Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहलाई बलियो बनाउँदै प्रदेश तथा स्थानीय सरकारबीचको अन्तरसम्बन्ध थप सुदृढ गर्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका कर्णाली प्रदेश अध्यक्ष हस्त पुन र निमबहादुर केसीसहितको टोलीले मंगलबार बुझाएको आठबुँदे ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले संविधानको मर्मअनुसार स्थानीय […]

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच समझदारी भएको छ। मंगलबार अपराह्न भएको समझदारीअनुसार प्रदेश सरकार गठन तथा सञ्चालनमा तीन दलबीच सहकार्य गर्ने सहमति भएको हो। समझदारीपत्रमा संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्यका रूपमा अघि सारिएको छ। […]

3–12 hours ago

1

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिए । ‘एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ’, उनले भने, ‘नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरूसँग एमालेले संवाद […]

Yesterday

7

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिनुअघि नै सरकार संकटमा परेको छ। सत्ता गठबन्धनका प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको असहमतिका कारण सोमबारका लागि तय गरिएको प्रदेशसभा बैठकसमेत निर्धारित समयमा बस्न सकेन। मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत […]

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभामा प्रयोग गरेका केही शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले सोमबार सदनमा प्रयोग भएका असंसदीय तथा अमर्यादित शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्। गत भदौ १ गतेको प्रतिनिधिसभा बैठकमा सांसद रानामगरले […]

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो। विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान […]

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा पठाएको पत्र दर्ता गर्न उपसभामुख अप्सरा चापागाईंले आनाकानी गरेको आरोप लगाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै थापालाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न अनुरोधसहित पत्र पठाएका हुन्। राप्रपाका अनुसार पार्टीको […]

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा […]

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीको शपथ रोकिएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार बिहान ११ बजेका लागि शपथ कार्यक्रम तय गरे पनि मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि कार्यक्रम स्थगित गरिएको हो। सत्ता साझेदार नेकपा एमाले र नेकपाबीचको सहमतिअनुसार नेकपाले पाएका भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन यही भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्रीका रूपमा […]

Older

2

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा आफूलाई नेतृत्वबाट हटाउने गरी चलाइएको अभियानबारे आक्रामक प्रतिक्रिया जनाएका छन् । विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीमा महासङ्कटको अवस्था उत्पन्न भएमा मात्रै पुनर्गठन हुने भन्दै अहिले त्यसको आवश्यकता नरहेको दाबी गरे । उनले विगतमा […]

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित मदन–आश्रित स्मृति भवनमा आयोजित १३औँ बैठकलाई आज सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा […]

Browse by publisher

37