Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

10

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ- वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्नुहुँदै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको […]

‘जिम्मेवारी सम्हाल्नु भनेको प्रमाणपत्र र माला लगाएर सामाजिक सञ्जालमा तस्बिर राख्नु मात्र होइन’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीलाई कामको परिणाम देखिने गरी जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

पदाधिकारी र केन्द्रीय सदस्यलाई गगनको निर्देशन- गाउँ फर्केर सम्मान कार्यक्रम नराख्नू, लम्बेतान भाषण नगर्नू

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका चाडपर्व तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई समुदायसँग जोड्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि सम्बोधन गर्दै पार्टीका विभिन्न कमिटीले आयोजना गर्ने सम्मान तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई व्यवस्थित र समुदायमुखी बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘अब यहाँ आज हामीले कार्यक्रम गर्‍यौँ, सकियो। अब फेरि […]

महाधिवेशनको सन्देश जनतासम्म पुर्‍याउन गगनले गरे ‘कांग्रेस तयार छ’ विशेष अभियान घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी चार वर्षको कार्ययोजना तयार गरी निश्चित क्यालेन्डरअनुसार पार्टी सञ्चालन गर्ने बताएका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि सम्बोधन गर्दै महाधिवेशनबाट पारित नीति तथा सङ्गठन सुधारका योजनालाई एकीकृत कार्ययोजनामा समेटेर अघि बढ्ने बताए। संगठनका नीति र सुधारका कार्ययोजनालाई समेटेर एकीकृत कार्ययोजना तयार गर्ने निर्णय गर्नुपर्ने उनको […]

सभापति थापासँग कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यले गरेको ८ बुँदे प्रतिज्ञामा के छ ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । सभापति गगन थापाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् । शपथको क्रममा सभापति थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई ८ बुँदे प्रतिज्ञा गराएका छन् । प्रतिज्ञापत्रमा पार्टीको विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुने, पार्टीको नीति निर्देशन बमोजिम पार्टीका […]

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले जिल्ला अधिवेशनलाई तीव्र पारेको छ। काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते हुँदै छ। अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने तय भएको छ। उद्घाटन समारोह राष्ट्रिय सभागृहमा जनाइएको छ। गगन थापाको नेतृत्वमा १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरेको हो। देउवा समूहको अधिकांश जिल्ला […]

कांग्रेसले रोक्यो नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ

अदालतमा मुद्दा विचाराधीन रहेकाले १५ औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्न लागेको हो।

गगनसँग सौगातको माग- विवाद निरूपण नभएसम्म भट्टको शपथ रोकियोस् (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको शपथ रोक्न सभापति गगन थापालाई पत्र पठाएका छन्। ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित भट्ट ३६ वर्ष पुगेको भन्दै हिजो थापाले निर्वाचन आयोगमा उजुरी दिएका थिए। आज पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको शपथ हुँदै छ। शपथअघि भट्टको शपथ रोक्नको लागि सभापति थापालाई पनि […]

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ ।

Older

3

३५ वर्ष मुनिको क्लस्टरबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भट्ट ३६ वर्ष पुगेकाे भन्दै सानेपामा उजुरी

काठमाडौँ । नेपाली कांग्रेसको ३५ वर्षमुनिको क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्ट ३६ वर्ष पुगेको खुलेकाे छ । भट्ट कांग्रेसको १५ औ महाधिवेशनमा ३५ वर्ष मुनिको क्फस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । भट्टको २०४८ असोज १३ गते लमजुङको चक्रतिर्थ ८ जन्म भएको थियो । केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको दिनसम्ममा उनी ३६ वर्ष पुगेका […]

कांग्रेसको नियमित महाधिवेशन पक्षधरको ओखलढुंगामा प्रदेशसभा क्षेत्र र पालिका अधिवेशन सम्पन्न, को-को भए सभापति  ?(सूचिसहित)

ओखलढुंगा । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले ओखलढुंगाका पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । १५ औँ महाधिवेशन तयारी समितिका केन्द्रीय प्रतिनिधि गोमा केसीका अनुसार दशैँ र तिहारको बीचमा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको हो । सबै पालिका र दुवै प्रदेशसभामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन […]

स्थानीय चुनावलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तोक्छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने बताए। उनले भने, ‘हामीले केही समयपछि प्रदेशको अधिवेशन गर्नुपर्ने छ, जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको […]

Browse by publisher

37