Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

19 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

11

कर्णालीसँग हारेपछि सन्दीप लामिछानेले के भने ?

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग पराजित भएपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको ब्याटिङ र साझेदारी चल्न नसक्नु नै हारको मुख्य कारण भएको बताएका छन्।बिहीबार कर्णालीसँगको खेलमा लक्ष्य रक्षा गर्न नसकेर पराजय भोगेपछि खेलपछिको 'पोस्ट-म्याच' कुराकानीमा कप्तान लामिछानेले आफ्नो टोलीको कमजोरीबारे खुलेर कुरा गरेका हुन्।उनले भने, 'हामीले सोचेअनुरूपको स्कोर बोर्डमा खडा गर्न सकेनौं। यस्तो प्रतियोगितामा ब्याटरहरूले जिम्मेवारी लिएर खेल्नुपर्ने हुन्छ, त

Lokaantar logoLokaantarPrivatestory10 publishers

रोमाञ्चक खेलमा कर्णालीको सानदार जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।कर्णालीको जितमा सोमपाल कामीले अविजित ६२ रन बनाए। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले अविजित २८ रन जोडे। पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२ र दीपक डुम्रेले २० रन बनाए।बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले ३ तथा चरिथ असलंका, प्रतीश जिसी र सन्दीप लाम

Lokaantar logoLokaantarPrivatestory40 publishers

कर्णालीले सन्दीपको विराटनगरलाई स्तब्ध पार्दा त्रिवि मैदानमा जे देखियो, तस्बिरहरु

कर्णाली याक्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई ४ विकेटले हराउँदै एनपीएलमा रोमाञ्चक जित निकालेको छ।बिहीबार त्रिवि मैदानमा सोमपाल कामीको अविजित ६२ रनसँगै कर्णालीले १८७ रनको लक्ष्य पूरा गर्दा देखिएका रोमाञ्चक क्षणहरू तस्बिरमा-

Lokaantar logoLokaantarPrivatestory40 publishers

लोकेश बमको आक्रामक अर्धशतकसँगै विराटनगरले कर्णालीलाई दियो १८७ रनको विशाल लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा विराटनगर किङ्सले कर्णाली याक्सलाई जितका लागि एक सय ८७ रनको विशाल लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८६ रन बनायो ।जारी सिजनको एनपीएलमा हालसम्म कुनै पनि टोलीले बनाएको यो नै उच्च स्कोर हो । यसअघि विराटनगरविरुद्ध चितवन राइनोजले एक सय ५७ रन बनाएको थियो ।विराटनगरका लागि ओपनर ब्याट्सम्यान लोकेश बमले ८७ रनको योगदा

Lokaantar logoLokaantarPrivatestory40 publishers

एनपीएल : कर्णालीविरुद्ध विराटनगरका लोकेश बमले बनाए अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबार जारी कर्णाली याक्सविरुद्धको खेलमा विराटनगर किङ्सका ब्याट्सम्यान लोकेश बमले अर्धशतक बनाएका छन् ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनले ३२ बलको सामना गरी ६ छक्का र एक चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।उनी एनपीएलको तेस्रो संस्करणमा अर्धशतक बनाउने चौथो ब्याट्सम्यान हुन् । यसअघि बिहीबार नै काठमान्डु गोर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका मोइन अलीले अर्धशतक बनाएका थिए ।त्यसअघि, विराटनगर किङ्सविरुद्ध चितवन राइनोजका डेविड मलानले र पोखरा एभेन

Lokaantar logoLokaantarPrivatestory7 publishers

कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल साँझ ५ बजेबाट शुरू हुनेछ ।यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा कर्णाली याक्स विजयी र विराटनगर किङ्स पराजित भएका थिए ।

Lokaantar logoLokaantarPrivatestory40 publishers

सुखद शुरूआतबाट उत्साही कर्णाली र पहिलो हारबाट झस्किएको विराटनगरबीच रोचक भिडन्त

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बिहीबार कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् ।विराटनगर किङ्स र कर्णाली याक्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे शुरू हुनेछ । एनपीएलको तेस्रो संस्करणमा कर्णाली र विराटनगर दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । तर, यी दुवै टोलीको अवस्था भने नितान्त फरक छ ।कर्णाली याक्स आफ्नो पहिलो खेलमा विजयी भएको थियो । कर्णालीले आफ्नो पहिलो खेलमा पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सलाई १९ रनले हराए

Lokaantar logoLokaantarPrivatestory96 publishers

मोइन अलीको उत्कृष्ट अर्धशतकसँगै जनकपुरले काठमान्डुलाई ८ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई आठ विकेटले हराएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको काठमान्डुले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन बनाएको थियो ।जवाफी ब्याटिङमा ओर्लिएको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १७.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो ।दोस्रो खेल खेलेको जनकपुरको यो पहिलो जित हो । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थि

Lokaantar logoLokaantarPrivatestory96 publishers

जनकपुरविरुद्ध काठमान्डुले पहिला ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती काठमान्डु गोर्खाजले पहिले ब्याटिङको निर्णय लिएको हो । खेल १२:३० बजे शुरू हुनेछ ।काठमान्डु गोर्खाजको यो पहिलो खेल हो । जनकपुर बोल्ट्सले भने दोस्रो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा जनकपुर पराजित भएको थियो ।

