Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

33 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

7

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, २० जनाको हवाई उद्धार

काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट आज २० जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार २०८३ भदौ २७ गते १७३० बजेसम्म गरिएको उद्धारसँगै हालसम्म हवाई साधनमार्फत उद्धार हुनेको संख्या ४ हजार १५७ पुगेको छ । हालसम्म उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना स्वदेशी र २८३ जना विदेशी रहेका छन् । टनेलमा […]

अमेरिकी नेपाली युवाले स्थापना गरेको ‘भिल’ द्वारा बाढीपीडितका लागि १ करोड सहयोग

काठमाडौं । अमेरिकामा नेपाली युवाले स्थापना गरेको आईटी कम्पनी ‘भिल’ ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत राहत कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ । उक्त […]

भोटेकोशी बाढी: शव पहिचानमा प्रहरीका यस्ता तीन उपाय

काठमाडौं । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए । शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै […]

जलवायु परिवर्तनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गर्दै सुनसरीमा प्रदर्शन

विराटनगर ।जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायोचित क्षतिपूर्ति माग गर्दै सुनसरीमा प्रदर्शन भएको छ। जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि यसको क्षतिको मार नेपालले खेप्नु परेको भन्दै क्षतिपूर्ति माग गरिएको हो । सुनसरीको रामधुनी नगरपालिकाका नागरिक समाज तथा सामाजिक अगुवाहरूको अगुवाइमा जलवायु परिवर्तनका कारण नेपाली पीडित भएको भन्दै न्यायको माग गर्दै प्रदर्शन गरिएको हो। विभिन्न […]

भोटेकोशी बाढीमा अभिभावक गुमाएका २५ बालबालिकाको संरक्षण गर्ने द्वन्द्वपीडित बालगृहको घोषणा

सर्लाही । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहले भोटेकोशी बाढीमा परेर अभिभावक गुमाएका २५ जना बालबालिकाको संरक्षण गर्ने भएको छ । चेतना सन्देश नेपालद्वारा सञ्चालित बालगृहले बिहीबार साँझ पत्रकार सम्मेलन आयोजना गरी बाढीका कारण अभिभावकविहीन भएका २५ जना बालबालिकाको पालनपोषण, शिक्षा तथा संरक्षणको जिम्मेवारी लिने घोषणा गरेको हो । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा […]

भोटेकोशी बाढीका कारण स्थगित करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा हुने भएको छ । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो । साउन १ गतेदेखि सुचारु रहेको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने […]

सीमाभन्दा माथि उठेर नेपाल–चीन सहकार्य विस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’द्वारा आज आयोजित ‘काष्ठमण्डप संवाद’ शृङ्खलाअन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा उनले भोटेकोशीको हालैको बाढीले नेपाल र […]

Earlier today

1

प्रभावित क्षेत्रको निरीक्षणपछि प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- जलवायु न्यायको मुद्दा विश्वमञ्चमा उठाउनुस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो विपत्तिलाई सामान्य बाढी नभई प्रलय नै आएको बताए। असाधारण रूपमा आएको विपत्तिको कारण जलवायु परिवर्तनको असर भएको बताए। हिमालमा […]

Yesterday

13

भोटेकोशीका बाढीपीडितलाई राक्सिराङ गाउँपालिकाको साढे ३२ लाख सहयोग

हेटौँडा । नेपालकै छैटौँ गरिब गाउँपालिका मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोटेकोशीका बाढीपीडितलाई ३० लाख ६२ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न कोषबाट रकम सङ्कलन गरी सहयोग उपलब्ध गराउने निर्णय भएको हो । पालिका, […]

बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका २ अर्ब ३४ करोड लाग्ने अनुमान

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।

भोटेकोशी बाढी– आज ३० जनाको उद्धार, टनेलमा के छ प्रगति ?

काठमाडौँ । भोटेकोशी बाढीका क्रममा हराइरहेकामध्ये नेपाली सेनाले आज ३० जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालयद्वारा जारी अपडेटअनुसार यससँगै सेनाद्वारा उद्धार गरिएकाको संख्या ४ हजार १३७ पुगेको छ । सेनाको टनेलमा खोज तथा उद्धार अभियानअन्तर्गत आज रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी टोलीसहित संयुक्त रूपमा खोज तथा उद्धार कार्य भइरहेको […]

ग्रीन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

भोटेकोशी बाढीपछि राहत र उद्धारमा सक्रिय ग्रीन आर्मी नेपालविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ ।

बाढीपछिको उद्धारदेखि डीएनए संकलनसम्म ८ देशका टोली नेपालमा सक्रिय

भोटेकोशी बाढीका कारण भएको क्षतिमा विदेशी मित्रराष्ट्रहरुबाट सहायता आउने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ ।

अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन् । भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पराजुलीलाई आगामी मङ्सिर मसान्तसम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो । भोटेकोशीमा आएको बाढीपछि अर्थ मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय राहत, उद्धार र पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अल्पकालीन नियुक्ति […]

बाढी प्रभावितलाई बुटवलका व्यवसायी थानेश्वरले दिए २५ लाख २५ हजार रुपैयाँ

रुपन्देही। बुटवलका व्यवसायी एवम् सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । पौडेलले व्यक्तिगतरुपमा यो रकम कोषमा जम्मा गरेको […]

यशोदा ग्रुपद्वारा ३ करोड ८१ लाख रूपैयाँभन्दा बढीको आर्थिक तथा खाद्यान्न राहत सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपले ३ करोड ८१ लाख ५१ हजार रूपैयाँ बराबरको आर्थिक तथा खाद्यान्न सहयोग उपलब्ध गराएको छ। ग्रुपअन्तर्गत सञ्चालित यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाको प्रा.लि.ले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा नगद ३ करोड ५१ लाख ५१ हजार रूपैयाँ जम्मा गरेका हुन् […]

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । आज बिहान ७ः०० बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले बताउए । पहिरो […]

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट । यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो । एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्काे […]

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौँ । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा बाढीका कारण सात हजार ५७० […]

Older

12

भोटेकोशी महाप्रलय : विपद्को पीडादेखि जलवायु न्यायसम्म

नेपालको जलवायु उत्थानशील विकासको लक्ष्यमा भारत र चीनलाई समेत समावेश गरी त्रिपक्षीय सहकार्यको नँया ढोका नेपालले खोल्नुपर्छ ।

भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजारभन्दा बढी घरधुरी प्रभावित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख […]

भोटेकोशी बाढी : विभिन्न स्थानबाट ३० जनाको उद्धार, टनेलमा खोजी जारी

काठमाडौँ । भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानमा अलपत्र परेका ३० जनाको नेपाली सेनाले बिहीबार हेलिकप्टरमार्फत जीवित उद्धार गरेको छ । सैनिक मुख्यालयले जारी गरेको अपडेटअनुसार बाढीपछि हालसम्म हेलिकप्टरमार्फत ४ हजार १११ जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८२८ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् । विभिन्न जलविद्युत् आयोजनाका टनेलमा पनि […]

बाढीपीडितका लागि क्रिस्टियन समाज चितवनको झन्डै ५ लाख सहयोग

भरतपुर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले महानगरीय क्रिस्टयन समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ । समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी […]

भोटेकोशी बाढी प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ अर्थमन्त्रीलाई बुधबार हस्तान्तरण गरेको […]

बाढीपीडितका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानबाट एक लाख ११ हजार सहयोग

धनगढी । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ। प्रतिष्ठानले बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ११ हजार १११ सहयोग गरेको जनाएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले […]

सरकारलाई रास्वपाले भन्यो- खोज, उद्धार र राहतकाे कामलाई प्रभावकारी बनाइयोस्

काठमाडौं । रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘जनशक्ति, उपकरण र स्रोत साधनसहित परिचालन गर्न आवश्यक देखिएको छ। बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित […]

विपक्षी दलको बैठक- संसदीय विशेष समिति गठनदेखि प्रधानमन्त्रीको भ्रमणसम्म छलफल

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलले भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। आज सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा भएको कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताइन्। उनले भनिन्, ‘सरकारले गरेको कामबारे समीक्षा भयो। सर्वदलीय बैठकमा केही बुँदाहरू हामीले बनाएका थियौँ, त्यो बुँदामा कति कार्यान्वयन […]

सुदनमाथि शेरधनको कटाक्ष- मुख्यमन्त्री भइहालिन्छ कि भनेर हर्क साम्पाङको फोटो टाँसेको पेटिकोट लाउँछु भन्दै छन्

विराटनगर । नेकपा एमालेका सचिव एवं कोशी इन्चार्ज शेरधन राईले पूर्वमन्त्री सुदन किराती एकथान मुख्यमन्त्रीको लोभले श्रम संस्कृति पार्टीमा लम्पसार भएर दौडिरहेको आरोप लगाएका छन् । सुनसरीमा आयोजित पार्टीको मिसन जागरण अभियानलााई सम्बोधन गर्दै नेता राईले राजनीतिक पृष्ठभूमि र कुनै राजनीतिक, वैचारिक, सैद्धान्तिक उद्देश्य र गन्तव्य नभएका मान्छेहरू हर्कको पार्टीमा लागेको टिप्पणी गरे । राईले […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा भोटेकोशी बाढीसहित समसामयिक विषयमा छलफल हुने जनाएको छ। बैठकले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा निर्णय लिने जनाइएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ । त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा […]

सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि सात लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको […]

Browse by publisher

37