Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

24 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

5

एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी

भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्‍याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख […]

निजी क्षेत्रका समस्या सुन्न प्रधानमन्त्रीले थाले नियमित संवाद

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनले लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। सिंहदरबारमा शुक्रबार उद्यमी तथा व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए। छलफलमा […]

हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् कोषमा एक करोड २५ लाख सहयोग

काठमाडौँ- हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड २५ लाख सहयोग गरेका छन्। नेपालमा हालै भएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम जुटाइएको हो। हाम्रो पात्रो कम्युनिटिका तर्फबाट उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। […]

उद्योगीसँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे […]

Earlier today

1

रसुवा बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

सुनसरी- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ। सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक संघसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम संकलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिए। नेपाल मुस्लिम समाज सुनसरीको समन्वयमा […]

Yesterday

11

‘विगतमा भएका काम र प्रगतिको जानकारी लिएर काम सुरू गर्छु’

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। बिहीबार शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरुले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफूले […]

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच उनले शपथ लिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ दिलाए। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सरकारका मन्त्रीलगायतका पदाधिकारीहरू उपस्थित […]

इन्जिनियर दीपक साह उद्योगमन्त्री बन्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह (सुनसरी) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई मन्त्री सिफारिस गरेका हुन्। यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएकी थिइन्। व्यक्तिगत कारणले राजीनामा दिएको उनले उल्लेख गरेकी छन्। तर ‘ग्यास व्यवसायीहरूलाई पाता फर्काउनुपर्ने’ विवादस्पद अभिव्यक्ति दिएका कारण यादवले […]

‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा तानिएकी उद्योगमन्त्रीले दिइन् राजीनामा

काठमाडौँ- उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। उनले केहीबेरअघि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ समक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ। उनले ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने अभिव्यक्ति दिएपछि आलोचना भएको थियो। प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको बुधबार उपस्थित भएर उनले ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्रले चर्को विरोध गरेका थिए। […]

भोटेकोशी बाढी : नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सद्वारा १० लाख ५१ हजार रुपैयाँ सहयोग

काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ। कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले […]

सुरुङभित्र मानिसको दोहोरो आवाज सुनिएको जानकारी आएको छ : श्रीराम न्यौपाने

काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता हुनेको खोजी कार्य र उद्धार जारी छ। विशेष खोला आसपासका हाइड्रोपावरमा जीवित व्यक्ति भेटिने आशमा निरन्तर सरक्षा निकायले खोजी कार्य जारी राखेको छ। इन्जिनियर एवं प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेका अनुसार आज पनि सुरुङभित्र भित्रबाट मानिस बोलेको सुनिएको छ। न्यौपानेले हाइड्रोपावरको नाम नखुलाए पनि करिव १०५ […]

राहत कोषमा उठ्यो १२ अर्ब ४३ करोड रुपैयाँ, डलर खातामा दुई करोड १६ लाख डलर संकलन

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ । कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ […]

उपसभामुखले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने, उद्धार कोषमा पठाउन दिइन् निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्। उपसभामुख रुवीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग […]

पोखराका सेती बाढीपीडितले पनि पठाए रसुवा बाढीपीडितलाई ७ लाख ९३ हजार ७७५ सहयोग

कास्की- सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको […]

कालिमाटी तरकारी व्यवसायीले बाढीपीडितलाई दिए साढे ८ लाख ५४ हजार ३ सय रकम

काठमाडौँ- रसुवा बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि कालिमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले साढे ८ लाख ५४ हजार ३ सय सहयोग रकम दिएका छन्। रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीले कृषिमन्त्री गिता चौधरीलाई रकम बुझाएका हुन्। यसअघि पनि उनीहरूले प्रभावित परिवारका लागि ९० बोरा आलु, ३० […]

टेलिकमले संस्थारूपमा बाढीपीडितलाई दियो १० करोड, कर्मचारीबाट २ लाख २६ हजार ६६ रुपैयाँ

काठमाडौँ- भदौ १० को भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावितको लागि नेपाल टेलिकमले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १० करोड (दस करोड रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेको छ। सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त […]

Older

7

होटल बाराही ग्रुपले दियो २० लाख ५५ हजार

पोखरा- रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटल बाराही ग्रुपले आर्थिक सहयोग गरेको छ। विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लेकसाइडस्थित होटल बाराही ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख ५५ हजार ८१५ रुपैयाँ सहयोग गरेको हो। बैंकमार्फत कोषमा रकम दाखिला […]

टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग

काठमाडौँ- नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ। टेलिकमले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा यो रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। टेलिकमका […]

रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ- रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाले यसअघि गरेको निर्णयअनुसार उक्त सहयोग रकम अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, […]

खोज तथा उद्धारलाई प्रभावकारी बनाउन कांग्रेसले सरकारलाई गरायो ध्यानाकर्षण

काठमाडौँ- नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण […]

प्रतिनिधिसभामा रवि लामिछानेको सम्बोधन [प्रत्यक्ष प्रसारण]

काठमाडौँ- प्रतिनिधिसभा बैठक संसद् भवन सिंहदरबारमा बसेको छ। बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्।

प्रतिनिधिसभामा आज रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार सदनमा सम्बोधनका लागि लामिछानेले सभामुख डीपी अर्यालसँग समय मागेका छन्। रसुवा बाढीपहिरोका विषयमा सदनमा जानकारी दिन लामिछानेले सम्बोधन गर्न चाहेको उनको सचिवालयले जनाएको छ।

जेनजी अभियन्ताले पुराना सरकारसँग तुलना गरेपछि वालेनले भने : सुशासन कायम हुने नै छ

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’ले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’ भनेका छन् । जेनजी अभियन्ताले देशको सरकार पहिलेकै जस्तो गरी अघि बढेको आरोप लगाइरहेका छन्।

Browse by publisher

37