Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

14 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

5

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै फेला पर्न सकेका छैनन् । बाणगङ्गा नदीमा पौडी खेल्न गएका बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए । […]

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए । चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट […]

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् । लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो […]

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि १६ जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिएका हुन्। उनका अनुसार बाढीपहिरोबाट सात हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापामगरले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई […]

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त […]

Earlier today

1

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको देखिन्छ। राहत तथा अत्यावश्यक सामग्री बोकेर उडिरहेको ड्रोन हेर्न स्थानीयवासीको नजर त्यसैमा अडिन्छ। पहिला मान्छे र खच्चडले बोक्ने सामान अहिले प्रविधिले ओसारेको दृश्य उनीहरूका लागि नौलो बनेको छ। गत भदौ १० गते आएको भोटेकोशीको विनाशकारी बाढीले सडक र पुल भत्काएर आमाछोदिङमोलाई बाहिरी दुनियाँबाट अलग्याइदिएको थियो। […]

Yesterday

4

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ । […]

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगिताबाट ६६६ पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । प्रधान कार्यालयका अनुसार कुल मागमध्ये सशस्त्र प्रहरी जवान पदमा ६०४ जना माग गरिएको छ । […]

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका […]

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको जानकारी गराए। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताए। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढी प्रभावित नेपाललाई न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर […]

Older

4

बाढी प्रभावितका लागि वेत्रावतीमा स्वास्थ्य शिविर, ६४ परिवार लाभान्वित (तस्बिरहरू)

नुवाकोट – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि नुवाकोटको वेत्रावती होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बाढीका कारण प्रभावित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ६४ घरपरिवारलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सेन्टरमा रहेका प्रभावितहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । स्वास्थ्य शिविरमा गायिका […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात छ । त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड […]

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठकमा देशको समसामयिक विषयका साथै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको स्थितिबारे छलफल हुनेछ। बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, उपचार, राहत तथा प्रभावितहरूको पुनर्स्थापना कार्यलाई थप प्रभावकारी […]

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन् । उनीहरुको जनाको खोजी कार्य जारी छ । सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन् । भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, […]

Browse by publisher

37