Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

बालबालिका, गर्भवती र दीर्घरोगीलाई इनर्जी ड्रिंक्स नपिउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै बुधवार यस्तो आग्रह गरेको हो। विभागले सेवन गर्न मिल्ने व्यक्तिलाई समेत दिनमा दुई क्यानभन्दा बढी इनर्जी […]

News of Nepal logoNews of NepalPrivate9 publishers

3–12 hours ago

1

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौँ। सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधनका लागि आन्दोलनरत विभिन्न पक्षसँग आफूले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ […]

Yesterday

1

विपद् जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ । सम्भावित भारी वर्षा, चट्याङ र हुरीबतासका कारण बाढीपहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। कात्तिक १२ देखि १४ गतेसम्म हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै एकाइले स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी र प्रतिकार्यका कामलाई तीव्रता दिन आग्रह गरेको […]

Older

4

चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिमका उपकरण सहयोग

काठमाडौं। नेप्लीज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके)ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेपालका चार स्वास्थ्य संस्थालाई शल्यक्रियासम्बन्धी व्यावहारिक सीप विकासका लागि आवश्यक तालिम उपकरण सहयोग गरेको छ। उपकरण प्राप्त गर्ने संस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटल, पाल्पा रहेका छन्। […]

गाभीले नेपाललाई ८ अर्ब ५९ करोडको खोप दिने

काठमाडौं । गाभी (द भ्याक्सिन एलाइन्स) ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताका अनुसार कूटनीतिक पहलमार्फत नेपालले नियमित खोप कार्यक्रमका लागि उक्त सहयोग प्राप्त गर्ने भएको हो। यसैगरी, नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार […]

उदयपुरकाे कटारीमा बाेलेराे दुर्घटना, १५ जना घाइते

उदयपुर । उदयपुरकाे कटारी नगरपालिका वडा न ४ मरुवा खोला नजिक सिद्धिचरण लाेकमार्गमा साेमबार बिहान बाेलेराे दुर्घटना हुँदा १५जना घाइते भएका छन। उदयपुरकाे कटारी नगरपालिका ११ काे बेतिनी नजिककाे गहुबारीबाट कटारी बजारतिर आउँदै गरेकाे अवस्थामा यात्रु तथा अन्य मालसामान बाेकेर आउँदै गरेकाे प्रदेश ३-०१-०२३ च ६५०६ नम्बरकाे बाेलेराे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको […]

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ। सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने भएको छ। सोही अवधिमा करिब २० लाख बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ। सरकारले नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते सञ्चालन गर्दै आएको भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष दसैँ परेकाले स्थगित गरेको थियो। स्थगित कार्यक्रमलाई कात्तिक १७ […]

Browse by publisher

37