Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

23 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

4

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख […]

सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई पुनको सुझाव

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउँदै कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन्। उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण […]

गजेन्द्रनारायण सिंह अस्पतालको घटना छानबिन गर्न टोली परिचालन भइसकेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरी परिचालन गरिसकिएको जानकारी दिएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको ११ औँ तहका […]

राहत शिविरमा हेल्प डेस्क राख्न सरकारलाई निर्देशन

काठमाडौँ- रसुवा बाढीबाट प्रभावित महिला, किशोरी, बालबालिका, अपांगता भएका व्यक्ति तथा अन्य जोखिमयुक्त समूहलाई यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार र मानव बेचबिखनबाट जोगाउन प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा ‘हेल्प डेस्क’ र सम्पर्क व्यक्ति राख्न सरकारलाई निर्देशन दिइएको छ। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले महिला मन्त्रालयलाई गोपनीयता र मर्यादा कायम गर्दै […]

Earlier today

2

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यस्तै आज विभिन्न […]

Yesterday

10

‘विगतमा भएका काम र प्रगतिको जानकारी लिएर काम सुरू गर्छु’

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। बिहीबार शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरुले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफूले […]

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच उनले शपथ लिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ दिलाए। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सरकारका मन्त्रीलगायतका पदाधिकारीहरू उपस्थित […]

सोविता गौतमले किन मागिन् माफी?

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन्। बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमा मागेकी हुन्। आफ्नो अभिव्यक्तिले राष्ट्रियसभा सदस्यहरूको भवानमा चोट पुगेको भन्दै रोष्ट्रमबाट माफी मागिन्। मन्त्री गौतमले आफूले प्रतिनिधिसभामा दुईतिहाइ बहुमत भए […]

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन रास्वपाको माग

काठमाडौँ- रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ। भेटिएका शवहरूको तत्काल डीएनए परीक्षण र पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोत साधनसहित प्रभावकारी पहल गर्न माग गरे। उनले भने, ‘विपद् पश्चात्को […]

खर्च अभावले सडकमै बच्चा जन्माएको विषय प्रतिनिधिसभा बैठकमा प्रवेश, सांसद कर्णद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ- आर्थिक अभावले अस्पतालले भर्ना नदिएको र सडकमै बच्चा जन्माएको विषयले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले आज बैठकमा सोही विषयवस्तुलाई उठाउँदै सरकारप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। ‘यो केवल एउटा परिवारको पीडा र दुःखको विषय होइन। यो हाम्रो स्वास्थ्य प्रणाली, राज्यको उत्तरदायित्व, सार्वजनिक अस्पतालको सेवा प्रवाह र सुशासनमाथि गम्भीर […]

राहत कोषमा उठ्यो १२ अर्ब ४३ करोड रुपैयाँ, डलर खातामा दुई करोड १६ लाख डलर संकलन

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ । कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ […]

उपसभामुखले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने, उद्धार कोषमा पठाउन दिइन् निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्। उपसभामुख रुवीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग […]

किन बोलाए बालेनले मन्त्रिपरिषद् बैठक?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ‘भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ’, प्रधानमन्त्री कार्यालयले भनेको छ, ​‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले […]

भोटेकोशी बाढीमा ललितपुरका मात्रै हराए १५७ जना, ९ जना भेटिए

ललितपुर- रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी १५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरुको जनाको खोजी कार्य जारी छ। सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन्। भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी कार्य […]

दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा मानव अधिकार आयोगको प्रतिवेदन पेस गर्दै बालेन

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। आजको बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र […]

Older

7

‘विपद्पछि पर्यटन पुनरुत्थानका लागि ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश विश्वभर पुर्‍याउनुपर्छ’

काठमाडौँ- भोटेकोशी-त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेपछि नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय क्षेत्रमा कायम विश्वास जोगाउन सरकारले तत्काल प्रभावकारी रणनीति अघि बढाउनुपर्नेमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले जोड दिएको छ। समितिले विपद्मा परेका पर्यटक तथा नागरिकको खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय बजारमा ‘नेपाल सुरक्षित छ’ भन्ने विश्वसनीय सन्देश प्रवाह गर्न सरकार र निजी […]

नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत

काठमाडौँ- प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ। सभाको बुधबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरिन्। त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराइन्। त्यसपछि मन्त्री गौतमले यो विधेयक सभामा […]

‘सर्वस्व गुमाएका नागरिकको चित्कार र आक्रोश सुन्ने फराकिलो छाती राज्यसँग हुनुपर्छ’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुक विपत्तिमा परेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विपद् व्यवस्थापनमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्न नहुने भन्दै सुरुवाती घण्टादेखि नै राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालन भएको दाबी समेत गरे। उनले अहिले राज्यले भग्नावशेषमा हराएका मानव […]

प्रतिनिधिसभामा रवि लामिछानेको सम्बोधन [प्रत्यक्ष प्रसारण]

काठमाडौँ- प्रतिनिधिसभा बैठक संसद् भवन सिंहदरबारमा बसेको छ। बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्।

बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १० गते आएको बाढीपछि जारी खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचारलगायत समग्र अवस्थाबारे विस्तृत जानकारी लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल सुरु गरेका हुन्। […]

प्रतिनिधिसभामा आज रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार सदनमा सम्बोधनका लागि लामिछानेले सभामुख डीपी अर्यालसँग समय मागेका छन्। रसुवा बाढीपहिरोका विषयमा सदनमा जानकारी दिन लामिछानेले सम्बोधन गर्न चाहेको उनको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन बस्दै

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन)विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी, कानुनमन्त्री गौतमले नै ‘एसियाली विधायिकी […]

Browse by publisher

37