Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

17 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् । उनले विभागको अनुगमन गर्नुका साथै विभागका कर्मचारीसँग छलफल गरेको मन्त्रालयका उपसचिव विमला रोकाले जानकारी दिइन् । मन्त्री मेहताले विभागलाई क्षमता विस्तार गर्दै प्रभावकारी बनाउनुपर्ने जोड दिए। सो अवसरमा विभागका निमित्त महानिर्देशक शोमाकान्त रिजालले विभागको समग्र कामकारवाहीका बारेमा […]

रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार

त्रिवेणी– रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-१४ की सुशीला रोकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । रोकाले आज जिल्ला अस्पताल सल्लेमा जुम्ल्याहा शिशुलाई जन्म दिएका हुन् । सुत्केरी आमा तथा जुम्ल्याहा नवजात शिशुको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न […]

होल्डिङ सेन्टरमा गम्भीर बिरामी परेका सुकुम्वासी भेषबहादुरको उपचारका क्रममा मृत्यु

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए। परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो समय […]

Earlier today

5

विश्वव्यापी तापक्रम बढेसँगै ‘लु’ को जोखिम उच्च, यस्ता छन् बच्ने उपाय

काठमाडौं– विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर ‘लु’ को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन पूर्वतयारी गर्नुपर्ने बताए । लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न […]

Khabarhub logoKhabarhubPrivate4 publishers

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ। गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताएका छन् । गाजा सहरको अल–सिफा अस्पतालमा भएको […]

Khabarhub logoKhabarhubPrivate4 publishers

सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए

काठमाडौं– सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ । खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो । हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । एक सातासम्म हराएपछि जीवितै […]

Khabarhub logoKhabarhubPrivate7 publishers

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा– मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिए । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो । जसमध्ये […]

Khabarhub logoKhabarhubPrivate5 publishers

औषधी आपूर्तिमा देखिएका समस्याबारे स्वास्थ्यमन्त्री औषधी विभागबीच छलफल

काठमाडौं– औषधी आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या, गुनासा र तिनको समाधानका उपायबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधी व्यवस्था विभागका प्रतिनिधिबीच बुधबार छलफल भएको छ । छलफलमा विशेषगरी क्यान्सरविरुद्ध प्रयोग हुने औषधी तथा इम्युनोसप्रेसन्ट औषधीको आपूर्ति र व्यवस्थापनसम्बन्धी विभिन्न माध्यमबाट प्राप्त गुनासाहरूको वास्तविक अवस्था तथा समस्या समाधानका सम्भावित उपायहरूबारे विचार–विमर्श गरिएको स्वास्थ्य मन्त्री […]

Khabarhub logoKhabarhubPrivate2 publishers

Yesterday

9

स्वास्थ्य बिमा सुधारबारे मन्त्री मेहताद्वारा अस्पताल प्रमुखसँग छलफल

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा देखिएका समस्या समाधान गर्नका लागि छलफल गरेका छन् । मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्ड र उपत्यकाका सरकारी अस्पतालका प्रमुखसँग आज मन्त्रालयमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा विद्यमान असहजता र सुधारका बारेमा छलफल गरेका हुन् । छलफलमा मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रम गरिबी जनताको स्वास्थ्यसँग जोडिएकाले […]

Khabarhub logoKhabarhubPrivate

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या

कञ्चनपुर – सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन् । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन् । महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले आपूर्ति […]

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा […]

अस्पतालको जग्गा जोगाउन मन्त्रालयको ताकेता, तीन दिनभित्र विवरण पेश गर्न निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल, काउन्सिल तथा अनुसन्धान केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा तथा भौतिक पूर्वाधारको संरक्षण गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार जारी गरेको पत्रमार्फत यसअघि दिइएको निर्देशन कार्यान्वयन नगर्ने ४० भन्दा बढी स्वास्थ्य निकायलाई तीन दिनभित्र प्रगति विवरण बुझाउन अन्तिम समयसीमा तोकेको हो । ताकेता पत्र पाउने […]

जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना

काठमाडौं– नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले आज धुलिखेलमा स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्ज, केएफ डब्ल्यु विकास बैंक, जिआईजेड नेपालका साथै नेपाल सरकारका वरिष्ठ अधिकारी, धुलिखेल […]

स्वास्थ्य बीमा कार्यक्रमका चुनौती र सुधारका उपायबारे छलफल

काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावनाबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री नीशा मेहता ले स्वास्थ्य बीमा बोर्ड र संघीय अस्पतालका प्रमुखहरूसँग छलफल तथा अन्तरक्रिया गरेकी छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव, स्वास्थ्य बीमा बोर्डका पदाधिकारी तथा विभिन्न संघीय अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलका […]

Khabarhub logoKhabarhubPrivate

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताएका हुन् । बोर्डले यही जेठ १६ गतेबाट वित्तीय स्रोतको अभावलाई […]

सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल

काठमाडौं– सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउन सरकारले पहल सुरु गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच देशभरीका सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको अवस्था पहिचान गर्ने, तिनको प्राविधिक मूल्याङ्कन गर्ने तथा राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत […]

स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी स्वास्थ्य परिषद्, अस्पताल तथा बोर्डहरूमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आयुर्वेद चिकित्सा परिषद्, स्वास्थ्य अनुसन्धान परिषद्, नर्सिङ परिषद्, स्वास्थ्य व्यवसायी परिषद्, फार्मेसी परिषद्, मेडिकल काउन्सिल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गंगालाल हृदय रोग केन्द्र […]

Browse by publisher

38