Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

7

विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी सुरु, पायोनियर मोटोकर्पले दिन थाल्यो ५ शहरका ग्राहकलाई

काठमाडौं। विद्युतीय एसयूभी चेरी क्यूको देशव्यापीरुपमा डेलिभरी सुरु गरिएको छ। आधिकारिक वितरक पायोनियर मोटोकर्पले काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा नयाँ अर्बन एसयूभी चेरी क्यूको डेलिभरी औपचारिकरूपमा सुरु गरेको बताएको छ। विभिन्न पाँच शहरमा डेलिभरी सुरु हुनुले ग्राहकमाझ सवारीसाधन सहजरूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित भएको कम्पनीको भनाइ छ। चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री, […] The post विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी सुरु, पायोनियर मोटोकर्पले दिन थाल्यो ५ शहरका ग्राहकलाई appeared first on BIZMANDU.

BizmanduPrivatecontent2 publishers

मतदाता नामावली अद्यावधिक गर्न पञ्जीकरण विभागले आयोगलाई विवरण उपलब्ध गराउने

काठमाडौं। मतदाता नामावली अद्यावधिक एवम् विवरण प्रमाणीकरणका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले निर्वाचन आयोगलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण उपयोग गर्न दिने भएको छ। विभागले मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्रभावकारी बनाउन आफ्नो सूचना प्रणालीमा रहेका विवरण उपयोग गर्न दिने भएको हो। यस सम्बन्धमा आयोग […] The post मतदाता नामावली अद्यावधिक गर्न पञ्जीकरण विभागले आयोगलाई विवरण उपलब्ध गराउने appeared first on BIZMANDU.

BizmanduPrivatecontent5 publishers

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई गगनले गराए शपथ

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बिहीबार पार्टी मुख्यालय सानेपामा शपथ गराएका हुन्। महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले […] The post कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई गगनले गराए शपथ appeared first on BIZMANDU.

BizmanduPrivatecontent57 publishers

अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई हरायो, १७.२ ओभरमै भेट्यो लक्ष्य

काठमाडौं। जनकपुर बोल्ट्सल काठमाडौं गोर्खाजलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी पहिलो खेलमा जनकपुरले काठमाडौंमाथि ८ विकेटको जित निकालेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्यो। ११६ रनको सामान्य लक्ष्य […] The post अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई हरायो, १७.२ ओभरमै भेट्यो लक्ष्य appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

गोदावरी मेलाको १९औं संस्करण सुरु, एकै थलोमा ४५० भन्दा बढी प्रजातीका फूल

काठमाडौं। नजिकिएको तिहारलाई लक्षित गरी गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। फ्लोरीकल्चर एसोसिएसन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी फूल मेला गरेको हो। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासहित बिहीबार सुरु भएको मेला कात्तिक १६ गतेसम्म चल्नेछ।मेलामा ७८ वटा व्यावसायिक स्टसहित ८६ वटा प्रदर्शनी कक्ष राखिएको छ। प्रदर्शनीमा १५० देखि १० […] The post गोदावरी मेलाको १९औं संस्करण सुरु, एकै थलोमा ४५० भन्दा बढी प्रजातीका फूल appeared first on BIZMANDU.

BizmanduPrivatecontent10 publishers

एनपीएलमा आज वार्नरदेखि रसेलसम्मको खेल: पहिलो जितको खोजीमा तीन टोली

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदैछन्। टीयू क्रिकेट मैदानमा पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्। यी मध्ये कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जित निकाल्दा विराटनगर र जनकपुर पराजित भएका थिए। काठमाडौं चाहिँ सिजनको आफ्नो पहिलो खेलका लागि मैदान उत्रँदैछन्। पाकिस्तानी खेलाडीलाई […] The post एनपीएलमा आज वार्नरदेखि रसेलसम्मको खेल: पहिलो जितको खोजीमा तीन टोली appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि तोकियो शुल्क, कारलाई ६५ रुपैयाँसम्म, अन्यलाई कति?

