Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 27 Septlast: 1 Oct

बागलुङ पहिरोमा १२ जनाको मृत्यु, एक बेपत्ता

बागलुङमा लगातारको वर्षापछि गएको पहिरोले घर पुरिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा पहिरोका कारण मानवीय क्षति भएको हो । निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको छ । यसैगरी तमानखोला गाउँपालिका–३ धर्नासुकमा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको तथा ताराखोला गाउँपालिका–५ सिपमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोकाको मृत्यु भएको छ ।

+3
10 publishers · 23 headlines · developing over 3d 22h
How this story evolved· 4 updates
  1. 3 sources27 Sept

    बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेहरू श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विक हुन्। माथिबाट अकस्मात् खसेको पहिरोले घर पुरिएको हो।

  2. 6 sources27 Sept

    बागलुङमा अविरल वर्षाका कारण गएको पहिरोले पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको हो। निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको छ। तमानखोला गाउँपालिका–३ धर्नासुकमा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको तथा तमानखोला–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपालीको मृत्यु भएको छ।

  3. 10 sources28 Sept

    अविरल वर्षाका कारण बागलुङ जिल्लामा दुई दिनमा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। आइतबार मात्रै नौ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् भने शनिबार एक जनाको मृत्यु भएको थियो। तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला–३ मा श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो।

  4. 15 sources29 Septcurrent

    बागलुङमा लगातारको वर्षापछि गएको पहिरोले घर पुरिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा पहिरोका कारण मानवीय क्षति भएको हो । निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको छ । यसैगरी तमानखोला गाउँपालिका–३ धर्नासुकमा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको तथा ताराखोला गाउँपालिका–५ सिपमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोकाको मृत्यु भएको छ ।

Broke firstPradesh Khabar logoPradesh Khabar

पहिरोमा पुरिएर एकै परिवारका आमासहित चार जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पहिरोमा पुरिएर श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको

archives23 publishers
Coverage

22 more headlines since

  1. बागलुङ पहिरो अपडेट- बेपत्ता महिलाको शव भेटियो, मृतकको संखया १३ पुग्यो

    यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस

    Lokaantar logoLokaantarPrivatestory23 publishers
  2. बागलुङ पहिरो : बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

    बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives23 publishers
  3. बागलुङ पहिरो : बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

    बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा

    Ratopati logoRatopatiPrivatestory23 publishers
  4. बागलुङमा पहिरोमा पुरिएर आमा र ३ छोराको मृत्यु

    बागलुङ- बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ । रासस

  5. बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

    पोखरा । बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ हर्दरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो । माथिबाट अकस्मात् खसेको पहिरोले घर पुरिएको हो ।

    Ratopati logoRatopatiPrivatestory23 publishers
  6. बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.