Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

15 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

6

भोटेकोशी बाढी : जुम्लामा डीएनए परीक्षणका लागि नमूना सङ्कलन

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षणको नमूना सङ्कलन गरिएको छ ।जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डीएनए परीक्षणको नमूना सङ्कलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिए ।जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहकार्यमा पातारासी

Lokaantar logoLokaantarPrivatestory109 publishers

भोटेकोशी बाढी : २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौं ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डीएनए

Lokaantar logoLokaantarPrivatestory586 publishers

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम [फोटो फिचर]

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ।आज दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फ यातायात प्रभावित भएको थियो ।पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ।तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

Lokaantar logoLokaantarPrivatestory4 publishers

भोटेकोशी बाढी : १ हजार ४३६ शव फेला

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये १ हजार ४३६ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् ।फेला परेका शव पहिचानका लागि ‘डीएनए’ नमूना सङ्कलन गरी हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डीएनए नमूना

Lokaantar logoLokaantarPrivatestory586 publishers

आइतबार ३१ जिल्लामा वडा अधिवेशन गर्दै कांग्रेस

नेपाली कांग्रेसमा १५ औं महाधिवेशन अन्तर्गत ३१ जिल्लामा आज आइतबार वडा अधिवेशन हुँदैछ । निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले शनिबार ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपश्चचात निर्वाचन सम्पन्न भइसकेको जानकारी दिए ।उनका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्ला आइतबार वडा अधिवेशन हुँदैछ । कांग्रेसले यही असोज १६ देखि १९ गतेसम्म हुने १५ औं केन्द्रीय महाधिवेशन अन्तर्गत शनिबारदेखि वडा अधिवेशन गरिरहेको छ ।शनिबार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्

Lokaantar logoLokaantarPrivatestory71 publishers

कांग्रेसको वडा अधिवेशन आज ३१ जिल्लामा

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा आज वडा अधिवेशन हुन लागेको हो ।कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँद

Lokaantar logoLokaantarPrivatestory71 publishers

Older

9

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको पूर्वसन्ध्यामा सुरु भएको वडा अधिवेशन देशभर उत्साहजनक रूपमा अघि बढेको छ।पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार, आज पहिलो दिन ४३ जिल्लाका ३,३९६ वडामा निर्वाचन सम्पन्न भएको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर,

Lokaantar logoLokaantarPrivatestory71 publishers

चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, असोज ६ गतेसम्म टेस्ट ड्राइभ

एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले चाङ्गान नेभो Q05 को अल्ट्रा भेरियन्ट पोखरामा सार्वजनिक गरेको छ । कम्पनीले नेभो Q05 को प्रत्यक्ष अनुभव दिलाउन पोखराको चाउथेस्थित डीपल शोरूममा शनिबार (असोज ३) देखि ६ गतेसम्म चार दिने विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने जनाएको छ ।नेभो Q05 को अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजार रूपैयाँको विशेष मूल्यमा सार्वजनिक गरिएको हो । कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नेभो Q05 लाई कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव प्रदान गर्ने गरी विकास गरिएको कम्पन

Lokaantar logoLokaantarPrivatestory11 publishers

चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो हात्ती मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ । रोनाल्डो बीसहजारी पोस्ट नजिकै मृत भेटिएको हो ।रोनाल्डोको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ । मृत्युको कारण अनुसन्धानपछि मात्रै यकिन हुने निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रेटी’का रूपमा परिचित रोनाल्डोले खोरसोरस्थित हात्ती प्रजनन् तथा ताल

Lokaantar logoLokaantarPrivatestory18 publishers

३५ जिल्लामा वडा अधिवेशन हुँदै, ३९ जिल्लामा भोलि

नेपाली कांग्रेसमा १५ औँ महाधिवेशन अन्तर्गत ३५ जिल्लामा वडा अधिवेशन जारी रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले ३५ जिल्लामा वडा अधिवेशन भइरहेको बताए । बाँकी रहेका ३९ जिल्लामा भोलि वडा अधिवेशन हुने उनको भनाइ छ ।कटुवालका अनुसार रसुवा र नुवाकोटमा ७ र धादिङमा ५ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको छ । ‘३५ जिल्लामा अधिवेशन भइरहेको छ । ३९ जिल्लाको भोलि हुनेछ‚’ उनले भने‚ ‘रसुवा र नुवाकोटमा ७ गते तथा धादिङमा ५

Lokaantar logoLokaantarPrivatestory71 publishers

रसुवाबाहेक देशभर कांग्रेसको वडा अधिवेशन, अधिकांशमा सर्वसम्मतिको दाबी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजबाट शुरू भएको छ ।पार्टीको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बाढी प्रभावित जिल्ला रसुवाबाहेक सबै जिल्लामा धमाधम वडा अधिवेशन भइरहेको जानकारी दिए । तराईका आठ जिल्लामा पनि अधिवेशन भइरहेको उनको भनाइ छ । ‘केही जिल्लाका वडामा भोलि अधिवेशन हुन्छ,’ उनले भने ।संयोजक खड्काले ६ हजार ७४३ वडामध्ये आज आधाभन्दा बढी संख्यामा वडा अधिवेशन सम्पन्न हुने दाबी गरे । ‘म आफैं प्रतिनिधि रहेको बूढानीलकण्ठ नगरपा

Lokaantar logoLokaantarPrivatestory71 publishers

कांग्रेस आजदेखि महाधिवेशनमा होमिने, भोलिसम्म वडा अधिवेशन

नेपाली कांग्रेस आजदेखि महाधिवेशनमा होमिने भएको छ । १५औं महाधिवेशनअन्तर्गत कांग्रेसले आजदेखि वडा अधिवेशन शुरू गर्न लागेको हो । आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ । वडा अधिवेशनले वडा कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ।क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । गाउँपालिका, नगरपालिका, उपमहान

Lokaantar logoLokaantarPrivatestory71 publishers

भोटेकोशी बाढी : नुवाकोटका दुई हजार परिवारको आवासमा क्षति

गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहमा बसोबास गर्दै आएका एक हजार नौ सय ५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो । बाढीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी शम्भुप

Lokaantar logoLokaantarPrivatestory121 publishers

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ । समितिका सदस्य सचिव राजु कटुवालले आज विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार

Lokaantar logoLokaantarPrivatestory71 publishers

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ ।भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल भएको बताए । त्यसका लागि सल्लाहकार समिति, निर्माण समिति र स्रोत व्यवस्थापन समिति बनाएर स्मृति उद्यान निर्माणको कार्य अघि बढाउने उनले बताए ।

Lokaantar logoLokaantarPrivatestory5 publishers

Browse by publisher

37