Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

20 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

5

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए । चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट […]

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डीएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। शव पहिचानका लागि संकलित डीएनए नमुनामा कुनै त्रुटि नहुने […]

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् । उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालले छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई आर्थिक विकास र पूर्वाधार निर्माणका […]

Khabarhub logoKhabarhubPrivate2 publishers

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि १६ जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्यविनायक, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिएका हुन्। उनका अनुसार बाढीपहिरोबाट सात हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापामगरले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई […]

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त […]

Earlier today

3

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर रुपमा प्रभावित भइरहेको उल्लेख गर्दै सीमापार जोखिम न्यूनीकरणमा नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा शनिबार आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो शृङ्खलालाई सम्बोधन गर्दै उहाँले हिमाली क्षेत्रका जोखिम न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताए। […]

Khabarhub logoKhabarhubPrivate3 publishers

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’द्वारा आज आयोजित ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा उनले भोटेकोशीको हालैको बाढीले नेपाल र चीनबीचको सीमा […]

Khabarhub logoKhabarhubPrivate6 publishers

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको देखिन्छ। राहत तथा अत्यावश्यक सामग्री बोकेर उडिरहेको ड्रोन हेर्न स्थानीयवासीको नजर त्यसैमा अडिन्छ। पहिला मान्छे र खच्चडले बोक्ने सामान अहिले प्रविधिले ओसारेको दृश्य उनीहरूका लागि नौलो बनेको छ। गत भदौ १० गते आएको भोटेकोशीको विनाशकारी बाढीले सडक र पुल भत्काएर आमाछोदिङमोलाई बाहिरी दुनियाँबाट अलग्याइदिएको थियो। […]

Yesterday

4

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि बर्दियाको बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु उनीहरू फर्किने आशामा दिनरात बाटो हेरिरहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उनीहरूका छोरा दीपेन्द्र थारु र बुहारी फूलमाया तामाङ सम्पर्कविहीन छन् । छोराबुहारीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएपछि परिवारमा चिन्ता बढेको छ । […]

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै गएको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ । एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको छ […]

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप शुक्रबार काठमाडौं आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत शुक्रबार दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। चिनियाँ दूतावासका […]

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका […]

Older

8

बाढी प्रभावितका लागि वेत्रावतीमा स्वास्थ्य शिविर, ६४ परिवार लाभान्वित (तस्बिरहरू)

नुवाकोट – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि नुवाकोटको वेत्रावती होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बाढीका कारण प्रभावित भएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ६४ घरपरिवारलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सेन्टरमा रहेका प्रभावितहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । स्वास्थ्य शिविरमा गायिका […]

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशीमा आएको बाढी तथा प्रलयबाट प्रभावित रसुवाका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। कालिका गाउँपालिका–१, राम्चेका बाढीपीडित ७२ परिवारका लागि संकलन गरिएको राहत सामग्री फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरेका हुन्। पीडित परिवारका आफन्तको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो। […]

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताए । बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न आज नुवाकोट आएका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने […]

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको कामनासहित काठमाडौंको बौद्धनाथ परिसरमा ११ हजार १ सय ११ दीप प्रज्वलन गरिएको छ । नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिन्पा र फाउन्डेसनकी अध्यक्ष तथा संस्थापक चिनियाँ मूलकी जिउमेईले संयुक्त रूपमा मुख्य दीप प्रज्वलन गरेपछि सहभागीहरूले दीपसहित बौद्धनाथ स्तूपको परिक्रमा गर्दै प्रार्थना गरेका थिए। गेसे […]

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने कतिपय मालवस्तु अवरुद्ध नाका परिवर्तन गरी वीरगन्जबाट भित्रिन थालेपछि आयात बढेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताए । ‘दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात छ । त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड […]

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो । नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरूको किनमेल गर्न चीन पक्षले कोरला नाकाको तिब्बती […]

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि मार्फत नमुना परीक्षण अघि बढाएको हो । सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले बाढी प्रभावित क्षेत्र तथा मृतकका […]

Browse by publisher

37