Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

15 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

आजका समाचार : प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने, सरकारलाई अन्जनको चेतावनी, बागमतीमा नयाँ सरकारको संकट उस्तै, सिरिया आतंकवाद प्रायोजक सूचीबाट हटाइयो

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबीनेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले गम्भीर प्रश्न उठाएको छ। इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा बालेन प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ। ‘हाउ नेपाल्स जेन–जी हिरो बालेन शाह लस्ट हिज पोलिटिकल साइन इन जस्ट […]

3–12 hours ago

8

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहप्रति कटाक्ष गर्दै जनताले उनलाई देशको ‘चाबी’ दिए पनि ड्राइभर भने ‘एम्बुलेन्सको’ परेको टिप्पणी गरेका छन्। इलामको बिब्ल्याटेमा आयोजित श्रम संस्कृति पार्टीको ‘जनहातेमालो’ कार्यक्रममा मंगलबार बोल्दै किरातीले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा भने आफ्नो पार्टीले ‘गाडीको चाबी’ लिनुपर्ने बताए। उनले भने, ‘जनताले बालेनलाई […]

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन पूरा भएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले वालेन्द्रको पछिल्लो राजनीतिक यात्रा र उनको घट्दो लोकप्रियताबारे विस्तृत विश्लेषण प्रकाशित गरेको छ। इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा वालेन्द्र प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ। केही महिनाअघि मात्रै पुरानो […]

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन् । मंगलबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री शाहले बुधबार सत्तापक्ष र प्रतिपक्षका ११ जना सांसदले राखेका प्रश्नको जवाफ दिने छन् । प्रधानमन्त्रीको सचिवालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले प्रधानमन्त्री बुधबारको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तरका […]

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका […]

Khabarhub logoKhabarhubPrivate6 publishers

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको […]

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा प्राप्त भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यो पत्र पुगेसँगै अब प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद्‌मा उपस्थित हुने भएका छन् । यसअघि सभामुख […]

Khabarhub logoKhabarhubPrivate4 publishers

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले गम्भीर प्रश्न उठाएको छ। इन्डिया टुडेले सोमबार प्रकाशन गरेको एक विश्लेषणात्मक रिपोर्टमा बालेन प्रधानमन्त्री बनेको १५० दिनमै उनको राजनीतिक कमजोर हुँदै गएको उल्लेख गरेको छ। ‘हाउ नेपाल्स जेन–जी हिरो बालेन शाह लस्ट हिज पोलिटिकल साइन इन जस्ट १५० डेज’ शीर्षकको रिपोर्टमा बालेनलाई सुरुमा […]

Khabarhub logoKhabarhubPrivate4 publishers

सभामुखले सारे आजको प्रतिनिधिसभा बैठक : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार २०८३ भदौ ९ गते मङ्गलवार दिनको १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो समयमा बस्न नसक्ने भएकाले स्थगित गरिएको हो। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले सभाको अर्को बैठक २०८३ भदौ १० गते बुधबार दिनको […]

Earlier today

2

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको […]

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्। बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त […]

Yesterday

4

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे संसद्मा प्रश्न उठाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने पनि उल्लेख गरे। प्रधानमन्त्री शाह एक्लै नभएर सरकारी गाडी र सेना लिएर मुस्ताङ गएको उनले बताए । ‘उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिई जानुभएको ? के […]

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ […]

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ । आइतबार साँझ पहिरो खसेर सडकको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ । पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा […]

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका […]

Browse by publisher

37