Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

21 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

7

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’, १० लाखसम्म छुटको अवसर

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। कात्तिक १२ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा पुराना दुईपाङ्ग्रे सवारीसाधन साटेर नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिनेछ। मेलामा ग्राहकले पुरानो सवारीसाधनको मूल्यांकन गराई नयाँ सवारीसाधन खरिद गर्दा विभिन्न छुट […]

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

काठमाडौँ। अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा […]

सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल एसएसबी भारतबीच द्विपक्षीय समन्वय बैठक शुरु

काठमाडौं। आजदेखि १३ गते सम्म सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (SSB), भारत बीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १०औं द्विपक्षीय समन्वय बैठक काठमाडौँमा शुरु भएको छ। द्विपक्षीय बैठकको क्रममा सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनको आधारमा दशगजाको […]

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८, तीव्रगतिमा सवारी चलाउने १०३, सिसीटिभी निगरानीबाट पहिचान भएका ४० र ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४ जना कारबाहीमा परेका हुन्। त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक […]

आत्मसमीक्षाको घोषणा कि जनविश्वास फर्काउने परीक्षा ?

नेपाली कम्युनिस्ट पार्टीले विगतका गल्ती–कमजोरीप्रति आत्मालोचना गर्दै जनताको बीचमा जाने घोषणा गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अपिलसहित सार्वजनिक दुईमहिने राष्ट्रिय जागरण अभियानलाई पार्टीले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र राजनीतिक रूपान्तरणको अवसरका रूपमा प्रस्तुत गरेको छ । तर, प्रश्न अभियान घोषणाको होइन, आत्मसमीक्षालाई व्यवहारमा उतार्ने इच्छाशक्ति र त्यसको परिणामको हो । कात्तिक ७ […]

नेपाल प्रिमियर लिग–३ को सानदार सुरुआत

काठमाडौं । नेपालको व्यावसायिक क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सोमवारबाट सुरु भएको छ । पहिलो दिनमै अपार दर्शकको उपस्थितले प्रतियोगिताको सुरुआत नै सानदारसमेत बन्यो । फ्लड लाइटमा सञ्चालन भएको उद्घाटन खेलमा उत्साहजनक दर्शकको उपस्थित रहेको थियो । हजारौं संख्यामा दर्शकको उपस्थितले आगामी एक महिनासम्म त्रिवि मैदानमा यसरी नै दर्शकले साथ दिनेछ […]

भारतसँग असहमति राख्नु भारतविरोधी हुनु हो ?

काठमाडौँ । नेपालमा भारतविरोधी भावनालाई राष्ट्रवादसँग जोडेर राजनीति गर्ने प्रवृत्ति छ । तर त्यसको आलोचना गर्नु र नेपाली राष्ट्रवादको एउटा युग नै समाप्त भएको घोषणा गर्नु फरक कुरा हुन् । दिल्लीमा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिले भारतसँग असहमति राख्नुलाई भारतविरोधी भावनाको संज्ञा दिएको हो कि भन्ने आशंका उठाएको छ । नेपाल र भारतको सम्बन्ध भौगोलिक […]

Older

14

त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। मंगलबार बिहान लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४६ वर्षीय शबाना बानु यार महम्मद शेख र ३५ वर्षीय शरिफ अब्बास अन्सारी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुबास बोहराका अनुसार उनीहरूको साथबाट १४ […]

ओलीको टिप्पणी- नक्कली झगवान जन्मिएर हैरान छ

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्। पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उनको टिप्पणी थियो । […]

गोलबजारका पूर्वमेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयाल, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव लगायतविरुद्ध […]

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोजको विजयी सुरुवात

काठमाडौं । कमल ऐरीको उत्कृष्ट बलिङप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। एक समय १३२ रनमा चार विकेट गुमाएर बलियो अवस्थामा रहेको विराटनगरले त्यसपछि थप १७ रन जोड्दा बाँकी ६ […]

१९औँ गोदावरी फूल प्रदर्शनी कात्तिक १२ देखि

काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाको अवलोकन र खरिद गर्न सकिनेछ। प्रदर्शनीबारे एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले […]

एनपिएल : चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका […]

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । क्रिकेटको रोमाञ्च र समर्थकहरूको उत्साहलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको एन्थम प्रतियोगिता सुरु हुनुअघि सार्वजनिक गरिएको हो । क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा, खेलाडीहरूको जित्ने अठोट र समर्थकहरूको उत्साहलाई समेटेर तयार पारिएको एन्थमले एनपीएलको माहोललाई थप […]

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनापत्ति प्रमाणपत्र (एनओसी) नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार पीसीबीले एनओसीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। पीसीबीले एनपीएल खेल्न थप २५ हजार अमेरिकी डलर मागेपछि पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको हो। कर्णाली याक्स, […]

काठमाडौँमा ८७ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट ८७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार स्विप अपरेसन सञ्चालन गरी ७५ जना र फरार प्रतिवादी तथा अनुसन्धानमा रहेका १२ जनालाई पक्राउ गरिएको हो। कार्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको स्विप अपरेसनका क्रममा पक्राउ परेकाहरूको आपराधिक विवरण […]

कुरिनटारमा ट्रक, बस र माइक्रोबस ठोक्किँदा ११ जना घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको […]

एनपीएलमा आज विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। कात्तिक ९ गतेदेखि सुरु […]

एनपीएल उद्घाटन खेल : लुम्बिनीलाई सुदूरपश्चिमको ८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलको सामना गर्दै उक्त […]

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

काठमाडौँ। बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालकाे उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गर्नुभएको हो। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयाेग स्वरूप एक करोड रुपैयाँको […]

कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ बिहीबार हुने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम कार्तिक १२ गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबार दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ। समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको […]

Browse by publisher

37