Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

15 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय थप्यो

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय थप गरेको छ ।पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि जेठ २८ गते राति १२ बजेसम्मका लागि अन्तिम पटक थप गर्ने निर्णय गरेको हो ।पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।समितिले तोकिएको नयाँ समयसीमाभित्र सदस्यता अद्यावधिकको काम अनिवार्य रूप

Lokaantar logoLokaantarPrivatestory3 publishers

जाँचबुझ आयोगलाई सम्पत्ति विवरण बुझाउन तयार छौं, निष्पक्ष र पारदर्शी अनुसन्धान होस्- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू लगायत कांग्रेसका सबै नेताले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगलाई विवरण बुझाउन तयार रहेको बताएका छन् । तर, आयोगले निष्पक्ष, स्वच्छ र पारदर्शिता भएर अनुसन्धान गर्नुपर्ने थापाको भनाइ छ । सभापति थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन आवश्यक रहेको बताए । हरेक पटकका राजनीतिक आन्दोलनको प्रमुख विषय सार्वजनिक जिम्मेवारीमा बसेकाहरूको निजी सम्पत्तिको विषय भएकाले अहिले यो टुंगिनुपर्ने थापाले बताएका

Lokaantar logoLokaantarPrivatestory4 publishers

बारा कांग्रेस सभापति राजेश राय यादव निलम्बित, तीन जनालाई सचेत रहन निर्देशन

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।समितिका सचिव दिनेश थापामगरद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि अनुसन्धान चलिरहेका बेला यादवलाई सभापतिको जिम्मेवारीमा रहन नपाउने गरी निलम्बन गरिएको हो ।अनुशासन समितिले यादवसँग पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेको थियो । तर दुवैपटक उनले जवाफ नदिएको विज्ञप्

Lokaantar logoLokaantarPrivatestory14 publishers

Earlier today

1

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्दैछ ।समितिका सचिव दिनेश थापामगरले बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

Lokaantar logoLokaantarPrivatestory16 publishers

Yesterday

5

लुम्बिनीका चार मन्त्रीले मुख्यमन्त्रीसमक्ष बुझाए राजीनामा

लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत स

Lokaantar logoLokaantarPrivatestory13 publishers

बालेनप्रति ओलीको टिप्पणी– गाई कि त्रिशूल जस्तो भवितव्यले आएकोलाई देशको बारे जथाभावी गर्न दिइन्नँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति आपत्तिजनक र देशद्रोही भएको बताएका छन् । भवितव्यले आएको प्रधानमन्त्रीलाई देशको बारे जथाभावी गर्न नदिइने उनले बताए ।बुधबार एमालेले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सीमा विवादमा तेस्रो पक्षलाई सामेल गर्ने कुरा कूटनीतिक मर्यादाविपरीत भएको बताएका हुन् । 'सीमा विवादबारे अरु-अरु देशलाई घिसारेर ल्याएको छ, इङ्ल्यान्ड कि कसलाई । द्विपक्षीय वार्ताम

Lokaantar logoLokaantarPrivatestory24 publishers

बजेटअघि लुम्बिनी सरकार पुनर्गठन, एमालेका चार मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले सामूहिक राजीनामा छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए । नेपाली कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । यसअघि जेठको पहिलो सातामै मन्त्री हेर

Lokaantar logoLokaantarPrivatestory13 publishers

निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई तत्कालको सङ्कट टर्यो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिएका छन् । योसँगै पार्टीको संसदीय दलभित्र देखिएको सङ्कट तत्काललाई टरेको छ ।प्रस्ताव फिर्ता लिएकी प्रदेशसभा सदस्य डम्मरी महराले पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको जानकारी गराइन् । पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहले असन्तुष्ट सांसदसँग छलफल संवाद गरिने बताए । यसअघि

Lokaantar logoLokaantarPrivatestory14 publishers

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ ।समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिउका हुन् ।बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

Lokaantar logoLokaantarPrivatestory16 publishers

Older

6

सभामुखको अनुहार निन्याउरो हुँदै गयो, प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद् लगातार अवरुद्ध भइरहँदा सभामुख डोलप्रसाद अर्यालको अनुहार निन्याउरो हुँदै गएको टिप्पणी गरेकी छन् ।उनले अब विपक्षी दल सधैँ गलत नहुने भन्दै सदनमा आएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जवाफ दिनुपर्ने बताएकी छन् । ‘हरेक दिन सभामुखको मुख सानो सानो, न्याउरो (निन्याउरो) हुँदै गएको देख्छु यो राम्रो हो त ? मलाई मात्र होइन धेरै लाई लाग्छ उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन’, आशिकाले म

Lokaantar logoLokaantarPrivatestory152 publishers

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।यही जेठ २१ गते बिहीबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको समिति सचिव दिनेश थापा मगरले जानकारी दिए ।'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ जेठ २१ गते बिहीबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएकोले समितिका संयोजक एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Lokaantar logoLokaantarPrivatestory16 publishers

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा २५ गतेसम्म स्थगित

सीमा विवाद बारेको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री बालेनले संसद्‌मा आएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मको लागि स्थगित भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि नेपाली कांग्रेसलगायत विपक्षी दलका सांसदले प्रधानमन्त्री स्वयं उपस्थित भएर सो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गरेका हुन् ।विपक्षी दलले प्रधानमन्त्रीको जवाफ नआएसम्म सदनको कारबाही अगाडि नबढाउन आग्रह गरे ।त्यसपछि विपक्षी सांसदले वेलमा गएर नाराबाजी गरेका थिए । नारा

Lokaantar logoLokaantarPrivatestory33 publishers

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय दाबी कमजोर पार्ने जोखिम बढायो- खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिले नेपालको राष्ट्रिय दाबी कमजोर पार्ने जोखिम बढाएको बताएकी छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको बताइन् । प्रधानमन्त्री व्यक्ति मात्र नभई एउटा संस्था भएकाले राजकीय संस्थाबाट आएको अभिव्यक्तिले राष्ट्रिय संकट निम्त्याउने जोखिम सिर्जना गरेको उनको भनाइ थियो ।‘हिजोसम्म

Lokaantar logoLokaantarPrivatestory24 publishers

कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन् । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ । 'प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूप

Lokaantar logoLokaantarPrivatestory14 publishers

३३ जना एसएसपीको सरुवादेखि वीरगन्जका मेयर पक्राउसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।००००नेकपा (एमाले)ले प्रधानमन्त्री वा

Lokaantar logoLokaantarPrivatestory112 publishers

Browse by publisher

38