Lokaantar logoLokaantarPrivatestory96 publishers

तेस्रो पटक आपसमा भिड्दैछन् काठमान्डु र जनकपुर, यस्तो छ दुवै टोलीको अवस्था

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज (बिहीबार) जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच पहिलो खेल हुँदैछ । काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे शुरू हुनेछ ।एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले आफ्नो दोस्रो र काठमान्डु गोर्खाजले पहिलो खेल खेल्न लागेका हुन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले नौ विकेट गुमाएर एक सय ३२ रन बनाएको थिय

Lokaantar logoLokaantarPrivatestory96 publishers

एनपीएलमा आज दुई खेल हुँदै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२:३० तथा दोस्रो खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ ।

Lokaantar logoLokaantarPrivatestory96 publishers

Older

8

सरसर्ती २४ घण्टा : चक्रवात ‘अर्नब’को असरदेखि यस्ता छन् मुख्यमुख्य घटनाक्रम

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।००००नेपाल प्रिमियर लिग सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले रोमाञ्चक जित दर्ता गरेको छ । बलियो मानिएको विराटनगर किंग्सलाई मंगलबार चितवनले ८ रनले पराजित

Lokaantar logoLokaantarPrivatestory96 publishers

जनकपुरलाई स्तब्ध पार्दै कर्णालीको विजयी सुरुवात, १९ रनले जित्यो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो ।जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । मोइन अलीले १९, हरमित सिंहले १९, जेम्स निसमले १५ र मेयन यादवले १४ रन जोडे । अनिल साहले ११ रन बनाए ।कर्णालीका हुसेन तलात र उन्निश ठाकुरीले तीन–तीन विक

Lokaantar logoLokaantarPrivatestory96 publishers

कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्टसलाई १३३ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो ।कर्णालीका लागि अरिफुल इस्लामले ४३, पवन सर्राफले ३७, दीपक डुम्रेले १३ तथा गुलशन झाले १२ रन बनाए ।बलिङतर्फ जनकपुरका लागि हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई/दुई विकेट लिए ।यस्तै, ललित राजवंशीले एक विकेट लिए ।

Lokaantar logoLokaantarPrivatestory9 publishers

विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले रोमाञ्चक जित दर्ता गरेको छ ।बलियो मानिएको विराटनगर किंग्सलाई मंगलबार चितवनले ८ रनले पराजित गरेको हो ।१५८ रनको चुनौती पच्छ्याएको विराटनगर ३ बल बाँकी छँदा १४९ रनमा समेटियो ।इमरान शेखले ३९ र आन्द्रे रसेलले ३३ रनको आक्रामक पारी खेले पनि टीमलाई जितसम्म डोहोर्‍याउन सकेनन् ।चितवनका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए ।कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाए

Lokaantar logoLokaantarPrivatestory63 publishers

एनपीएल : चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्स सामु १५८ रनको चुनौती पेश गरेको छ ।कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन जोड्यो ।चितवनको पारीमा डेविड मलानले सर्वाधिक ७० रनको पारी खेले । कप्तान रवि बोपाराले ३२ रन जोडे ।विराटनगरका लागि एन्जेलो म्याथुज, आन्द्रे रसेल र चरिथ असलङ्काले समान १ विकेट लिए ।

Lokaantar logoLokaantarPrivatestory63 publishers

मोइनको साथ पाएको पूर्वच्याम्पियन जनकपुरविरुद्ध डेभिड मिलरको आगमनले उत्साही कर्णालीको हुँकार

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा मंगलबार जकनपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ ।जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्री रूपमा १७:०० बजे शुरू हुनेछ ।एनपीएलको इतिहासमा जनकपुर बोल्ट्सको इतिहास निकै उतार–चढावपूर्ण छ । जनकपुरले अब्बल प्रदर्शनसहित पहिलो संस्करणको उपाधि नै चुमेको थियो ।तर, एनपीएलको दोस्रो संस्करणमा जनकपुरको प्रदर्शनमा नाटकीय परिवर्तन देखिएको थियो । दोस्रो संस्करणमा जनकपुर केवल एक खेल जित्दै लिग

Lokaantar logoLokaantarPrivatestory3 publishers

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार हुने खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।यी दुवै टोलीले जारी सिजनको एनपीएलमा आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । खेल १२:३० बजेबाट शुरू भएको छ ।

Lokaantar logoLokaantarPrivatestory63 publishers

रसेल र म्याथ्यूजको विराटनगरलाई सिकन्दर र बोपाराको चितवनले चखाउला त हारको स्वाद ?

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा आज (मंगलबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्सले चितवन राइनोजको सामना गर्नेछ ।विराटनगर र चितवनबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे शुरू हुनेछ । जारी सिजनमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।चितवन राइनोज एनपीएलको पहिलो संस्करणमा चौथो र दोस्रो संस्करणमा सातौँ भएको थियो । विराटनगर किङ्स भने पहिलो संस्करणमा छैटौँ र दोस्रो संस्करणमा तेस्रो भएको थियो ।एनपीएल इतिहासमा मंगलबार यी दुई टोली तेस्रो पटक

Lokaantar logoLokaantarPrivatestory63 publishers

Browse by publisher

37