Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

29 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

6

विपद्का बेला सुरक्षा निकायविरुद्ध घृणा फैलाएको आरोपमा जनक परियार पक्राउ

काठमाडौँ । विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकविरुद्ध सार्वजनिक नैतिकता र शिष्टाचारविपरीतका सामग्री सामाजिक सञ्जालमा प्रकाशन गरी घृणा तथा द्वेष फैलाएको आरोपमा जनक परियार पक्राउ परेका छन् । आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु रुकुम पश्चिम घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८, बानियाटार बस्ने २७ वर्षीय परियारलाई काठमाडौँ महानगरपालिका–३१, अनामनगरबाट नियन्त्रणमा […]

पहिरोले रोक्यो सडक, वैकल्पिक रुटबाट पाँच दिनमै काठमाडौँ भित्रिए सवा २ लाख ग्यास सिलिण्डर

पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।

भोटेकोशी बाढी: शव पहिचानमा प्रहरीका यस्ता तीन उपाय

काठमाडौं । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए । शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै […]

महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराएका हुन्। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंसिर २१ […]

इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ । इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९ः५३ को रहेको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए । रुख […]

सीमाभन्दा माथि उठेर नेपाल–चीन सहकार्य विस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’द्वारा आज आयोजित ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा उनले भोटेकोशीको हालैको बाढीले नेपाल र […]

Earlier today

2

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने झलनाथको प्रतिबद्धता, बीआरआई परियोजना कार्यान्वयनमा ढिलाइ भएकोप्रति चिन्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले एक–चीन नीतिप्रति नेपालको प्रतिबद्धता व्यक्त गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन दिन नहुने बताए। आपसी विश्वास, सार्वभौमिकताको सम्मान तथा एकअर्काका मूलभूत चासोप्रतिको संवेदनशीलता नेपाल–चीन सम्बन्धका अपरिहार्य आधार भएको उनको भनाइ […]

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

बनेपा । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ । गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ । गुँला धर्म नेवार समुदायको महत्वपूर्ण […]

Yesterday

8

कर्णाली नेपाल भलिबल लिगको फाइनलमा

लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए । कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्ने छ ।

ग्यासको कालोबजारीविरुद्ध प्रहरी अप्रेसन- दुई दिनमा ८९४ सिलिण्डर बरामद

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा ग्यास सिलिन्डर भण्डारण तथा कालोबजारी भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अप्रेसन तीव्र पारेको छ । अनुसन्धानका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिन्डरहरु नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार हिजो र आज गरी […]

उद्योगीसँग छलफलमा प्रधानमन्त्री, को-को छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायतका उद्योगी व्यवसायी सहभागी रहेको सचिवालयले जनाएको छ । मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको […]

पार्टीभित्रको फोहोर सफा गर्न निर्मम हुन्छु, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन १ घण्टा पनि नसर्ने बताएका छन्।

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो […]

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो । आयुष र […]

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए । मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने […]

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने […]

Older

13

कर्णाली एनभीएलको प्लेअफमा

काठमाडौं । कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोस्रो खेलमा मधेश वारियर्सलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ ले पराजित गर्दै कर्णालीले प्लेअफमा स्थान बनाएको हो । ४ जित र १ हार व्यहोरेको कर्णालीले ११ अंक जोड्यो । कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान […]

माइतीघरमा आत्मदाह प्रयास गरेकी जेनजीको कथा : ९ महिनादेखि जलेको संसद भवनभित्रै बसेकी थिइन्

काठमाडौंको माइतीघरमा अस्ति एक जेनजी युवतीले आफ्नै शरीरमा आगो लगाएर अहिले अस्पतालमा छिन् । शरीरमा ३५ प्रतिशत जलन भएकाले उनको अवस्था 'क्रिटिकल' छ ।

कांग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक, को कहाँ ?

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजक तोकेको छ।

सिरहा पुगेर प्रचण्डले भने- हिमाल, पहाड र तराईबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता हुँ

'म मात्रै नेपालमा त्यस्तो पूर्वप्रधानमन्त्री भएँ, जो तराई मधेशबाट पनि निर्वाचन लडेर जित्यो, राजधानीमा पनि निर्वाचन लडेर जित्यो, चितवन भित्री मधेशमा पनि निर्वाचन लडेर जित्यो र गोरखाबाट पनि निर्वाचन लडेर जित्यो र अहिले हिमालीमा छु, विचार गर्नुस्, अरू कोही छैनन् ।'

१७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहको गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान समेत […]

अन्नपूर्ण एनभीएलको फाइनलमा, सगरमाथा बाहिरियो

काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)मा फाइनलमा प्रवेश गरेको । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ । पहिलो […]

बाढी प्रभावित क्षेत्रमा पुगेका देउवाले भने- सरकारले के गरिरहेको छ बुझ्न आएको हुँ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका छन्। आफूनिकट नेताहरूलाई साथ लिएर देउवा प्रभावित क्षेत्रमा पुगेका हुन्। देउवासहित डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेतलगायतका नेताहरू नुवाकोट पुगेका छन्। प्रभावित क्षेत्रमा जानुअघि देउवा नुवाकोट पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँग छलफलमा बसे। पार्टी कार्यालयमा पुगेर खोज तथा […]

उद्योगमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महासंघले भन्यो- उद्योगीलाई दोष दिएर ग्यास समस्या सुल्झिँदैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधि सभाको उद्योग समिति बैठकमा मन्त्री यादवले व्यक्त गरेको धारणाप्रति महासंघले असन्तुष्टि जनाएको हो । एलपी ग्यास आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगी–व्यवसायीलाई दोषी देखाउने काम भएको महासंघको भनाइ छ । मन्त्री यादवले उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज […]

काठमाडौं उपत्यकामा नयाँ रुटसहित रात्रि बसको सेवा विस्तार

काठमाडौं । आगामी असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । काठमाडौँ उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज ३ […]

ग्यास अभावको विरोध : विद्यार्थीले सडकमै दाउरामा गुन्द्रुक-भात पकाएर खाए (तस्बिरहरु)

अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पस गेटमा दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएका हुन्।

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बीज२४ म्यानेज्ड वाईफाइ सोलुसन

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायका लागि नेपालकै पहिलो Managed Wi-Fi Solution – Biz24 उपलब्ध गराएको छ। साना तथा मध्यम व्यवसायका सञ्चालकहरूसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा गरिएको विभिन्न चरणको परीक्षणबाट Biz24 तयार पारिएको हो। व्यावसायिक परिसरको हरेक कुनासम्म एक समान र भरपर्दो Wi-Fi कभरेज सुनिश्चित गर्न तथा आफ्नो Wi-Fi नेटवर्कलाई क्लाउड मार्फत […]

कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा सवारीको चाप (तस्बिरहरु)

कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ ।

Browse by publisher

37