व फुटबलका हस्ती मैदान उत्रन लागेका हुन्। न्यूजर्सीको मैदानमा हुने यो भिडन्त एक अनौठो टक्करका रूपमा हेरिएको छ, जहाँ यस विश्वकपकै […]

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी क्षेत्रका बहुसंख्यक फुटबल प्रशंसक अर्जेन्टिनाको विपक्षमा उभिएका छन्। विगतमा आफ्नो क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा रहे पनि यस पटक सामाजिक सञ्जालमा भाइरल मिम्स र आलोचनाका कारण अर्जेन्टिना अपवाद बनेको छ। ब्राजिल, मेक्सिको, कोलम्बिया र चिली जस्ता देशका फुटबल प्रेमी आइतबार हुने फाइनल खेलमा लियोनेल मेसीको […]

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्यले इतिहासकै सबैभन्दा महँगो खेलकुद इभेन्टको रूपमा नयाँ रेकर्ड कायम गरेको छ । साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार हुने उपाधि भिडन्तको टिकट फिफाको आधिकारिक रिसेल प्लेटफर्ममा २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको […]

Older

1

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यो खेललाई पछिल्ला वर्षकै सबैभन्दा प्रतीक्षित विश्वकप फाइनलका रूपमा हेरिएको छ । ३९ वर्षीय कप्तान लियोनेल मेस्सी आफ्नो सम्भावित अन्तिम विश्वकप फाइनलमा चौथो विश्व उपाधि जित्ने लक्ष्यमा हुनेछन् । अर्कोतर्फ १९ वर्षीय […]

Browse by publisher

37