फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता
फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन् ।पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल सङ्ख्या ७६ पु¥याएको छ । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।पीसीजीले सार्वजनिक गरेको भिडियोमा यात्रु फेरी पूर्ण रूपमा जलेको देखिन्छ, जहाँ खरानी र जलेको संरचनाका भग्नावशेष छन् ।उद्धार र अनुसन्धान क