Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

15 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

4

साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौं – यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरी पूजा, आराधना गर्नेको घुइँचो लागेको छ । मन्दिरमा आउने सबै दर्शनार्थीले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएकाले मन्दिर परिसरभित्र बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । पशुपतिनाथसहित देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको दिनभरि घुइँचो लागेको थियो । पशुपतिनाथ […]

देवघाटमा भक्तजनको घुइँचो

काठमाडौं– साउन महिनाको पहिलो सोमबार पवित्र तीर्थस्थल चितवनको देवघाटमा भक्तजनको घुइँचो लागेको छ । त्रिशुली र कालीगण्डकी नदीको पवित्र बेणीसङ्गममा स्नान गरी भगवान् शिवको पूजा–आराधना तथा दर्शन गर्न देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू देवघाट पुगेका हुन् । साउन महिना भगवान् शिवलाई समर्पित पवित्र महिना मानिने भएकाले प्रत्येक सोमबार शिवालय तथा धार्मिक तीर्थस्थलहरूमा भक्तजनको विशेष चहलपहल रहने […]

आँखामा हिलो परेपछि माड्नुहुन्छ ? हुन सक्छ यस्तो जोखिम

चितवन– बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो । अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा […]

Khabarhub logoKhabarhubPrivate3 publishers

स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, […]

Earlier today

3

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएकाे क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको कारण मानिसमा सामान्य क्षति भएको उपचारका […]

Khabarhub logoKhabarhubPrivate7 publishers

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए । अत्यधिक वर्षाका कारण […]

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– आज साउन महिनाको पहिलो सोमबार । सौरमासअनुसार साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन महिनाको पहिलो सोमबार भगवान शिवको पूजाआराधनाका लागि आज बिहानै देखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाका चारवटै ढोका बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ । साउन महिना भगवान् शिवको […]

Yesterday

7

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन– स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द […]

प्रक्षेपणअनुसार बाढीको खतरा छैन : मौसम विभाग

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको जस्तो बाढीको खतरा नरहेको जनाएको छ । यद्यपि, आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम […]

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन

चितवन– चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो । अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स-रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो […]

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन– वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो । […]

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए । सार्क मुलुकका २२ हजार ८८३ तथा […]

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल […]

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानैदेखि सञ्चालनमा आए पनि जलविरेमा दुर्घटना हुँदा पुनः अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार १० बजेदेखि यस सडकखण्डमा चल्ने सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहान ७:१५ बजेदेखि सडक खुला गरिएलगत्तै जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा सडक अवरुद्ध हुन पुगेको […]

Older

1

चितवनमा १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्न सरकारको पहल

चितवन- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बीच करिब १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधानका लागि सरकारको पहल सुरु भएको बताएका छन् । शुक्रबार दुवै शैक्षिक संस्थाको अनुगमन गर्दै मन्त्री पोखरेलले शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको निरीक्षण गरे थिए । त्यसक्रममा उनले […]

Browse by publisher

37