भैरहवामा आईसीपी निर्माण अन्तिम चरणमा, पुसभित्रै नेपाललाई हस्तान्तरण गर्ने तयारी
नेपाल–भारत आयात–निर्यातलाई व्यवस्थित बनाउने उद्देश्यसहित भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण अन्तिम चरणमा पुगेको छ । दुई दशकअघि नै निर्माण सम्झौता भए पनि आयोजना तीन वर्षअघि निर्माण शुरू भएको थियो । लामो प्रतिक्षापछि आईसीपी सञ्चालन हुने चरणसम्म आइपुगेको हो ।कार्तिक दोस्रो सातासम्म आईसीपीको ९५ प्रतिशत काम सकिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना कृतिकान्त शाहले निर्माणको काम ९५ प्रतिशत काम पूरा भइसकेको जानकारी दिए । भारतीय कम्पनी केएसएम वसिर मोहम