काठमाडौं। सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरेको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सवारीसाधनको प्रकारका आधारमा काठमाडौं प्रवेश गर्दा ६५ देखि ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० देखि २५० रुपैयाँसम्म शुल्क लाग्नेछ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै चार वर्गका सवारीसाधनका लागि छुट्टाछुट्टै शुल्क तोकेको हो। नयाँ […] The post नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि तोकियो शुल्क, कारलाई ६५ रुपैयाँसम्म, अन्यलाई कति? appeared first on BIZMANDU.

BizmanduPrivatecontent2 publishers

Older

7

ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत

काठमाडौं। एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न नेपाल आयल निगमले उद्योगहरुलाई गरेको सर्कुलरको ग्यास बिक्रेता महासंघले स्वागत गरेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार प्रेस विज्ञप्ति जारी गरी निगमको निर्देशनको स्वागत गरेका हुन्। ‘एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य भ्याट बिल जारी गर्ने/ गराउने निर्देशन अत्यन्तै स्वागतयोग्य छ,’ अर्यालले विज्ञप्तिमा भनेका छन्, ‘ग्यास कारोबारलाई […] The post ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत appeared first on BIZMANDU.

BizmanduPrivatecontent17 publishers

एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प, भिजासँग सम्झौता

काठमाडौं। एनएमबि बैंकले आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प ल्याएको छ। बैंकले भिजासँग ’भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ। यो सम्झौता पश्चात् आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउने नयाँ विकल्प उपलब्ध भएको बैंकले जनाएको छ। यो प्रविधि प्रयोग गरी बैंकका ग्राहकले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्। भिजाको […] The post एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प, भिजासँग सम्झौता appeared first on BIZMANDU.

BizmanduPrivatecontent9 publishers

लुम्बिनी केबलकार आउने भारतीय पर्यटकको संख्या बढ्यो, होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं । लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको संख्या २४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको मंगलबार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिएका हुन्। ढकालका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक […] The post लुम्बिनी केबलकार आउने भारतीय पर्यटकको संख्या बढ्यो, होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा appeared first on BIZMANDU.

BizmanduPrivatecontent3 publishers

बलर हाबि भएको खेलमा कर्णालीको सुखद सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल

काठमाडौं। कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले अरिफुल इस्लामको ४३ रनको सहायतामा १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै बोर्डमा १३२ रन जोडेको थियो। […] The post बलर हाबि भएको खेलमा कर्णालीको सुखद सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै : यस्तो छ प्लेइङ ११

काठमाडौं। जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर कर्णालीलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्। जनकपुर पहिलो संस्करणको च्याम्पियन टोली हो। दोस्रो संस्करणमा भने उसको प्रदर्शन खराब थियो। कर्णाली भने औशत प्रदर्शन गरिरहेको टोली भएकाले अझै पहिलो उपाधिकै होडमा रहने छ। जनकपुरसँग हरमीत […] The post एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै : यस्तो छ प्लेइङ ११ appeared first on BIZMANDU.

BizmanduPrivatecontent96 publishers

गोदावरी फूल मेलाको १९औं संस्करण कात्तिक १२ देखि, ५ दिनमा १.३० करोडको कारोबार गर्ने

काठमाडौं। गोदावरी मेलाको १९औं संस्करण कात्तिक १२ गतेदेखि हुने भएको छ। नेपाल फ्लोरीकल्चर एसोसिएसनले तिहार र छठ पर्वलाई लक्षित गर्दै ५ दिनसम्म मेला गर्न लागेको हो। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासहित मेला जावलाखेल खेल मैदानमा कात्तिक १६ गतेसम्म हुनेछ। मेलामा ७८ वटा व्यावसायिक स्टसहित ८६ वटा प्रदर्शनी कक्ष रहने एसोसिएसनले जनाएको […] The post गोदावरी फूल मेलाको १९औं संस्करण कात्तिक १२ देखि, ५ दिनमा १.३० करोडको कारोबार गर्ने appeared first on BIZMANDU.

BizmanduPrivatecontent10 publishers

स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १६ प्रतिशत नगद प्रतिफल

काठमाडौं। स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। यो रकम कर प्रयोजनसहित हो। बैंकको चुक्ता पुँजी हाल १० अर्ब ४ करोड २३ लाख रुपैयाँ छ। बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी […] The post स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १६ प्रतिशत नगद प्रतिफल appeared first on BIZMANDU.

BizmanduPrivatecontent7 publishers

Browse by publisher

37